खेलकुदले आत्मविश्वास र एकताभाव पैदा गर्दछ : सुदर्शन
काठमाडौँ : रेड स्टार स्पोर्टिङ क्लब बुद्धनगर काठमाडौँको आयोजनामा ‘रेड स्टार फूटसल खुल्ला प्रतियोगिता २०८३’ को उद्घाटन भएको छ । आज बिहान बैशाख २५ गते विहान ११ बजे ललितपुरको बंगलामुखी फूटसल मैदानमा भएको उक्त फुटसल प्रतियोगिताको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता सुदर्शनले गर्नुभएको थियो । उहाँले रेफ्रि माया तामाङलाई फुटबल हस्तान्तरण गरेपछि फुटसल कार्यक्रमको औपचारिक उद्घाटन भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता रहनुभएको सुदर्शनले उद्घाटन खेलको समारोहमा भन्नुभयो –‘फूटबल खेल विश्वव्यापी रुपमा लोकप्रिय भएको बेला उरुग्वेका एक जना शिक्षक जुयान कार्लोस सेरियानी नामक शिक्षकले युवाहरुले सानो ठाउँमा पनि खेल्न सक्ने गरी यसको…