घण्टाघर (कविता)
–गौरी देवकोटा सप्लेँटो या बिप्लेँटोबिप्लेँटो या सप्लेँटोसमय छुट्याउने प्रयत्नमाटुँडिखेलतिर फर्किएरटोलाइरहेको घण्टाघरराजधानीको छातीमा कुदाउनठिक्क पारिएका घोडाहरूघोडामा टाप कसिरहेको समयसमयको साक्षीखिन्न हुँदै लगाउँछ घोसे मुन्टो । झल्को आउँछ पुरानो तस्वीरबाँचिरहेको समयसँग असहमतकला, गला र सिर्जनाहरूवर्तमानका खाँतिरआफ्नै काखमाअनसन बसिरहेको समयडुबेपछि केही बेरउही समयमामोडिन्छ थोरै दायाँ वैशाखको धूपभन्दा चर्को आवाजसहितनाराणहिटीतर्फ औंलो उठाउँदैगर्जिरहेको समयसमय र सङ्घर्षले सिर्जेका नायकयुगका अगुवाथपक्क बोकाइदिएको जिम्मेवारीजिम्मेवारीकै मजाकथाप्लोमा नाम्लो यथावत् राखेररानीपोखरीमा खुसुखुसु भारी खसालिरहेकोचतुर भरियाआफ्नै अगाडिदनदनाउँदो इतिहासमाथिनिसङ्कोच पिसाब फेरिरहेकोनिर्लज्ज समयको सम्झनामासुस्केरा काढ्दैमोडिन्छ बायाँ । भद्रकालीमा फुसफुसाइरहेकाफुस्रा चेहराहरूलेथिचिरहे झैं लाग्छआफैभित्र घुमिरहेका मसिना काँटाहरूदेखापर्छ एआइसँगैलरबराइरहेका चिसा तन्नेरी भीडभाउन्न हुन्छ केही बेरघण्टाघर,भाउन्न हुन्छ केही बेर । ढल्न दिनुहुन्न आफूलाईझड्कार्छ एक फेर आफ्नै मनफर्किन्छ फरक्क…