हतारहतारमा यात्रा
कविता लेखक : सङ्गीत श्राेता अहिले पनि सम्झना भइरहेछ मलाईआमाको आशीर्वचन–‘हतारमा हिँड्दा धेरै कुराको ख्याल गर्नु कान्छा !’निस्केको थिइनँ म एकाबिहानैजसरी निस्कन्छन् ब्राह्मण पुत्रनिधारमा साइतको तिलक लगाएरम त भाग्दै आएको हुँ हतार–हतारजसरी भागेको थियो सिद्धार्थ गौतम मध्यरातमा।हजुरआमा हप्काउनुहुन्थ्यो मलाई बेलाबेला–‘शनिबार घर छाडेर निहिँड्नूमसान्तमा कहीँ बास बस्न नजानूर, साइत नगर्नू कान्छा चतुर्दशीमा !’तर एक दिनको कुरा होचतुर्दशीकै दिन परेको थियो शनिबारर त्यही दिन थियो मसान्त पनि,सत्ताका कुकुरहरूको आँखा छल्दैर भर्खर गोली लागेको खुट्टा घिसार्दैम हतार–हतार भागिरहेको थिएँ खेतैखेतजसरी भाग्छ सिकारीले लखेटेको हरिण ।मैले बिर्सेको थिइनँ त्यति बेला पनिआमाको आशीर्वचन–‘हतारमा हिँड्दा धेरै कुराको होश गर्नू कान्छा !’निस्केको थिइनँ म कुनै धार्मिक यात्रामाजसरी…