राष्ट्रिय

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

लेखक: फडिन्द्र कार्की आज नेपालले भोगिरहेको बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपत्तिलाई केवल प्रकृतिको क्रूरता भनेर बुझ्नु पर्याप्त हुँदैन। निश्चय नै विश्वव्यापी जलवायु परिवर्तनले यसको तीव्रता बढाएको छ, तर प्रश्न के हो भने एउटै वर्षा किन कतै सामान्य प्राकृतिक घटना हुन्छ र कतै मानवीय त्रासदीमा रूपान्तरण हुन्छ? यसको उत्तर प्रकृतिमा मात्र होइन, राज्य, राजनीति र विकासको चरित्रभित्र पनि खोज्नुपर्छ। विश्वका ठूला औद्योगिक शक्तिहरूले दुई शताब्दीदेखि नाफाकेन्द्रित उत्पादन प्रणालीमार्फत वातावरणमाथि निर्मम दोहन गरे। कार्बन उत्सर्जनको मुख्य जिम्मेवार उनीहरू हुन्, तर त्यसको मूल्य नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुकले चुकाइरहेका छन्। यो आफैंमा जलवायु अन्यायको उदाहरण हो। तर नेपालको सन्दर्भमा बाह्य कारण…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिपकबहादुर केसीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिपकबहादुर केसीप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ प्रति उक्त पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८३ श्रावण २५ गते एक प्रेस–वक्तव्य जारी गरी दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्तर्गत प्यूठान नगरपालिका—१० ,मरन्ठाना स्थित आफ्नै निवासमा निधन भएको थियो । वक्तव्य यस प्रकार छ – नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ को यही २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्र्तगत प्यूठान नगरपालिका—१० स्थित…
Read More
क्रान्तिकारी प्रेस संगठनको जुम बैठक सम्पन्न

क्रान्तिकारी प्रेस संगठनको जुम बैठक सम्पन्न

विगतका गतिविधिको समीक्षा गर्दै भावी योजना प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष सागर श्रेष्ठ/काठमाडौं : क्रान्तिकारी प्रेस संगठनको जुममार्फत भर्चुअल बैठक सम्पन्न भएको छ। संगठनका संयाेजक नारायण पंगेनीको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका गतिविधि, विगतमा सञ्चालन गरिएका कार्यक्रम तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको थियो। बैठकलाई संगठनका नेतृत्वदायी व्यक्तित्व हुकुम सिंह र इन्द्र राउतले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँहरूले संगठनलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै पत्रकार तथा सञ्चारकर्मीका पेशागत तथा सांगठनिक विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। बैठकमा सहभागी विभिन्न पदाधिकारी तथा सदस्यहरूले संगठनले विगतमा सञ्चालन गरेका गतिविधिको समीक्षा गर्दै आफ्ना अनुभव, सुझाव र धारणा प्रस्तुत गरेका थिए।…
Read More
यस्तो छ साउन २० मा हुलाकमार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई पठाइएको ज्ञापन पत्र

यस्तो छ साउन २० मा हुलाकमार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई पठाइएको ज्ञापन पत्र

(अखिल नेपाल आदिवासी जनजाति महासंघले हुलाकमार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई बुझाएको ज्ञापन पत्र) श्री सम्मानीय प्रधानमन्त्री ज्यू,नेपाल सरकार, सिंहदरवार काठमाडौं । विषय : ज्ञापन पत्र । महोदय,उपरोक्त सम्बन्धमा हाम्रो गौरवशाली संगठन अखिल नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट नेपालका उत्पीडित आदिवासी जनजाति संबन्धी तथा अन्य समसामयिक माग तथा मुद्दाहरुबारे नेपाल सरकारलाई गंभीर प्रकारले ध्यानाकर्षण गराउन र पूरा गर्न सम्मानीय प्रधानमन्त्री ज्यूमा यो ज्ञापन पत्र पेस गर्न चाहन्छौंँ । हाम्रा मागहरु यस प्रकार रहेका छन् ः १. विश्व आदिवासी दिवस विश्वकै उत्पीडित तथा पहिचानजनित मानव समुदायका उत्पीडनका विरुद्ध समानता र तिनका पहिचानजन्य हक, हित र अधिकार संरक्षण, सम्वर्धन र स्थापित गर्नका लागि अगष्ट…
Read More
मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढ्यो

मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढ्यो

काठमाडौं : जनकपुरबाट आसार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।
Read More
केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा होल्डिङ्सेन्टरको अनुगमन :सुकुम्वासीलाई स्थायी व्यवस्थापन गर्न जोडदार माग

केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा होल्डिङ्सेन्टरको अनुगमन :सुकुम्वासीलाई स्थायी व्यवस्थापन गर्न जोडदार माग

काठमाण्डौ : सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीहरुलाई ठाउँ खाली गर्न उर्दी जारी गरेको छ । सरकारले २०८३ असार ७ गते होल्डिङ सेन्टर खाली गर्न पाँच दिने अल्टिमेटम दिएको थियो । अहिले असार १२ गते पुनः ७ दिने अन्तिम म्याद दिएको छ । हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुलाई विना विकल्प होल्डिङ सेन्टरबाट हटाउन पाइँदैन भनेर संघर्ष गर्दै आएको केन्द्रीय संयुक्त संघर्ष समितिमा आबद्ध नेताहरुले २०८३ असार १६ गते काठमाण्डौका विभिन्न होल्डिङ सेन्टरहरुको अनुगमन गर्नुका साथै सुकुम्बासीहरुलाई स्थायी बसोबासको व्यवस्था गर्न जोडदार माग गर्दै उनीहरुको संघर्ष प्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ । टोलीले विभिन्न स्थानका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुसँग भेटघाट सम्पन्न गरेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा सुकुम्बासीहरुमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरुाट विना विकल्प बलपूर्वक निकाल्ने बालेन्द्र सरकारको सूचनाप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै समुचित वैकल्पिक व्यवस्था नगरिकन सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट हटाउने र सुकुम्बासी बस्तीहरुमा डोजर लगाउने कार्यले सरकार फासिस्ट साबित हुँदै गएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “कठपुतली बालेन्द्र सरकारले थप सुकुम्बासी बस्तीहरूमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरूबाट सुकुम्बासी परिवारलाई पुनः बलपूर्वक लखेट्ने सुचनाले हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण…
Read More
४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको सुकुम्बासी विस्थापनका विरुद्ध विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उल्लेखित चारवटै कम्युनिस्ट पार्टीका नेताहरुले विना स्थायी विकल्प जबर्जस्त होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई विस्थापित गरिए देशव्यापी रुपमा सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता प्रकाश खतिवडा, नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता रेशम थापामगर र नेकपाका नेता कृष्णहरि भट्टले यस्तो चेतावनी दिएका हुन् । नेताहहरुले संसदीय व्यवस्था भनेकै सुकुम्बासीहरु उत्पादन गर्ने व्यवस्था भएको भन्दै नयाँ जनवादी व्यवस्था हुँदै…
Read More
फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

काठमाडौँ : भारतबाट प्रस्तावित र गत वैशाखमा नेपाल सरकारबाट स्वीकृत फौजदारी मुद्दा सम्बन्धी नेपाल –भारत पारस्परिक कानुनी सहायता सम्झौतालाई नेपालका वामपन्थी राजनीतिक दलका नेताहरु र विषय विज्ञहरुले खारेजीको माग गरेका छन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले जेष्ठ २९ गते राजधानीमाआयोजना गरेको “सार्वभौमिकताको रक्षा र फौजदारी विषयमा नेपाल – भारत पारस्परिक कानुनी सहायता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रममा वामपन्थी पार्टीका नेता तथा विषयविज्ञहरूले सो माग गरेका हुन्। प्रस्तुत विषयमाथि बोल्ने वक्ताहरूले उक्त सम्झौता राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले नेपालका निम्ति बेठिक हुने भएकाले खारेज नै गर्नुपर्ने धारणा राखेका थिए। सन्तबहादुर नेपाली राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले…
Read More
“सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै

“सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै

काठमाडाैँ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा २०८३ जेठ २९ गते “सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रम हुँने भएको छ । कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा राजनीतिक दलका नेतृत्वहरु, कानुनविदको मन्तव्य रहने छ । कार्यक्रममा उपस्थितिकोलागि मोर्चाले सबैमा अनुरोध गरेको छ ।
Read More