Blog

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ नम्बर ब्युराेकाे प्रशिक्षण उत्साहपुर्वक सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ नम्बर ब्युराेकाे प्रशिक्षण उत्साहपुर्वक सम्पन्न

नेपालगञ्ज: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ३ न (भेरी कर्नाली) व्युरोको दुइदिने व्युरो स्तरिय प्रशिक्षण तथा वैठक उत्साहजनकरुपमा सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रम यहि महिनाको २४ र २५ गते वर्दियाको भुरिगाउँमा सम्पन्न भएको हो। कार्यक्रमको उदधाटन स्थायी समिति सदस्य कृष्ण पौडेलले व्यानर वाचन गरेर गर्नु भएको थियो।अध्यक्षता व्युरो सेक्रेटी दिपक शाही सञ्चालन सिसिएम कमल रोकाया विपिन स्वागत पार्टी सिसिएम दिलवहादुर कडायत भुकम्पले गर्नु भएको थियो। प्रशिक्षण कार्यक्रममा विश्वदृष्टिकोण आगामी कार्यक्रम आर्थीक, सँगठनात्मक नियमावली तथा पार्टी सदस्यको आचारसहिता वारे कृष्ण पौडेल, अन्तविरोधवारे, विधान, पार्टी सदस्य र कार्यकर्ता वारे, नेपाली समाजको वर्ग विश्लेषण सम्वन्धमा  पिविएम तथा ३ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्री, जनवादी…
Read More
भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

काठमाडौं :सरकारले ल्याको भूमिबैंकको नीति खारेज गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । क्रान्तिकारी किसान महासंघको आयोजनामा काठमाण्डौको होटेल हार्दिकमा “सरकारको भूमि बैंकसम्बन्धी नीति र किसानका जल्दाबल्दा समस्याबारे क्रान्तिकारी किसान महासंघको अवधारणा ” विषयक अन्तरक्रियामा वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले पेश गरेको अवधारणा माथि आफ्नो धारणाहरु राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव सिपी गजुरेलले कार्यक्रम निकै सान्दर्भिक रहेको र वक्ताहरुले जुन धारणा राख्नु भएको छ ,त्यसले किसानहरुको बीचमा जान सजिलो हुने भन्दै किसानरुलाई भूमिबैंकले उत्पादकत्व बढाउने भन्दै सरकारवादी तथा सरकारका पक्षपोषकहरुले किसानहरुमा भ्रम छरेको बताउनु भयो । वहाँले राजनैतिक…
Read More
इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

काठमाडौं : इजरायलले इरानमाथि अहिलेसम्मकै भिषण आक्रमण सुरु गरेको छ। गएराति इजरायलले गरेको भिषण हमला इरानको आणविक कार्यक्रम र वरिष्ठ सैन्य नेताहरूमाथि लक्षित गरी प्रहार गरिएको छ। र वरिष्ठ सैन्य अधिकारी र आणविक वैज्ञानीकहरू मारिएको जनाइएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो आक्रमण र युद्ध लामो समय सम्म चल्ने घोषणा गर्दै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नका लागि थालिएको अहिले सम्मकै ठूलो कारबाही भनेका छन्। यस्तोमा मध्यपूर्वलाई नयाँ द्वन्द्व सुरु भएको छ र क्षेत्रीय शान्ति अनिश्चिततामा धकेलिएको छ। आइआरजीसी प्रमुख मारिए इजरायलको भिषण हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का प्रमुख जनरल होसेन सलामी मारिएको जनाइएको छ। उनी इरानका सबैभन्दा शक्तिशाली…
Read More
इजरायलद्वारा इरानमाथि फेरि गर्यो आक्रमण, जवाफी हमलाको डरले आपतकाल घोषणा

इजरायलद्वारा इरानमाथि फेरि गर्यो आक्रमण, जवाफी हमलाको डरले आपतकाल घोषणा

एजेन्सी : इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।  इजरायली सेनाका अधिकारीले इरान भरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले परमाणु वैज्ञानिकहरूले बताएको नतान्जमा रहेको इरानको मुख्य परमाणु विकास संरचना र इरानको ब्यालिस्टिक मिसाइललाई निशाना बनाएको बताएका हुन् ।  अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन् । इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपतकालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ ।  इजरायलले…
Read More
कार्यबाहक महासचिव गौरवले दिए महासचिव मोहन वैद्य ‘किरण’को शीघ्र स्वास्थ्यलाभको कामना

कार्यबाहक महासचिव गौरवले दिए महासचिव मोहन वैद्य ‘किरण’को शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव मोहन वैद्य किरणको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शनिबार साँझ जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वाश–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि गत जेठ १८ गतेदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”
Read More
क्रान्तिकारी विकल्पको रुपमा जनगणतन्त्रको योजना अगाडि सार्नु पर्दछः ईश्वर तिमिल्सिना

क्रान्तिकारी विकल्पको रुपमा जनगणतन्त्रको योजना अगाडि सार्नु पर्दछः ईश्वर तिमिल्सिना

