
सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन
कुपण्डाेल : रेड स्टार क्लब गठन भएकाे छ । बिहीबार ललितपुरकाे युएनपार्कमा सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन गरेको छ । क्लबका अध्यक्ष भनेका छन्,"क्रान्तिकारी खेलकुद महासंघद्वारा आयोजित यस अभियानमार्फत हामी खेलकुद क्षेत्रमा फैलिएको भ्रष्टाचार, पक्षपात, र अवसरको दुरुपयोगविरुद्ध आवाज उठाउँदैछौं। खेलकुद, जुन निष्पक्षता, सम्मान र खेल भावना प्रतीक हुनुपर्थ्यो, आज स्वार्थी प्रवृत्ति, राजनैतिक हस्तक्षेप र आर्थिक चलखेलले दूषित भएको छ। अब समय आएको छ– यी सबै विकृति र अन्यायको जरो उखेलेर नयाँ युगको सुरुवात गर्ने। हामी नयाँ सोच, पारदर्शिता, समावेशिता र समान अवसरका सिद्धान्तका साथ मैदानमा उत्रिएका छौं, र परिवर्तनको यो आन्दोलनलाई निरन्तर अगाडि…