जन बिहानी

1712 Posts
पानसरी खडकाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको श्रद्धाञ्जली

पानसरी खडकाप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको श्रद्धाञ्जली

काठमाडौं : पानसरी खडका प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । पानसरी खडकाको असोज २३ गते विहानमा निधन भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३असोज २३ गते एक प्रेस वक्तव्य जारी गरी श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । प्रेस वक्तव्य यस प्रकार छ –“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य शेरकुमार खड्का ‘गति’ का ममतामयी आमा कमरेड पानसरी खड्काको आज बिहान कृतिशेष भएको दुखद खवरले हामीलाई मर्माहत बनाएको छ । उहाँका जीवनसाथी खम्बबहादुर खड्का, पाँच छोराहरु शेरकुमार खड्का, नन्दकुमार, इन्द्रकुमार, गोपालकुमार र लोक खड्का हुनुहुन्छ भने छोरीहरु मुनाकुमारी हुनुहुन्छ । विस २००५ सालमा…
Read More
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

काठमाडौं : आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् । कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ महिनाअघि काठमाडौंस्थित ३ कुने प्रहरीमा उजुरी दिएको र पक्राउपूर्जी जारी गरेर पनि आजसम्म पनि पक्राउ नगरेकोले मिडियामा आउन बाध्य भएको जनाएकी छन् । अभियान्ता सोभा पाठकले परिवर्तनपछि आएको सरकारले पनि पीडितका पक्षमा काम नगरेको आरोप लगाएकी छन् । “यत्रो आशा र भरोसाको सरकारले अझै पनि…
Read More
मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

काठमाडौं : धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी बाढी जस्तो विपत्ति निम्तिएकोे युवाहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले अमेरिका, रुस, चिन र भारतलगायतका देशहरुबाट क्षतिपूर्ति माग्नु पर्नेसमेत धारणा व्यक्त गरे । क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि यूवा पुस्ताको अभियान’ विषयक अन्तरक्रियामा बोल्ने जलवायू विज्ञ र युवाहरुले साझा पृथ्वीको सबैले मिलेर रक्षा गर्नुपर्ने धारण व्यक्त गरेका हुन् । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थयी समिति सदस्य राम सिं श्रीसले पुँजीवादी व्यवस्थाले नाफा कमाउन र विश्वमा वर्चस्वका लागि पृथ्वीको असिमित दोहन गरिरहेको आरोप लगाए । पुँजीवादी राष्ट्रहरुले मानवहित विपरित कार्वन…
Read More
‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचन

‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचन

काठमाडौं : पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरु महत्वपूर्ण सामग्री हुनेसमेत बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले पूर्ण सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरुलाई उजागर गरेको र त्यसको निकासका लागि खम्बु चन्दद्वारा लिखित समाजवादी क्रान्तिको मार्गचित्रले निकासको आधार दिएको धारणा राखे । आत्मनिर्भर बन्दै गएको नेपाली अर्थव्यवस्थालाई विदेशीहरुले योजनावद्ध परनिर्भर बनाउन सफल भएको विषयलाई लेखक सिंहले गहन तरिकाले पुस्तकमा समेटेको ओलीले धारणा राखे । ‘नेपालमा डा.रमशरण…
Read More
इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा सम्पन्न

इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा सम्पन्न

काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा हिरामणि दु:खीको अध्यक्षतामा नौ जनाको नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा आयोजित प्राज्ञसभामा प्रतिष्ठानका संरक्षक समेत् रहनुभएका वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक, दार्शनिक तथा समालोचक मोहन वैद्य ‘चैतन्य’को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । उक्त प्राज्ञसभालाई सम्वोधन गर्दै प्रमुख अतिथि चैतन्यले भन्नुभयो – ‘देशमा राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा पर्दै गएको छ । जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएका छन् । वास्तविक कम्युनिस्ट आन्दोलनलाई उठन् नदिन र क्रान्तिकारी धाराको माक्र्सवादी विचारलाई समाप्त पार्न संशोधनवादीहरूलाई नै कम्युनिस्टहरू यिनै हुन् भन्दै उनीहरूका माध्यमबाट जनतामा कम्युनिस्ट विचारलाई वदनाम…
Read More
जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएकाेछ : माेहन वैद्य किरण

जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएकाेछ : माेहन वैद्य किरण

इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा सम्पन्न काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा हिरामणि दु:खीको अध्यक्षतामा नौ जनाको नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा आयोजित प्राज्ञसभामा प्रतिष्ठानका संरक्षक समेत् रहनुभएका वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक, दार्शनिक तथा समालोचक मोहन वैद्य ‘चैतन्य’को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । उक्त प्राज्ञसभालाई सम्वोधन गर्दै प्रमुख अतिथि चैतन्यले भन्नुभयो – ‘देशमा राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा पर्दै गएको छ । जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएका छन् । वास्तविक कम्युनिस्ट आन्दोलनलाई उठन् नदिन र क्रान्तिकारी धाराको माक्र्सवादी विचारलाई समाप्त पार्न संशोधनवादीहरूलाई नै कम्युनिस्टहरू यिनै हुन् भन्दै…
Read More
प्रस्तुत पुस्तकमा के छ ?

