मनोरञ्जन

हुम्लाबाट नेपाली कला आकाशतर्फ उडान भरिरहेकी कलाकार – आरती बुढा

हुम्लाबाट नेपाली कला आकाशतर्फ उडान भरिरहेकी कलाकार – आरती बुढा

हिमालको काखमा बसेको हुम्ला। भौगोलिक दूरीले काठमाडौंसँग टाढा, तर सपना र सम्भावनाले कुनै सीमामा नबाँधिएको भूगोल। यही दुर्गम भूगोलबाट एउटा सपना बोकेर नेपाली कला क्षेत्रमा आफ्नो उडान भरिरहेकी छिन् कलाकार -आरती बुढा। मोडलिङ र अभिनयलाई आफ्नो मुख्य पेसाका रूपमा अघि बढाइरहेकी आरतीका लागि कलाकारिता केवल क्यामेराअगाडि उभिनु वा पर्दामा देखिनु मात्र होइन। यो उनको आत्मअभिव्यक्तिको माध्यम हो, आफ्नो पहिचान निर्माण गर्ने यात्रा हो र आफूले देखेको सपनालाई वास्तविकतामा बदल्ने निरन्तर प्रयास हो। हुम्लाजस्तो दुर्गम जिल्लाबाट आएर नेपाली कला क्षेत्रमा आफ्नो स्थान बनाउन खोज्नु आफैँमा सहज यात्रा होइन। अवसरको पहुँच, भौगोलिक दूरी र प्रतिस्पर्धात्मक वातावरणका बीच आरतीले भने आफ्नो यात्रालाई रोक्न…
Read More
संगीता बडुवालको जादुमयी स्वरले सबैलाई रुवायो, ‘गया धर्ती छोडी’ टिकटकमा भाइरल

संगीता बडुवालको जादुमयी स्वरले सबैलाई रुवायो, ‘गया धर्ती छोडी’ टिकटकमा भाइरल

काठमाडौं : गायिका संगीता बडुवालको नयाँ गीत **‘गया धर्ती छोडी’**ले सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा चर्चा बटुल्न थालेको छ। गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियोहरू बन्न थालेसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। Limelight Nepalको निर्माणमा तयार भएको **‘गया धर्ती छोडी’**मा कृष्ण मल्ल ठकुरीको शब्द रहेको छ। गीतमा गायिका संगीता बडुवालकै लय तथा स्वर रहेको छ भने गीत टेकेन्द्र शाहको प्रस्तुतिमा सार्वजनिक गरिएको हो। भावुक शब्द, मार्मिक संगीत र संगीता बडुवालको जादुमयी स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ। गीत सुनेपछि आफूहरू भावुक बनेको भन्दै श्रोताहरूले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। रिलिज भएको छोटो समयमै टिकटकमा गीतको अडियो…
Read More
घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नेत्र शाही विरोधी पार्टीमा प्रवेश गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ । कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न पार्टी क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्दछ ।’
Read More
अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडाैँ: नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै नयाँ इतिहास रच्ने तयारीमा छिन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिका पुगेपछि अभिनय, अध्ययन र सिर्जनात्मक क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने अभियानमा लागेकी छिन् ।हाल उरुषा अमेरिकास्थित Goshen College मा सिनियर वर्षमा अध्ययनरत छिन् । उनले फिल्म र थियटर विषयमा अध्ययन गरिरहेकी छिन् । उनले उत्कृष्ट GPA कायम गर्दै ‘Dean’s List’ मा स्थान बनाउन सफल भएकी छिन्, जुन कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई दिइने सम्मान हो । दक्षिण एसियामा सफल करियर अमेरिका जानुअघि नै उरुषा नेपाल र बलिउडमा स्थापित…
Read More
गीतकार रिमा श्रेष्ठकाे “याद” गीत सार्वजनिक

गीतकार रिमा श्रेष्ठकाे “याद” गीत सार्वजनिक

काठमाडाैँ : स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छिन्। उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन्। उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा…
Read More
चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

