वनेपा,काभ्रे : काभ्रे तिमाल तिमाल गाउँपालिका वडा नं. २ निवासी हाल वनेपा बस्दै आएका पोते तामाङको छोरा छोरा पदम नारायण तामाङको टोले गुण्डागर्दीको हर्कत देखाएका छन् ।
वनेपा नगरपालिका स्थित इटाभट्टमा बस्दै आएका सोही पदम नारायण तामाङले आफ्नै साथी भगवान श्रेष्ठसँग सापटी लिएको पैसा लिन जाँदा ज्यान मार्ने धम्की दिंदै दिनदाहाडै तरबार देखाएर तर्साएका छन् ।
जन बिहानीका लागि काभ्रेका सम्वाददातालाई भगवान श्रेष्ठले बताए अनुासार ‘लेनदेनको कुरा मिलाउन खोज्दा अचानक भगवान श्रेष्ठलाई घर भित्र रहेको धारिलो हतियार प्रहार गर्न खोजिएको थियो ।’
यस्तैगरी २०७९ सालमा एउटि महिलाकोको चरीत्र हत्या हुने किसिमको भिडियो बनाएर साइबर अपराध सम्बन्धि मुद्दामा काठमाडौँको दरबार मार्ग स्थित प्रहरी बृतले २४ दिन थुनामा राखि मुद्दा चलाएको पनि थियो ।
यस्तैगरि आफन्तजनहरु सित पैसा सापटी चलाउने अनि तिर्नु पर्ने बेलामा विभिन्न बहानामा ब्ल्यकमेलिङ गर्ने, झगडा गर्ने, अनेकौं षड्यन्त्र गर्दै तिर्न नखोज्ने उनको पेसागत नै बन्दै आएको छ ।
यसैगरि तेमाल गाउँपालिका वाड न २ स्थित पात्लेखेत लब्से खानेपानी लिफ्टिङको उपभोक्त समितिको अध्यक्ष बनेका पदमनारायण तामाङ विरुद्धमा भ्रष्टाचार गरेको आरोपमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा C-010654/080-05-04 नम्बर को मुद्दा पनि दर्ता भएको छ ।
केहि बर्स अगाडि मादवकुमार नेपाल नेतृत्वको नेकपा एसको जिल्ला सदस्यमा मनोनीत भएका तमाङ राजनीति आड र शक्तिको दुरुपयोग गर्दै आएको छ । हाल भने काभ्रे जिल्ला अधिवेशनले तामाङलाई पराजित गरेको थियो । उनको पक्षमा कुल मत जम्मा ३४ मात्रैै खसेको थियो ।
अहिले पनि सोहि पार्टीको दङ्दङिग देखाउदै आफु राजनीतिक शक्तिमा रहेको र जे पनि गर्न सकिने दम्बा देखाउदै आएका छन् ।