
भारत : छत्तिसगढमा १५७ औं लेनिन जयन्ती तथा ५७ औं भाकपा (माले) स्थापना दिवस सम्पन्न भएको छ । भाकपा (माले) रेड स्टार छत्तीसगढ़ राज्य समितिद्वारा एक पार्टी कक्षाको आयोजन गरी उक्त दिवस मनाइएको हो । वक्ताहरुले लेनिन र अक्टूबर क्रांति, बोल्शेविक शैलीको पार्टी संगठन , तथा १६–२० सितम्बर २०२६ मा कर्नाटक को रायचूरमा आयोजना हुने रेड स्टार को १३ औं पार्टी कांग्रेस को राजनीतिक महत्वबारे गंभीर चर्चा गरेका थिए । भारतीय कम्युनिष्ट आन्दोलनको इतिहासमा १९६४ मा भाकपा बाट विभाजित भइ भाकपा (माक्र्सवादी) बनेको थियो र १९६९ मा भाकपा (माक्र्सवादी) बाट विभाजित भइ भाकपा (माले) बनेको थियो । भाकपा (माले) का प्रथम महासचिव चारु मजुम्दार थिए । १९६९ अप्रिल २२ का दिन लेनिन जन्मेको दिन पारेर कलकत्तामा एक भव्य समारोहका बीच कानू सन्यालले भाकपा (माले) गठन भएको घोषणा गरेका थिए ।