समाज

पानसरी खडकाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको श्रद्धाञ्जली

पानसरी खडकाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको श्रद्धाञ्जली

काठमाडौं : पानसरी खडका प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । पानसरी खडकाको असोज २३ गते विहानमा निधन भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३असोज २३ गते एक प्रेस वक्तव्य जारी गरी श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । प्रेस वक्तव्य यस प्रकार छ –“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य शेरकुमार खड्का ‘गति’ का ममतामयी आमा कमरेड पानसरी खड्काको आज बिहान कृतिशेष भएको दुखद खवरले हामीलाई मर्माहत बनाएको छ । उहाँका जीवनसाथी खम्बबहादुर खड्का, पाँच छोराहरु शेरकुमार खड्का, नन्दकुमार, इन्द्रकुमार, गोपालकुमार र लोक खड्का हुनुहुन्छ भने छोरीहरु मुनाकुमारी हुनुहुन्छ । विस २००५ सालमा…
Read More
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

काठमाडौं : आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् । कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ महिनाअघि काठमाडौंस्थित ३ कुने प्रहरीमा उजुरी दिएको र पक्राउपूर्जी जारी गरेर पनि आजसम्म पनि पक्राउ नगरेकोले मिडियामा आउन बाध्य भएको जनाएकी छन् । अभियान्ता सोभा पाठकले परिवर्तनपछि आएको सरकारले पनि पीडितका पक्षमा काम नगरेको आरोप लगाएकी छन् । “यत्रो आशा र भरोसाको सरकारले अझै पनि…
Read More
पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न अपील गरेको छ । साथै २०८३ असोज ७ देखि ११ सम्म आएको अविरल वर्षाको कारण आएको बाढी पहिरो पीडितहरुको छिटोभन्दा छिटो उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले असोज १३ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढी पहिरोजन्य प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गरिएको छ ।“साम्राज्यवाद तथा तिनका दलालहरुले प्रकृतिको अनियन्त्रित दोहन गरेर पर्यावरणमा असन्तुलन आएका कारण पछिल्ला वर्षहरुमा बाढी, पहिरो, हिमपहिरो,…
Read More
‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्बोच्चले न्याय दियो’

‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्बोच्चले न्याय दियो’

काठमाडौँ : राज्यले जेनजी जनका परियारलाई गैरन्यायीक थुनामा राखेको र सर्बोच्च अदालतले थुनामुक्त गराएर संविधान सम्झाएको वक्ताहरुले बताए । बहिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जेनजी नागरिक अभियानले गरेको कार्यक्रममा परियारले हिरासतको बसाईपछि थप आत्मबल बढेको बताए । अभियानका संयोजक सुनिल सिंहले जेनजी कै बलमा बनेको सरकारले जनक परियार जस्तै सयौं युवाहरुप्रति पूवाग्रह साँधेको जिकिर गरे । परियारले सरकारका कार्यहरुमा खबरदारी गर्दा पक्राउ गर्नु संविधान विपरित भएको र न्यायालयले थुनामुक्त गरेर संविधानको रक्षा गरेको दाबी गरे । अभियानका प्रवक्ता विर्जन विश्वकर्माले राज्यका बेथिति र विसंगतिविरुद्ध खबर्दारी गर्न पाउने संवैधानीक अधिकारलाई सरकारले मिच्दै गएको आरोप लगाए । “जेनजी आन्दोलन प्रतिक्रान्तिमा बदलियो, सबै…
Read More
हाम्रा आफन्त तत्काल नछुटे दसैं–तिहारपछि कडा आन्दोलन गर्छौः जेनजी थुनुवा अभिभावक

हाम्रा आफन्त तत्काल नछुटे दसैं–तिहारपछि कडा आन्दोलन गर्छौः जेनजी थुनुवा अभिभावक

काठमाडौँ : जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्धा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा नगरे तिहार तथा छडपछि कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । संघर्ष समितिका संयोजक छत्रबहादुर कार्कीले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले उनै जेनजीलाई एक वर्षदेखि हिरासत राखेको भन्दै आक्रोश व्यक्त गरे । कार्कीले आफ्नो छोरा जस्तै २७ सय जनामध्ये ६७५ जना हिरासतमा रहेको र ६ सयजना धरौटिमा छुटेको जानकारी दिए । परिवर्तनका लागि राजनीतिक संघर्षमा सहभागि हुनेलाई मुद्धा नभई सम्मान गर्नुपर्ने उनको धारणा छ । “जेनजीका मुद्धाहरु खारेज गरी निसर्त रिहा गर्नुका साथै उनिहरुलाई सम्मान…
Read More
लुम्बिनी प्रदेशमा पछिल्लो १२ घण्टामा भारीदेखि धेरै भारी वर्षा

