काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर संगठन समितिको दोस्रो पुर्ण बैठक शनिवार दाङको भालुवाङस्थित राप्ती उद्योग बाणिज्य संघको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ । शुक्रवार प्रदेश कार्यालयको बैठक र शनिवार सम्पन्न पुर्ण बैठकले पार्टी सहसंयोजक कमरेड कंचन पक्षले अप्रत्यासित रुपले पार्टी एकता भंगको घोषणा गरेको ठहर गर्दै उच्च साहस, धैर्यता र दृढताका साथ पार्टी एकताको पक्षमा लाग्ने निर्णय गरेको छ ।
बैठकले महाधिबेशनका लागि बैचारिक बहसको प्रारम्भ भई सकेको अवस्थामा एकता भंगको कुरा आउनु दुःखद रहेको उल्लेख गर्दै उक्त पक्षबाट भम्रहरु सिर्जना गर्न खोजिएकोे र जनतामा अन्य एकता बिरोधीहरुले समेत भम्र दिएको हुदाँ भ्रमबाट मुक्त भई क्रान्तिकारी हेडक्वार्टरमा एकताबद्ध हुन अपिल समेत गरेको सो पार्टीले जनाएको छ ।
बैठक प्रदेश संयोजक क.अटलको अध्यक्षतामा भएको थियो जसमा सहसंयोजक क. समिरले परिपत्र वाचन गर्नुभएको थियो । बैठकमा केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज क.कुमोद, कार्यालय सदस्यद्वय क.प्रमोद र क.भिषणले प्रशिक्षण दिनुभएको थियो । बैठकमा सहसंयोजकद्वय क. गति र क.कृष्ण केसी, सचिवालय सदस्य क.पहाड,क.समर,तथा प्रदेशका क्रियाशिल केन्द्रीय सदस्यहरु, सल्लाहकार र सबै जसो जिल्लाका संयोजक ,सहसंयोजक एंव प्रदेश सदस्यहरु सहभागी हुनुभएको थियो ।