रगत (कविता)
टेकहरि न्यौपाने मिलेर बसेकोलाई लडाउँछदंगा फसाद जसले मन पराउँछकहिले धर्मको नाममा लडाउँछकहिले जातजातिको नाममा लडाउँछ । मान्छे मान्छेमा काटाकाट गराउँछउसले सधै दंगा फसाद नै मन पराउँछमिलेर बसेकोसँग डराउँछकहिले चोकचोकमा कराउँछ । धर्मको नाममा जातको नाममाविष वमन गर्ने खेती गराउँछबृद्धि, विवेकलाई खाली गराउँछखोक्रो दिमागमा गोबर भराउँछ । मिलेर बसेको देखि सहन्नसमाजमा उसले रक्तपात गराउँछत कालो त गोरो भनेर लडाउँछत चुच्चो त थेप्चो भनेर लडाउँछ । त चुच्चो त थेप्चो भनेर लडाउँछअग्लो र पुडको भनेर लडाउँछखाने र लगाउने बाहनामा लडाउँछसीमा पारीबाट डलर मगाउँछ । समाजसेवी बनेर लफडा गराउँछमिलेको समाजमा दंगा गराउँछमिलेको समाजमा दंगा गराउँछजात र धर्मको खेती गराउँछ । पारीबाट भाडाका टटुहरु…