ईश्वर तिमिल्सिना संयोजक क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल, केन्द्रीय संगठन समित १. ईश्वर जी ,तपाईको राजनीतिक यात्रा कसरी सुरु भएको थियो ?– अत्यधिक बहुमत प्राप्त गरेर निर्वाचित भएको विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारलाई विस्थापित गरेर राजा महेन्द्रद्वारा अगाडि सारिएको निरंकुश पन्चायती व्यवस्थाको उत्तरार्धतिर प्रजातान्त्रिक व्यवस्थाको जन अपेक्षा चुलिएको बेला बन्द कोठा भित्र उन्मुक्तिका आकांक्षा व्यक्त हुदै गरेको समयमा म वयस्क हुँदै थिएँ । त्यही २०४५ को सेरोफेरोमा विकसित हुँदै गरेको राजनीतिक परिवर्तनको पूर्व सन्ध्यामा म बाम राजनीतिको सम्पर्कमा जोडिन पुगेँ । २०४६ सालको निरंकुशता विरोधी आन्दोलनमा परिवर्तनकारी शक्तिहरुको उत्साही गर्जनले ममा पनि हौसला थपिदै गयो । आन्दोलनले आंशिक सफलता प्राप्त…
Read More
महासचिव वसवराजुसहित २८जनाको हत्या विरुद्ध विश्वका ९ वटा कम्युनिस्ट पार्टीकाे संयुक्त वक्तव्य

महासचिव वसवराजुसहित २८जनाको हत्या विरुद्ध विश्वका ९ वटा कम्युनिस्ट पार्टीकाे संयुक्त वक्तव्य

कमरेड बसवराजु अमर छन् ! हामीले दुःखका साथ थाहा पायौं कि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव र अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अग्रगामी सेनामध्ये एक, नम्बल्ला केशव राव, “कमरेड बसवराजु” ले फासीवादी भारतीय सैन्य बलसँगको झडपमा २७ छापामारहरूसँगै आफ्नो ज्यान गुमाए । त्यही झडपमा परी भाकपा (माओवादी) का अर्का महत्वपूर्ण कार्यकर्ता सइजा नैस्वर रावले पनि आफ्नो ज्यान दिए । राज्यका सञ्चार माध्यमहरुले उनी युद्धभूमिमा मारिएका थिए भन्ने दाबी गरेका छन्, तर तिनीहरूले नेताहरूको मृत्युको बारेमा जनतालाई प्रायः भ्रमित गर्ने गर्छन् । विगतमा, तिनीहरूले कमरेड किसनजीलाई निर्ममतापूर्वक हत्या गरे र त्यसलाई मुठभेडमा मारिएको बताए । तर पछि त्यो नक्कली मुठभेड भन्ने साबित…
Read More
सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन

सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन

कुपण्डाेल : रेड स्टार क्लब गठन भएकाे छ । बिहीबार ललितपुरकाे युएनपार्कमा सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन गरेको छ । क्लबका अध्यक्ष भनेका छन्,"क्रान्तिकारी खेलकुद महासंघद्वारा आयोजित यस अभियानमार्फत हामी खेलकुद क्षेत्रमा फैलिएको भ्रष्टाचार, पक्षपात, र अवसरको दुरुपयोगविरुद्ध आवाज उठाउँदैछौं। खेलकुद, जुन निष्पक्षता, सम्मान र खेल भावना प्रतीक हुनुपर्थ्यो, आज स्वार्थी प्रवृत्ति, राजनैतिक हस्तक्षेप र आर्थिक चलखेलले दूषित भएको छ। अब समय आएको छ– यी सबै विकृति र अन्यायको जरो उखेलेर नयाँ युगको सुरुवात गर्ने। हामी नयाँ सोच, पारदर्शिता, समावेशिता र समान अवसरका सिद्धान्तका साथ मैदानमा उत्रिएका छौं, र परिवर्तनको यो आन्दोलनलाई निरन्तर अगाडि…
Read More
देवकोटा दम्पतीलाई हदैसम्मकाे कारबाही गर-क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गाेरखा

देवकोटा दम्पतीलाई हदैसम्मकाे कारबाही गर-क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गाेरखा

गाेरखा : जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै पार्टीले अजिरकोट गाउँपालिका ५ बाट जिसस सदस्यमा निर्वाचित देवकोटा र उनका श्रीमानले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटनाले पार्टीलाई अत्यन्त दुखित र गम्भीर तुल्याएको उल्लेख गरिएको छ । जिल्ला पार्टी सेक्रेटरी रविद्वारा हस्ताक्षित विज्ञप्तिमा काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीद्वारा धिताल महिलामाथि भएको कुटपिट र लछारपछार गरी गम्भीर घाइते बनाउनु अत्यन्त निन्दनीय भएको उल्लेख छ ।…
Read More
दलित समुदायको वास्तविक मुक्ति क्रान्तिकारी र वर्गीय संघर्षमार्फत् नै सम्भव छ

दलित समुदायको वास्तविक मुक्ति क्रान्तिकारी र वर्गीय संघर्षमार्फत् नै सम्भव छ

– टेकबहादुर विश्वकर्मासंयोजक, एकीकृत दलित मुक्ति मोर्चा, नेपाल १) सर्वप्रथम तपाईले नेतृत्व गर्नु भएको एकीकृत दलित मुक्ति मोर्चाको परिचय दिनु हुन अनुरोध गर्दछु ।एकीकृत दलित मुक्ति मोर्चा नेपाल दलित समुदायको पक्षमा निरन्तर संघर्षरत एक राजनीतिक संगठन हो । साथै सामाजिक र सांस्कृतिक क्षेत्रमा रूढिवादी चिन्तन र व्यवहारलाई मलजल गर्दै आएको सामन्ती ब्राह्मणवादी तथा दलाल पुँजीवादी सत्ता र व्यवस्था विरुद्ध निरन्तर संघर्षरत संगठन हो, जसले दलित समुदाय माथि ऐतिहासिक कालखण्डदेखि जबर्जस्ती लादिएको उत्पीडन र असमानता विरुद्ध संघर्ष गर्दै उत्पीडित ऐतिहासिक सर्वहारा वर्ग दलित समुदायको न्याय, समानता र अधिकार प्राप्तिको पक्षमा एकजुट भएर आवाज उठाउने र मुक्ति आन्दोलनलाई अघि बढाउने काम गरिरहेको…
Read More