राष्ट्रिय

मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

काठमाडौं : धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी बाढी जस्तो विपत्ति निम्तिएकोे युवाहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले अमेरिका, रुस, चिन र भारतलगायतका देशहरुबाट क्षतिपूर्ति माग्नु पर्नेसमेत धारणा व्यक्त गरे । क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि यूवा पुस्ताको अभियान’ विषयक अन्तरक्रियामा बोल्ने जलवायू विज्ञ र युवाहरुले साझा पृथ्वीको सबैले मिलेर रक्षा गर्नुपर्ने धारण व्यक्त गरेका हुन् । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थयी समिति सदस्य राम सिं श्रीसले पुँजीवादी व्यवस्थाले नाफा कमाउन र विश्वमा वर्चस्वका लागि पृथ्वीको असिमित दोहन गरिरहेको आरोप लगाए । पुँजीवादी राष्ट्रहरुले मानवहित विपरित कार्वन…
Read More
पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न अपील गरेको छ । साथै २०८३ असोज ७ देखि ११ सम्म आएको अविरल वर्षाको कारण आएको बाढी पहिरो पीडितहरुको छिटोभन्दा छिटो उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले असोज १३ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढी पहिरोजन्य प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गरिएको छ ।“साम्राज्यवाद तथा तिनका दलालहरुले प्रकृतिको अनियन्त्रित दोहन गरेर पर्यावरणमा असन्तुलन आएका कारण पछिल्ला वर्षहरुमा बाढी, पहिरो, हिमपहिरो,…
Read More
राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नुपर्छ : नेता परी थापा

राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नुपर्छ : नेता परी थापा

धनगढी: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाले राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नु पर्ने आबश्यकतामा जोड दिनुभएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम(व्युरो १ र २) को आयोजनामा २०८३ असोज ७ गते धनगढीको होटल शुभममा “देशको अवस्था र राष्टिय स्वाधीनताको प्रश्न” विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै थापाले उक्त आबश्यकतामा जोड दिनुभएको हो । थापाले देशको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेकाले मोर्चा जरुरी भएको स्पष्ट गर्नु भयो । कार्यक्रममा स्थायी समिति सदस्य परि थापाले प्रस्तुत गरेको अवधारणापत्र पिविएम लालवहादुर जाग्रीले वाचन गर्नु भएको थियो । । अवधारणपत्र माथि प्रगतिशील लेखक संघका लक्षिराम आचार्य, नेपाल वार एशोसियसनका निवर्ततमान…
Read More
सुस्ताका १५० बढी घरपरिवार उच्च जोखिममा

सुस्ताका १५० बढी घरपरिवार उच्च जोखिममा

काठमाडाैँ : पश्चिम नवलपरासीको सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा परेका छन् । सुस्ता गाउँपालिका –५ को थारु टोलबाट शुक्रबारदेखि पस्न सुरु भएको नारायणी नदीको बाढी त्यहाँका १६५ घरमा पसेको छ ।थारु टोलका ७८ घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउसोँ नै सारिएको र गए राति सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिए । पानीको बहाव बढ्ने क्रममा रहेकाले उनीहरुलाई नारायणी नदी वारि सुरक्षित स्थानमा सार्ने तयारी रहेको उनले बताए । कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको…
Read More
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई…
Read More
बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी

बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी

काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएको दावी गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ असोज ६ गते एक प्रेस–वक्तव्य जारी गर्दै सो दावी गर्नु भएको हो । ९ सेप्टेम्बर २०२६ मा अमेरिकाबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘द ग्रेजोन’ ले गरेको खुलासाबाट बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएका वक्तव्यमा स्पष्ट गरिएको छ । वक्तव्यमा राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीको विराधे गर्दै रिहाईको माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –“नेपालमा कठपुतली बालेन सरकारको आगमनपछि यस सरकारले सचेततापूर्वक राष्ट्रघाती र जनघाती घटनाहरु घटाइरहेको छ । ९…
Read More
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तर पश्चिम दिशा तिर सर्ने देखिन्छ। हाल कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको…
Read More
माैसम पूर्वानुमान : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान : आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित…
Read More
अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेलेको भारत भ्रमणका क्रममादेखिएको दृष्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेसवक्तव्यमा अर्थमन्त्रीको भारतभ्रमणका दौरान देखिएका कुराहरूप्रति कडा शब्दमा आपत्ति जनाइएको छ । भ्रमणको पहिलो दिन समकक्षी भारतीय अर्थमन्त्री निर्मला सीतारामसँगको भेटवार्तामा भारतीय राष्ट्रिय झण्डा मात्र राखिनु र नेपालकोझण्डा नराखिनु नेपाल सरकार तथा नेपाली जनताप्रतिको अपमान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालको झण्डा नराखिएको कक्षमा भेटवार्तामा बस्नु नेपालका अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्नु रहेको सोपार्टीले ठहर गरेको छ । नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी, ऊर्जा, कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणको कार्यसूची राखिए पनि भारतीय सहयोगकोबाहानामा देशका साधनस्रोेत…
Read More
गोर्खा भर्ती सम्बन्धी सर्बोच्चको आदेशलाई प्रभावित पार्न नेपाल सरकार नै लाग्योः बिगेसो

गोर्खा भर्ती सम्बन्धी सर्बोच्चको आदेशलाई प्रभावित पार्न नेपाल सरकार नै लाग्योः बिगेसो

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो) ले बेलायतमा हालै भएको भनिएको ब्रिटिश गोर्खा सैनिक सम्बन्धी वार्ताप्रति आपत्ति जनाएको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सर्बोच्च आदालतको फैसला कार्यान्वयन नगर्ने तथा सिंगापुर सरकार र बेलायती सेनाका प्रतिनिधीको नेपाल भ्रमणले त्रिपक्षीय गोर्खा भर्ती सम्बन्धी सम्झौतालाई जीवितै राख्ने कसरत गरेकोसमेत बीगेसको आरोप छ । बिगेसोका वरिष्ठ सल्लाहकार परि थापाले  सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता केबल नेपाल नागरिकलाई तस्करी गरेर शोषण गर्ने माध्यम भएकाले जसरी पनि खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले बेलायत सरकारले नेपाली नागरिकलाई भाडाका सिपाइकारुपमा प्रयोग…
Read More