राजनीति

एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ : नेता रामबहादुर बुढा

एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ : नेता रामबहादुर बुढा

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य रामबहादुर बुढाले संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने मनसाय भए ती शक्तिहरूलाई एकजुट हुन सुझाव दिएका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै बुढाले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हो भने विचार मिल्ने क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबिच एकता र मोर्चा बन्दी हुनसक्ने स्पष्ट पारे । ‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच सहकार्य र एकताको आवश्यकता छ । मोर्चाबन्दी गर्न सक्ने भयो । तर एकता केका लागि ? प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता ल्याउन एकता गर्न सकिन्छ । संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने हो भने उहाँहरू छिट्टै एकजुट भए हुन्छ । दुई अलग–अलग चुल्हो बनाए…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत गरेको छ । २०८३ श्रावण २६ र २७ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गतको राजनीतिक परिषदको चौथो बैठकले अन्य देशभक्त ,जनतान्त्रिक तथा वामपन्थी शक्ति ,समूह र व्यक्तिहरुसित मिलेर संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तावित गर्ने निर्णय गरेको हो । तत् सम्बन्धमा जानकारी गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ साउन २९ गते एक प्रेस –विज्ञप्ति जारी गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “यही श्रावण २६ र २७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गत राजनीतिक…
Read More
नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

नेकपा(बहुमत)ले असोज ५ देखि १० मा राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं : नेकपा(बहुमत)ले बालेन सरकारले जनविरोधी हर्कत बढाएको भन्दै सरकारविरुद्ध जनसंघर्षको घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ५ देखि १० सम्म राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला‘कञ्चन’ले वर्तमान सरकार काँग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरुभन्दा बढी भ्रष्ट र जनविरोधी भएको आरोप लगाए । बास्तोलाले सुकुम्बासीमाथिको डोजर, प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाति अभिव्यक्ति, स्वकीय सचिवदेखि विभिन्न राजनीतिक नियुक्तिहरु लगायतका कदमहरुले बालेन सरकारको असली चरित्र उदाङ्गो भएको बताए । “सरकारलाई बेलैमा लगाम नलगाउने हो भने उसले देशलाई ध्वस्त पार्ने निश्चित भएकाले हाम्रो पार्टीले जनसंघर्ष गर्ने निर्णय गरेको छ” बास्तोलाले थपे । विश्वको…
Read More
एक रुपैयाँ को सिक्काबाट नेपालको नक्सा हटाउनु गम्भीर राष्ट्रघात हो : भीम रावल

एक रुपैयाँ को सिक्काबाट नेपालको नक्सा हटाउनु गम्भीर राष्ट्रघात हो : भीम रावल

नेपाली कम्युनिसट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको ‘चुच्चे नक्सा’ हटानउने निर्णय घातक भएको बताएका छन् ।सरकारले गत ३२ असारमा बसेको मन्त्रिपरिषद्‌को बैठकबाट निर्णय गरेर एक रुपैयाँको नेपाली रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटिएको नेपालको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति रावलले आपत्ति जनाएका हुन् ‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिने छ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन् । यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल सरकारले जनतालाई…
Read More
गणेश नेपालीको आत्मदाह प्रकरण: प्रधानमन्त्री बालेन्द्रको पुत्ला दहन

गणेश नेपालीको आत्मदाह प्रकरण: प्रधानमन्त्री बालेन्द्रको पुत्ला दहन

नेपालगञ्ज : असार २६ गते बाँकेमा प्रधानमन्त्री बालेनको पुत्ला दहन गरिएको छ । गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पार्नेहरुलाई छानविन गरी.कार्वाही गर्न , पीडित परिवारलाई रोजगार, स्वास्थ्य शिक्षा र गासवासको व्यवस्था गर्न जोदार माग गर्दै, विरोध कार्यक्रम सम्पन्न गरिएको हो । नेपालगञ्जको बि.पि. चोकमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बाँके जिल्ला सेक्रेटरी प्रेम थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
Read More
गणेश नेपालीको हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिबद्धता

गणेश नेपालीको हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिबद्धता

काठमाडौं : बालेन सरकारको जनघाती, राष्ट्घाती र फासिवादी नीतिका कारण असार २६ गते गणेश नेपालीले आत्मदाह गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको एक प्रेस वक्तव्यमा यस्तो प्रतिबद्धता जाहेर गरिएको छ । वक्तव्यमा भनिएको छ, गत असार २५ गते दुर्गम मुगु जिल्लाबाट काठमाडौँ आई राइड–सेयरिङ सेवामा काम गरेर श्रीमती र छोरीको जीविका धानिरहेका एक २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफ्नो जीविकाको साधन मोटरसाइकलमा नगर प्रहरीले ह्विललक गर्दा त्यसको प्रतिवाद गरे । त्यसको लगत्तै उनले आत्मदाहको लागि आफ्नो शरीरमा आगो सल्काए ।…
Read More
नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन बालेन सरकार मतियार बन्यो : सुदर्शन

नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन बालेन सरकार मतियार बन्यो : सुदर्शन

