सरकार विश्वविद्यालयमा आऊ, हामी पढाउछाैँ, सिकेर जाऊ

काठमाडाैँ : शैक्षिक संस्थामा राजनीतिक दलहरु निकट विद्यार्थी संगठन माथिको प्रतिबन्धको विरोधमा विद्यार्थी संगठनहरुले विभिन्न नाराहरु सहित प्रदर्शन गरेका छन् ।

विद्यार्थी संगठनहरु प्रतिबन्ध गराउन सरकारले शैक्षिक संस्थाहरुमा सुरक्षा युनिट समेत राख्ने निर्णय गरेको छ ।

त्यसको विरोधमा विद्यार्थीहरुले विश्व विद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउन सरकारसँग माग गरेका छन् ।

विश्व विद्यालयमा प्राथमिक स्वास्थ्य सेवा छैन , विश्व विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु हुन् अपराधी होइन चस्मा खोलेर हेर ,विश्व विद्यालयको स्वायत्तता सुनिश्चित गर भन्ने जस्ता नाराहरु सहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?