लुम्बिनी प्रदेशमा पछिल्लो १२ घण्टामा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ : पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा आसपासको उत्तर–पश्चिमी बङ्गालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रका रूपमा रहेको महाशाखाले जनाएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले देशभरको मौसममा प्रभाव परेको महाशाखाले जनाएको छ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले गरे यस्ताे अपील

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले गरे यस्ताे अपील

साेलुखुम्बु : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल साेलुखुम्बुले सुरक्षित बस्न हुन जिल्लाबासीलाइ अपील गरेकाे छ । २०८३ असाेज ८ गते बिहान जिल्ला संगठन समितिका सचिव तेन्जीङले सुचना प्रकाशित गर्दै उक्त कुरा बताएका हुन् । जिल्ला संगठन समितिका सचिव तेन्जीङद्वारा जारी सुचनाकाे पूर्णपाठ -
Read More
बाजुरामा स्याउ उत्पादन बढ्दै, बजार पाउन सधैँ अभाव

बाजुरामा स्याउ उत्पादन बढ्दै, बजार पाउन सधैँ अभाव

धनगढी: बाजुराका हिमाली क्षेत्रमा स्याउ उत्पादन बढ्दै गएको छ । किसानका बारीमा स्याउका बोट फलले झुकेका छन् । उत्पादन बढेपछि किसानको उत्साह पनि बढेको छ । बारीमा फलेको स्याउ टिपेर बजारसम्म पुर्‍याउने बेला यहाँका किसानलाई समस्या छ । जिल्लाको बुढीनन्दा नगरपालिका–१० का नैन बोहरा अहिले यही दोधारमा छन् । तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका बोहरा यतिबेला बारीमा पाकेका स्याउ टिप्न व्यस्त छन् । स्याउ उत्पादन उनको परिवारको पुरानै पेसा हो । पछिल्ला वर्षमा भने उनले यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरेका छन् । बोहराका चारै भाइ अहिले स्याउ खेतीमा सक्रिय छन् । आफ्नै जमिनमा मात्र नभई…
Read More
त्रिपुरेश्वर बस आगजनीबाट घाइते चालकको मृत्यु

त्रिपुरेश्वर बस आगजनीबाट घाइते चालकको मृत्यु

काठमाडौं : त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचाररत चालकको सोमबार राति नै मृत्यु भएको अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईले जानकारी दिए।घाइते चालकको राति १० बजे नै मृत्यु भएको पुष्टि गरे।बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा आगजनी भएको थियो। बस आगजनी सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौं उपत्यका ट्राफिक…
Read More
वडा सदस्यकै निर्देशन र संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण भएको आरोप

वडा सदस्यकै निर्देशन र संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण भएको आरोप

६ जनाविरुद्ध किटानी जाहेरी ललितपुर : महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ। पीडितका अनुसार वडा सदस्य सुवेदीसहित स्थानीय कृष्ण सुवेदी, अनिल सुवेदी, दिप भण्डारी, दिलीप थापा र सागर सुवेदीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिइएको हो। २०८३ असोज १ गते बेलुका अन्दाजी ९:३० बजेतिर इमाडोल उदयवस्तीमा पाइप र लाठीले आक्रमण गरी ज्यान मार्ने प्रयास भएको पीडित तेस्रोलिंगीहरूले बताएका छन्। साथीको जन्मदिन मनाएर कोठामा फर्किँदै गर्दा आफूहरूमाथि एक्कासि पछाडिबाट आक्रमण भएको उनीहरूको भनाइ छ। ‘हामीमध्ये कोही खोलामा खसेर बाँच्यौँ। भागेर ज्यान जोगायौँ,’ पीडितले उजुरीमा भनेका छन्।…
Read More