काठमाडौं: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बालेन सरकार नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको गम्भीर आरोप लगाएको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा यही असार २३ गते अमेरिकी कठपुतली बालेन्द्र सरकारको स्वीकृतिमा सन् १९५९ मा चीनको स्वशासित प्रान्त तिब्बतबाट भागेर भारतमा शरण लिई आएका पृथकतावादी दलाइ लामाको ९१ औँ जन्मदिन काठमाडौँको स्वयम्भुस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा मनाइएको घटनालाई नेपालको घोषित एक चीन नीतिका विरुद्ध रहेको भन्दै राष्ट्रघाती बालेन सरकार नेपाल र चीनका बीचको मैत्रीपूर्ण दौत्य सम्बन्ध भड्काएर नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको दावी गरिएको छ ।वक्तव्यमा भनिएको छ, “नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन…
Read More
नेपालमा कम्युनिस्ट आन्दोलन किन रक्षात्मक अवस्थामा पुग्यो र कम्युनिस्ट पार्टीहरू किन फुटिरहेका छन्?

नेपालमा कम्युनिस्ट आन्दोलन किन रक्षात्मक अवस्थामा पुग्यो र कम्युनिस्ट पार्टीहरू किन फुटिरहेका छन्?

नेपालको कम्युनिस्ट आन्दोलनले लामो संघर्ष, जनआन्दोलन र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ। तर, पछिल्ला वर्षहरूमा यो आन्दोलन रक्षात्मक अवस्थामा पुगेको देखिन्छ भने कम्युनिस्ट पार्टीहरू बारम्बार विभाजित हुने क्रम जारी छ। यो अवस्थाको सही विश्लेषण गर्न वैचारिक, संगठनात्मक, राजनीतिक र सामाजिक पक्षलाई सँगसँगै हेर्नु आवश्यक हुन्छ। ​वैचारिक तथा मार्क्सवादी दृष्टिकोण ​मार्क्सवादी दृष्टिकोणअनुसार आन्दोलन कमजोर हुनुको प्रमुख कारण सिद्धान्त र व्यवहारबीचको बढ्दो दूरी हो। वर्गसंघर्ष, श्रमिक–किसानको नेतृत्व र समाजवादी रूपान्तरणको मूल लक्ष्यभन्दा संसदीय सत्ता, चुनावी प्रतिस्पर्धा र सरकार सञ्चालनमा बढी केन्द्रित हुँदा आन्दोलनको क्रान्तिकारी चरित्र कमजोर भएको तर्क गरिन्छ। पार्टीहरूमा बढ्दो संशोधनवाद, अवसरवाद र व्यक्तिवादी प्रवृत्तिका कारण पनि आन्दोलन रक्षात्मक बनेको…
Read More
सुकुम्बासीको पक्षमा अन्तिमसम्म लड्न तयार छ : महासचिव गौरव

सुकुम्बासीको पक्षमा अन्तिमसम्म लड्न तयार छ : महासचिव गौरव

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,सुकुम्बासीहरुको पक्षमा अन्तिम समयसम्म लड्न तयार रहेको बताउनु भएको छ । कीर्तिपुर होल्डिङ सेन्टरबाट गत असार १४ गते विना कारण गिरफ्तार पर्नु भएका डम्बरबहादुर तामाङको असार २२ गते भएको रिहाइ पछि कुपण्डोलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै महासचिवले सो कुरा बताउनु भएको हो । उहाँले डम्बर बहादुरलाई संघर्षलाई निरन्तरता दिन अनुरोध गर्दै तपाइँ र सुकुम्बासी, भूमिहीनहरुको साथमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल छ ,अविचलित भएर लाग्नुहोला भन्दै संघर्षको अन्तिम समयसम्म पार्टीले सुकुम्बासीलाई साथ दिने पार्टीको तर्फबाट प्रतिबद्धता जनाउनु भयो । उहाँले वर्तमान सरकार निरंकुश हुँदै गएको बताउनु भयो ।…
Read More
कम्युनिस्ट पार्टिहरुले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन

कम्युनिस्ट पार्टिहरुले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन

रातोपाटी संवाददाता रातोपाटी :गण्डकी प्रदेशमा क्रियाशील कम्युनिस्ट/वामपन्थी शक्तिले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन जनाउँदै यथासम्भव छिटो देशभर प्रभावकारी बनाउन सुझाव दिएका छन् ।मार्क्सवादी विचार र कम्युनिस्ट आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको समयमा विश्वविद्यालयको अवधारणा सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनका लागि जोड दिइएको छ ।पुष्पलालको १०३औँ जन्मदिवसको सन्दर्भ पारेर पोखरामा आयोजित गोष्ठीमा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले विश्वविद्यालयको सम्भावना र चुनौतीबारे चर्चा गरेका छन् ।पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको आयोजना र समाजवादी कम्युनिस्ट पार्टी नेपाल तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सहयोगमा पोखरामा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालयःसम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीमा गण्डकी प्रदेशमा क्रियाशील नेपालका सम्पूर्ण कम्युनिस्ट/वामपन्थी शक्तिले समर्थन…
Read More