धनी राष्ट्रहरुबाट नेपालले क्षतिपूर्ति पाउनुपर्दछ
– रामसिंह श्रीस, स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले रसुवाको बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न समिति बनाएको जानकारी प्राप्त भएको थियो । त्यस समितिले के के कार्य ग¥यो ?–क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले भाद्र ११ गते मेरो संयोजकत्वमा रमेश पौडेल, अमृत अधिकारी, बद्री चापागाई, अर्जुनलाल श्रेष्ठ, राजेन्द्र कोइराला सम्मिलित “बाढी प्रभावित क्षेत्रको निरिक्षण तथा अध्ययन गर्न बनेको समिति” बनाएको थियो । त्यस समितिका साथीहरुलेनुवाकोट, धादिङ र आंशिकरुपमा रसुवासमेतको बाढी प्रभावित क्षेत्रमा गएर रिपोर्ट ल्याउनुभयो । प्राप्त रिपोर्ट माथि हामीले व्यापक छलफल गरेर पार्टी कार्यालयलाई भाद्र १७ गते प्रतिवेदन बुझाएका छौं । ० प्रतिवेदनको…