प्रस्तुत पुस्तकमा के छ ?

उपसंहार हिमाली उपमहाद्वीपीय दर्शनबारे संक्षिप्तमा गरिएको अध्ययन मूलतः यही नै हो । प्रस्तुत अध्ययनको उपसंहारका रूपमा निम्न विषयलाई समावेश गरिएको छ : १. यहाँ दर्शनको अत्यन्तै लामो र समृद्ध परम्परा छ । यहाँ विभिन्न धारा/उपधाराका बीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । यहाँ वैज्ञानिक र अवैज्ञानिक दुवै चिन्तन प्रवृत्ति देखापर्दै आएका छन् । हिमाली क्षेत्रको समग्र दर्शनमा एकातिर द्वन्द्ववाद र भौतिकवादका खजाना छन् भने अर्कोतिर अधिभूतवाद र आदर्शवादका विविध धारा र प्रवृत्ति पनि देखापर्दै आएका छन् । साथै, यहाँ कैयौं विरोधाभास र ऐतिहासिक सीमा पनि रहेका छन् । २. हिमाली दर्शनमा द्वन्द्ववाद र अधिभूतवादका बीच शुरूदेखि अहिलेसम्म निकै वक्र गतिमा…
Read More
महासभामा मलको कुरा

महासभामा मलको कुरा

-मनु वि.क.नेपाली किसानहरुले मल ,बीउ, विजनको लागि पटक पटक संघर्ष गर्नु परेको छ । किसानहरुको मल बीउ नपाउँदा बेलैमा रोप्न र मल राख्न नपाउँदा उत्पादनमा समस्या हुन्छ । महंगो मल किसानले किन्छु भन्दा पनि समय मै पाइँदैन । किसानहरुको यो व्यथा बुझ्ने मान्छे ,सत्ता तथा सरकार नभएर किसानहरुले दुःख पाइरहेका छन् । किसानहरुको मलको कुरा अहिले नेपालका जेनजी आन्दोलन पछिको संसदीय निर्वाचन पछि बनेका प्रधानमन्त्री वालेन शाहको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधनको क्रममा संसारभरमा हतियार अत्यन्तै छिटो पुग्ने तर किसानलाई मल र बीउ चाहिँ किन पु¥याउन आनाकानी हुन्छ ? वा किन प्रणालीले काम गर्दैन ? भन्ने प्रकारको बालेन शाहको मन्तव्य…
Read More
ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता

ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता

काठमाडौँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालका महासचिव परी थापाले ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरु प्रति ऐक्यबद्धता प्रकट गर्नु भएको छ। २०२६ सेप्टेम्बर २८ मा थापाले देशभक्त जनवादी समाजवादी पार्टी ट्युनिसियालाई एक पत्र पठाएर सो ऐक्यबद्धता जनाउनु भएको हो । पत्रमा लेखिएको छ – हामी गाजामा लगाइएको घेराबन्दी तोड्ने उद्देश्यले सुमुद फ्लोटिलाको स्टेयरिङ कमिटीका कार्यकर्ताहरू, अर्थात् वाएल नौअर, घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, जो हाल ट्युनिसियाली जेलभित्र खुला आमरण अनशनमा छन्, प्रति हाम्रो अटल ऐक्यबद्धता व्यक्त गर्दछौं। लामो समयसम्मको भोक हडतालका कारण, वाएल नौअरको जीवन जोखिममा पुगेको छ । घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, अहिले खाना…
Read More
कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित भएकी छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र ‘क’ बाट दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।महाधिवेशन प्रतिनिधिमा निर्वाचित चापागाईँले कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय सदस्य बनेर पिछडिएका वर्गका मुद्दालाई उत्थान गर्ने उनले बताएकी छन्। “नेपाली जनता, देश विकासको लागि केही काम गर्न पाउँछु भन्ने भित्रैदेखि इच्छा छ,” उनले भनिन्। नेपाली कांग्रेसमा आबद्ध भएपछि पार्टीको समावेशी संरचना र विभिन्न समुदायका लागि छुट्याइएका समूहबारे आफूले बुझ्ने अवसर पाएको उनले बताइन्। खसआर्य, खुला, जनजाति,…
Read More