काठमाडौं : नेपालकै चर्चित लोकगायिका तथा पाल्पाली चेली श्रीदेवी देवकोटाको स्वरमा तयार भएको नयाँ लोक–संगीत “मिनिबस घुइकाइदेउ” आजै सार्वजनिक भएको छ।गीतलाई गायिका देवकोटाकै आधिकारिक युट्युब च्यानल Shreedevi Devkota मार्फत सार्वजनिक गरिएको हो। https://www.youtube.com/watch?v=Fc9zPfxatKg लोक–धुनमा बनेको यस गीतमा श्रीदेवी देवकोटा र जय देवकोटाको युगल स्वर रहेको छ। गीतका शब्द मिदास गौतम, संगीत तथा एरेन्ज जय देवकोटाले गरेका छन्।सार्वजनिक भिडियोमा सन्जिब ठकुरी र रितु तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन प्रबिन थापा, क्यामेरा सरोज शाही, सम्पादन अनिल राना तथा पोस्ट–प्रोडक्सन तरङ्ग डिजिटलले जिम्मेवारी वहन गरेका छन्। गीतले दैनिकी, यात्रा, प्रेम र रमाइलोपनलाई हल्का हास्यमिश्रित रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।सार्वजनिक भएको केवल…
Read More
रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

रक्तिम-सामाना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं : आज भाद्र २० गते राष्ट्रिय नाचघरमा रक्तिम र सामना परिवारको बृहत जनसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम दिउँसो २ ः ३० बजे देखि सुरु भएर ५ः ३० सम्म सञ्चालन भएको थियो । कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोले गरेको थियो । रक्तिम र सामना परिवारका कलाकारहरूले जनवादी गायक खुसीराम पाख्रीनद्वारा लेखिएको र गाइएको “सागर तर्ने यात्रीहरू” बोलको गीत गाएर कार्यक्रमको दैलो उघारिएको थियो , दर्शकहरूलाई स्वागत गरिएको थियो । जनवादी गायक जीवन शर्माद्वारा लिखित रातो लाल्टिन गीतमा कलाकारहरूले स्वागत नृत्य गरेका थिए। रातो लालटिन क्रान्ति, परिवर्तन र चेतनाको प्रतिक हो यसलाई निभ्न दिनु हुन्न भन्दै…
Read More
‘धनपुरे टोल’ आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने

‘धनपुरे टोल’ आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने

काठमाडौं : कमेडी टेलि सिरियल धनपुरे टोल आउँदो आइतबारदेखि एपी वान टेलिभिजनमा प्रशारण हुने भएको छ। आइतबार बेलुका ८ बजे एपीवान टेलिभिजन र ९ बजे ईएच डिजिटल युट्युबमा धनपुरे टोल सिरियल आउनेछ। सिरियलका निर्देशक सुरेश थापा तथा निर्माता श्रीकृष्ण श्रेष्ठ हुन्। धनपुरे टोलको टिजर र ट्रेलर यसअघि युट्युबमा सार्वजनिक भइसकेको छ। सिरियलमा विभिन्न जातजाती, धर्म, संस्कृति, रितिरिवाज, भेषभूषा, प्राचीन कला र सम्पदाले उत्तिकै सिङ्गारिएको छ। सिंगो देशभित्र स-साना गाउँ, टोल र परिवेश पनि समयसंगै फेरिएका छन्। हिमाल, पहाड, मधेश, चुरे अनि तराई भित्र आ आफ्नो मौलिकता बोकेका पात्र, प्रवृति र चेतनाले भरिएको समाज छ। यसै समाजको एउटा परिचयको रुपमा एउटा टोलको…
Read More
यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत यी हुन्

यस वर्ष युट्युबमा धेरै हेरिएका तीज गीत यी हुन्

काठमाडौं : तीज पर्व सकिएको छ । यस वर्षको तीज सांगीतिक हिसाबले चर्चा, परिचर्चाको पर्व पनि बन्यो । एकातिर विष्णु माझीले ल्याएको गीतमा दर्शक-श्रोताले मौलिकताको गुण भेटे भने अर्कोतिर तीज गीतमा अश्लीलता र बेथिति मिसिएको भन्ने आरोपहरु पनि सामाजिक सञ्जालमा आए । तीजलाई लक्षित गर्दै यस वर्ष ३०० हाराहारीमा गीत रिलिज भएको बताइन्छ । तीमध्ये कमैले मात्र दर्शक-श्रोताको मन जिते । यहाँ यस वर्षको तीजमा युट्युबमा धेरै हेरिएका केही गीतको चर्चा गरिन्छ । आइन आमा यो तीजैमा (विष्णु माझी) भदौ ८ गते सार्वजनिक भएको यो गीतलाई अहिलेसम्म झण्डै एक करोड ७० लाख पटक हेरिएको छ । विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको…
Read More
गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं : तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=O4aMrYf2n6U&t=3s
Read More