राजनीति

‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचन

‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचन

काठमाडौं : पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरु महत्वपूर्ण सामग्री हुनेसमेत बताए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले पूर्ण सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरुलाई उजागर गरेको र त्यसको निकासका लागि खम्बु चन्दद्वारा लिखित समाजवादी क्रान्तिको मार्गचित्रले निकासको आधार दिएको धारणा राखे । आत्मनिर्भर बन्दै गएको नेपाली अर्थव्यवस्थालाई विदेशीहरुले योजनावद्ध परनिर्भर बनाउन सफल भएको विषयलाई लेखक सिंहले गहन तरिकाले पुस्तकमा समेटेको ओलीले धारणा राखे । ‘नेपालमा डा.रमशरण…
Read More
जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएकाेछ : माेहन वैद्य किरण

जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएकाेछ : माेहन वैद्य किरण

इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा सम्पन्न काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको १५औं प्राज्ञसभा हिरामणि दु:खीको अध्यक्षतामा नौ जनाको नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा आयोजित प्राज्ञसभामा प्रतिष्ठानका संरक्षक समेत् रहनुभएका वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक, दार्शनिक तथा समालोचक मोहन वैद्य ‘चैतन्य’को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । उक्त प्राज्ञसभालाई सम्वोधन गर्दै प्रमुख अतिथि चैतन्यले भन्नुभयो – ‘देशमा राष्ट्रिय स्वाधीनता गम्भीर सङ्कटमा पर्दै गएको छ । जनतन्त्र र जनजीविकाका प्रश्न झन्झन् जटील बन्दै गएका छन् । वास्तविक कम्युनिस्ट आन्दोलनलाई उठन् नदिन र क्रान्तिकारी धाराको माक्र्सवादी विचारलाई समाप्त पार्न संशोधनवादीहरूलाई नै कम्युनिस्टहरू यिनै हुन् भन्दै…
Read More
कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित भएकी छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र ‘क’ बाट दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।महाधिवेशन प्रतिनिधिमा निर्वाचित चापागाईँले कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय सदस्य बनेर पिछडिएका वर्गका मुद्दालाई उत्थान गर्ने उनले बताएकी छन्। “नेपाली जनता, देश विकासको लागि केही काम गर्न पाउँछु भन्ने भित्रैदेखि इच्छा छ,” उनले भनिन्। नेपाली कांग्रेसमा आबद्ध भएपछि पार्टीको समावेशी संरचना र विभिन्न समुदायका लागि छुट्याइएका समूहबारे आफूले बुझ्ने अवसर पाएको उनले बताइन्। खसआर्य, खुला, जनजाति,…
Read More
क्रान्तिकारी वैध सँग दक्षिणपन्थी प्रचण्डको तुलना गर्न मिल्दैन : नेता सुमन पराजुली

क्रान्तिकारी वैध सँग दक्षिणपन्थी प्रचण्डको तुलना गर्न मिल्दैन : नेता सुमन पराजुली

काठमाडाैँ: लोकपाटी डटकम नाम गरेको एउटा अनलाइन पत्रीका रहेछ त्यसका बिश्लेषणहरु हेर्दा लाग्छ की यो पत्रीका प्रचण्डको भात खाएर प्रचण्ड लाई हिरो बनाउन हिडेको छ।यो पत्रीकाले केही दिन देखी जनयुद्धको पृष्ठभुमी भएका प्रचण्ड ईतरका खास गरेर बैध, बिप्लब, बाबुराम, धर्मेन्द्र हरुलाई जोडेर कथित बिश्लेषण गर्दै समाचार बनाएछ ती समाचारको शिर्षक तस्बिरमा छ।यी समाचार वा बिश्लेषण पढ्दा सोझै के बुझीन्छ। भने प्रचण्ड सोरैआना ठिक हुन बाकी खराबहुन र अहिले पनी प्रचण्डको ठुलो अस्तित्व छ प्रचण्ड हिरो हो उनले जेभन्यो जे चायो त्यही हुन्छ तर अरुभने स्वाहा भए,यती बेला यो कथित पत्रीकाले यस्तो समाचार किन बाहिर ल्याई रहेको छ ?के साच्चै प्रचण्ड…
Read More
पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न अपील गरेको छ । साथै २०८३ असोज ७ देखि ११ सम्म आएको अविरल वर्षाको कारण आएको बाढी पहिरो पीडितहरुको छिटोभन्दा छिटो उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले असोज १३ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढी पहिरोजन्य प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गरिएको छ ।“साम्राज्यवाद तथा तिनका दलालहरुले प्रकृतिको अनियन्त्रित दोहन गरेर पर्यावरणमा असन्तुलन आएका कारण पछिल्ला वर्षहरुमा बाढी, पहिरो, हिमपहिरो,…
Read More
राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नुपर्छ : नेता परी थापा

राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नुपर्छ : नेता परी थापा

धनगढी: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाले राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नु पर्ने आबश्यकतामा जोड दिनुभएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम(व्युरो १ र २) को आयोजनामा २०८३ असोज ७ गते धनगढीको होटल शुभममा “देशको अवस्था र राष्टिय स्वाधीनताको प्रश्न” विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै थापाले उक्त आबश्यकतामा जोड दिनुभएको हो । थापाले देशको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेकाले मोर्चा जरुरी भएको स्पष्ट गर्नु भयो । कार्यक्रममा स्थायी समिति सदस्य परि थापाले प्रस्तुत गरेको अवधारणापत्र पिविएम लालवहादुर जाग्रीले वाचन गर्नु भएको थियो । । अवधारणपत्र माथि प्रगतिशील लेखक संघका लक्षिराम आचार्य, नेपाल वार एशोसियसनका निवर्ततमान…
Read More
सही कम्युनिस्ट विचार र सही कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ : परि थापा

सही कम्युनिस्ट विचार र सही कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ : परि थापा

युथ काउन्सिल र युथ पायनियर नेपालको हित विपरीत महेन्द्रनगर :  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले युथ काउन्सिल र  युथ पायनियर नेपालको हित विपरीत  रहेको बताउनु भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सञ्चालन गरेको युथ काउन्सिल र नेपालस्थित चिनिया दूतावासले सञ्चालन गरेको युथ पायनियरमा  नेपाली युवाहरूलाई संगठित हुन दिनु हुँदैन भन्ने  विचार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महेन्द्रनगरमा ०८३ असोज ८ गते आयोजना गरेको पत्रकार भेटघाटमा व्यक्त गर्नु भएको हो ।  कठपुतली सरकार वर्तमान बालेन सरकारलाई थापाले जेन्जी आन्दोलनलाई हाइज्याक गरी निर्माण गरिएको कठपुतली सरकारको संज्ञा दिनुभएको छ। पत्रकार भेटघाटमा उहाँले भन्नुभयो ,“ कथित जेन्जी आन्दोलन भयो र…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी बर्दियाको गुलरियामा नगर भेला सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी बर्दियाको गुलरियामा नगर भेला सम्पन्न

गुलरिया: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको वर्दिया जिल्लाको गुलरिया नगर भेला आज २०८३ असोज २ गते सम्पन्न भएको छ। भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन क्षेत्रीको प्रमुख उपस्थितमा कार्यक्रम भएको थियो। भेलाले दिलिपको अध्यक्षतामा १५ जनाको नगर समिति निर्वाचित गरेको विपिन रोकायाले वताएका छन। भेलाको अध्यक्षता दिपक बिष्ट सञ्चालन बर्दिया जिल्ला पार्टी संयोजक बिनय रानाले गरेको वताइन्छ। भेलामा क्रान्तिकारी थारूवान मोर्चाका ब्युरो संयोजक विशाल थारू महिला जिल्ला संयोजक छाँया श्रेष्ठ उपस्थित रहेको वताएका छन।
Read More
माणिक लामाकाे प्रथम स्मृतिमा ‘माणिक लामा जीवन यात्रा’  ग्रन्थ लोकापर्णण

माणिक लामाकाे प्रथम स्मृतिमा ‘माणिक लामा जीवन यात्रा’ ग्रन्थ लोकापर्णण

काठमाडौं : कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंकाे नयाँ बानेश्वर स्थित एभ्रेस्ट हाेटेलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन', उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, गोकुल बाँस्कोटा, योगेश भट्टराई, पम्फा भुसालसहित राजनीतिज्ञ तथा विभिन्न क्षेत्रमा योगदान दिएको व्यक्तिहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । २०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका माणिक लामा २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो । नेपालका कम्युनिष्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान अविष्मरणीय र अनुकरणीय रहेको कार्यक्रमका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ठाकुरबाबा नगर भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ठाकुरबाबा नगर भेला सम्पन्न

बर्दिया : २०८३/५/२४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ठाकुरबाबा नगर भेला सम्पन्न भएकाे छ ।भेलालाई सम्बाेधन गर्न पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड सेर बहादुर देउवा सिखरकाे प्रमुख उपस्थितमा कार्यक्रम भयाे कार्यक्रम क. दिलिप थारूले अध्यक्षता गर्नु भएकाे थियाे । बर्दिया जिल्ला पार्टी संयाेजक क. बिनय रानाले सन्चालन गर्नु भएकाे थियाे भेलामा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कमल राज राेकाया क. बिपीन क्षेत्री र दिल बहादुर कठायतकाे विशेष उपस्थित रहेकाे थियाे भने पार्टीका जिल्ला सदस्य तथा थारूवान माेर्चाका ब्युरो संयाेजक क. विशाल थारू र महिला जिल्ला संयाेजक छाँया श्रेष्ठ र जिल्ला सदस्य गिता रानाकाे पनि उपस्थित रहेकाे थियाे भेलाले लाैटन…
Read More