
क्रान्तिकारी ट्रेड युनियन महासंघको ५ बुँदे समसामयिक धारणा सार्वजनिक
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघले समसामयिक विषयमा पाँच बुँदे धारणा सार्वजनिक गरेको छ । महासंघका केन्द्रीय संयोजक इश्वर तिमल्सिनाले सोमबार एक वक्तव्यमार्फत् महासंघको समसामयिक विषयमा धारणा सार्वजनिक गर्नुभएको हो । वक्तव्यमा भनिएको छ, “क्रान्तिकारी मजदुर आन्दोलनको नेतृत्वदायी शक्तिको रुपमा स्थापित हाम्रो संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल देशमा विद्यमान दलाल तथा नोकरशाही एवं सामन्तवाद विरुद्ध अनवरत लाल झण्डा उठाइरहेको छ। विभिन्न घुम्ती र मोडहरुबाट गुज्रदै विभिन्न संघ–संगठनसँग एकता सम्पन्न गरि नीति, योजना र कार्यक्रमको समेत विकास गर्दै अगाडि बढिरहेको छ। मजदुर आन्दोलनमा कृयाशिल साम्राज्यवाद विरोधी शक्तिहरुसँग मोर्चा निर्माण गर्दै अन्य प्रतिक्रियावादी अनुदानमा चलेका संघ–संगठन…