मनोरञ्जन

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडाैँ: नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै नयाँ इतिहास रच्ने तयारीमा छिन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिका पुगेपछि अभिनय, अध्ययन र सिर्जनात्मक क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने अभियानमा लागेकी छिन् ।हाल उरुषा अमेरिकास्थित Goshen College मा सिनियर वर्षमा अध्ययनरत छिन् । उनले फिल्म र थियटर विषयमा अध्ययन गरिरहेकी छिन् । उनले उत्कृष्ट GPA कायम गर्दै ‘Dean’s List’ मा स्थान बनाउन सफल भएकी छिन्, जुन कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई दिइने सम्मान हो । दक्षिण एसियामा सफल करियर अमेरिका जानुअघि नै उरुषा नेपाल र बलिउडमा स्थापित…
Read More
गीतकार रिमा श्रेष्ठकाे “याद” गीत सार्वजनिक

गीतकार रिमा श्रेष्ठकाे “याद” गीत सार्वजनिक

काठमाडाैँ : स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छिन्। उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन्। उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा…
Read More
चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

काठमाडौं : नेपालकै चर्चित लोकगायिका तथा पाल्पाली चेली श्रीदेवी देवकोटाको स्वरमा तयार भएको नयाँ लोक–संगीत “मिनिबस घुइकाइदेउ” आजै सार्वजनिक भएको छ।गीतलाई गायिका देवकोटाकै आधिकारिक युट्युब च्यानल Shreedevi Devkota मार्फत सार्वजनिक गरिएको हो। https://www.youtube.com/watch?v=Fc9zPfxatKg लोक–धुनमा बनेको यस गीतमा श्रीदेवी देवकोटा र जय देवकोटाको युगल स्वर रहेको छ। गीतका शब्द मिदास गौतम, संगीत तथा एरेन्ज जय देवकोटाले गरेका छन्।सार्वजनिक भिडियोमा सन्जिब ठकुरी र रितु तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन प्रबिन थापा, क्यामेरा सरोज शाही, सम्पादन अनिल राना तथा पोस्ट–प्रोडक्सन तरङ्ग डिजिटलले जिम्मेवारी वहन गरेका छन्। गीतले दैनिकी, यात्रा, प्रेम र रमाइलोपनलाई हल्का हास्यमिश्रित रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।सार्वजनिक भएको केवल…
Read More
रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं : आज भाद्र २० गते राष्ट्रिय नाचघरमा रक्तिम र सामना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दिउँसो २ ः ३० बजे देखि सुरु भएर ५ः ३० सम्म सञ्चालन भएको थियो । कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोले गरेको थियो । रक्तिम र सामना परिवारका कलाकारहरूले जनवादी गायक खुसीराम पाख्रीनद्वारा लेखिएको र गाइएको “सागर तर्ने यात्रीहरू” बोलको गीत गाएर कार्यक्रमको दैलो उघारिएको थियो , दर्शकहरूलाई स्वागत गरिएको थियो । जनवादी गायक जीवन शर्माद्वारा लिखित रातो लाल्टिन गीतमा कलाकारहरूले स्वागत नृत्य गरेका थिए। रातो लालटिन क्रान्ति, परिवर्तन र चेतनाको प्रतिक हो यसलाई निभ्न दिनु हुन्न भन्दै…
Read More
‘धनपुरे टोल’ आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने

‘धनपुरे टोल’ आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने

काठमाडौं : कमेडी टेलि सिरियल धनपुरे टोल आउँदो आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने भएको छ। आइतबार बेलुका ८ बजे एपीवान टेलिभिजन र ९ बजे ईएच डिजिटल युट्युबमा धनपुरे टोल सिरियल आउनेछ। सिरियलका निर्देशक सुरेश थापा तथा निर्माता श्रीकृष्ण श्रेष्ठ हुन्। धनपुरे टोलको टिजर र ट्रेलर यसअघि युट्युबमा सार्वजनिक भइसकेको छ। सिरियलमा विभिन्न जातजाती, धर्म, संस्कृति, रितिरिवाज, भेषभूषा, प्राचीन कला र सम्पदाले उत्तिकै सिङ्गारिएको छ। सिंगो देशभित्र स-साना गाउँ, टोल र परिवेश पनि समयसंगै फेरिएका छन्। हिमाल, पहाड, मधेश, चुरे अनि तराई भित्र आ आफ्नो मौलिकता बोकेका पात्र, प्रवृति र चेतनाले भरिएको समाज छ। यसै समाजको एउटा परिचयको रुपमा एउटा टोलको…
Read More
यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत यी हुन्

यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत यी हुन्

काठमाडौं : तीज पर्व सकिएको छ । यस वर्षको तीज सांगीतिक हिसाबले चर्चा, परिचर्चाको पर्व पनि बन्यो । एकातिर विष्णु माझीले ल्याएको गीतमा दर्शक-श्रोताले मौलिकताको गुण भेटे भने अर्कोतिर तीज गीतमा अश्लीलता र बेथिति मिसिएको भन्ने आरोपहरु पनि सामाजिक सञ्जालमा आए । तीजलाई लक्षित गर्दै यस वर्ष ३०० हाराहारीमा गीत रिलिज भएको बताइन्छ । तीमध्ये कमैले मात्र दर्शक-श्रोताको मन जिते । यहाँ यस वर्षको तीजमा युट्युबमा धेरै हेरिएका केही गीतको चर्चा गरिन्छ । आइन आमा यो तीजैमा (विष्णु माझी) भदौ ८ गते सार्वजनिक भएको यो गीतलाई अहिलेसम्म झण्डै एक करोड ७० लाख पटक हेरिएको छ । विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको…
Read More
गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं : तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=O4aMrYf2n6U&t=3s
Read More
जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

काठमाडौं : रक्तिम सांस्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल उदय नयाँ गीत सृजनामा जुटेका छन् । उनले प्रगतिशील सालैजो गीत तयार गर्न लागेका हुन् । कलाकार उदयले भने, ‘गीत लेखी सकेको छु । त्यसलाई अन्तिमरुप दिने तयारीमा लागेकोछु । गीत, संगीत मेरो आफ्नै हुनेछ । स्वरमा साथ दिने साथीको छिटै टुङ्गो लगाउ“छु ।’ उदयले अब आउने गीतको विषय भ्रष्टाचार र बेथितिका विरुद्धमा हुने बताए । कलाकार उदयले यसभन्दा पहिले राष्ट्रभक्ति र जागरणमूलक गीत प्रकाशमा ल्याइसकेका छन् । ‘यो देशलाई माया गर्ने जमात’, ‘नशा नशामा यो देशको’, ‘लेकै फुल्यो लाली गु“रास’ जस्ता देशभक्तिका गीत र पिपलु हु“ म, नछोड बाटो तिमीले, क्रान्ति…
Read More
विष्णु आलेको लोकदोहोरी गीत दुईतिर माया सार्बजनिक

विष्णु आलेको लोकदोहोरी गीत दुईतिर माया सार्बजनिक

काठमाडौं : प्रेमी प्रेमिका बीचको दोहोरो कथालाई विषय वस्तु बनाइएको लोकदोहोरी गीत दुईतिर माया जेठ २५ गते शुक्रबार सार्बजनिक भएको छ ।  विष्णु आलेको प्रस्तुतिमा गायक जनक लामा, विष्णु आले र गायिका अर्चना स्याङतानको स्वरमा सजिएको दुईतिर माया एल्बमलाई न्युज किरण डटकम टिभी एन्ड अनलाइन न्युजमार्फत शुक्रबार  युट्युब बजारमा ल्याइएको हो ।  विष्णु आलेको शव्द, दिपक सागर तिवारीको लय र विष्णु तामाङको‌ एरेन्जमा बनेको उक्त दोहोरी गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने  भिडियो निर्देशक शिशिर बुढाथोकी हुन् ।  गीतको मोडलमा राजकुमार विश्वकर्मा,सजिना तामाङ, टेक बहादुर तामाङ् र सरस्वती तामाङ रहेका छन् । बाँकी भिडियोमा... https://www.youtube.com/watch?v=eqyTTyNP58o
Read More
गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक काठमाडाैँ : गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् । सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।   भिडियो लिङ्क् https://www.youtube.com/watch?v=51L1Cdiy9w8
Read More