सुचना

विभिन्न खालका सुचनाहरू

पुर्व विद्यार्थी नेता पुर्ण सिंहले प्रकाशन गरे `नवऔपनिवेशिक दलाल पुँजीवाद´

पुर्व विद्यार्थी नेता पुर्ण सिंहले प्रकाशन गरे `नवऔपनिवेशिक दलाल पुँजीवाद´

काठमाडौं : पुर्व विद्यार्थी नेता पुर्णबहादुर सिंहले नवऔपनिवेशिक दलाल पुँजीवाद नामक पुस्तक प्रकाशन गरेका छन् । उनले १३ वटा शिर्षकमा उक्त पुस्तक प्रकाशन गरेका हुन् । उक्त शिर्षकहरु `१) नवऔपनिवेशिक दलाल पुँजीवादको सङ्कट र समाधान, २) नवऔपनिवेशिक दलाल पुँजीवादको आम चरित्र, ३) नेपालका समग्र आन्दोलनको सिंहावलोकन, ४) ऐतिहासिक समाजवाद, ५) कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न, ६) जनवाद-समाजवादको बहस, ७) नेपाली समाजको विश्लेषण, ८) नयाँ विचार पाठशाला, ९) नेपाली जनक्रान्तिको अवधारणा १०) नेपाली समाजवादको मार्गचित्र, ११) शिक्षा र नेपाली जनक्रान्ति, १२) युवा र नेपाली जनक्रान्ति, १३) डाटा पुँजीवाद र नेपाली जनक्रान्ति´ रहेको छ । उनलेे विशेषगरी अझै पनि नेपाली समाजमा क्रान्तिकाे आवश्यकता…
Read More
संविधान दिवसकाे अवसरमा नेपाल टेलिकमले ल्यायाे अफर

संविधान दिवसकाे अवसरमा नेपाल टेलिकमले ल्यायाे अफर

काठमाडाैँ : नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ । यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ (Unlimited Lite 499) प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि रु. ६९९ (कर सहित) अनलिमिटेड प्रो…
Read More
FTTH लाइन पुनःसञ्चालन अपडेट..

FTTH लाइन पुनःसञ्चालन अपडेट..

काठमाडाैँ : गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन भएको छ। बाढीले रसुवागढी र बेत्रावतीमा १/१ वटा गरी २ वटा OLT, रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ वटा गरी ५ वटा FDC का साथै करिब १२८ किलोमिटर Aerial Optical Fiber Cable बगाएपछि त्यस क्षेत्रका कुल १,५४४ FTTH लाइन पूर्ण रूपमा प्रभावित भएका थिए । विपद्‌लगत्तै प्राविधिक जनशक्ति तथा स्रोत-साधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइएको र हालसम्म प्रभावितमध्ये १०९३ वटा लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन भएको…
Read More
छापा माध्यम कडा आन्दोलनको तयारीमा

छापा माध्यम कडा आन्दोलनको तयारीमा

काठमाडौँ : सरकारी निर्णयबाट घटाइएको लोककल्याणकारी विज्ञापनको रकम साविककै कायम गर्नुपर्ने माग गर्दै छापा माध्यम कडा आन्दोलनको तयारीमा जुटेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले एक साताभित्र माग सम्बोधन नभए देशभरका प्रिन्ट मिडियालाई समेटेर भौतिक आन्दोलनमा उत्रिन प्रस्ताव गरेको हो।शनिबार बिहान बसेको कार्यदलको बैठकले दामोदरप्रसाद दवाडीलाई संयोजक चयन गर्दै महासंघलाई सातबुँदे सुझाव बुझाएको छ। नयाँ संशोधित कार्यविधिअनुसार घटाइएको रकममा लोककल्याणकारी विज्ञापनको बिल विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक कार्यालयमा पेस नगर्न देशभरका छापा माध्यमलाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ।सरकारी विज्ञापन वितरणमा भइरहेको विभेद, लोककल्याणकारी विज्ञापनको रकममा गरिएको कटौती र राष्ट्रिय समाचार समिति (रासस) को…
Read More
शनिबारबाट पानी पर्न कम हुन्छ : मौसमविद

शनिबारबाट पानी पर्न कम हुन्छ : मौसमविद

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ । बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् । उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा)…
Read More
यी भूभागमा आज भारी वर्षाको सम्भावना

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कमजोर रहेको छ । साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही…
Read More
जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ : धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।
Read More
आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित…
Read More
नेपालमा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक छ–सुदर्शन / जनसम्बन्ध विस्तार अभियानमा बैतडिका २ स्थानमा सभा

नेपालमा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक छ–सुदर्शन / जनसम्बन्ध विस्तार अभियानमा बैतडिका २ स्थानमा सभा

जनबिहानी न्युज डेस्क काठमाडौँ / क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपाली जनताका समस्याहरुप्रति सरकार मुखदर्शक भएर वसेको र यो शासन व्यवस्था जनताको शासन व्यवस्था नभएकोले यसको बदलामा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।पार्टी केन्द्रले आयोजना गरेको ‘जनसम्बन्ध विस्तार’ अभियानको दोस्रो दिन आज बैतडिको झुलाघाटमा आयोजीत कार्यक्रममा आयोजीत कोणसभामा बोल्दै सुदर्शनले भने ‘आज नेपाली भुभाग कालापानीमा सेना बसेको छ तर सरकार मौन छ । आज नेपाली बजारमा विदेशी सामानको रजगज छ,तर सरकार उदासीन छ,त्यसकारण जनताको व्यवस्था स्थापनागर्नको लागि हामीले कम्युनिस्ट आन्दोलनको धारलाई अगाडि बढाईरहेका छौ ।’नेपाली अनुहारका विदेशीदलालहरुले देशलाई कङकाल बनाउदै गईरहेकोले आजको अवस्था जनवाद–बैज्ञानिक समाजवाद उत्तम…
Read More
नेपाल प्रहरीमा खुल्याे ३२० जनालाई जागिर

नेपाल प्रहरीमा खुल्याे ३२० जनालाई जागिर

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो । यसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।
Read More