१) शर्माजी,अहिले तपाईं क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, प्रदेश नम्बर दुईको इन्चार्ज हुनुहुन्छ । प्रदेश नम्बर दुईमा पार्टी एकता प्रक्रिया के कसरी सम्पन्न गर्नु भयो ?
–आजको वस्तुगत आवश्यकता र परिवर्तनका पक्षधर जनताको मागलाई आत्मसाथ गर्दै विगतदेखि आ–आफ्नो स्थानमा संघर्षको मोर्चा समाली राखेका तीनवटा पार्टीहरु पूर्व क्रान्तिकारी माओवादी, पूर्व बहुमत र पूर्व नेकपा (मशाल) का बीचमा भएको लामो छलफल पश्चात् एक वर्षको अन्तरालमा खास गरी २०८० साल वैशाख १८ गते र २०८१ साल वैशाख १८ गते गरी पार्टी एकतालाई सम्पन्न गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल गठन प्रक्रियालाई पूरा ग¥यौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठकले गरेको कार्य विभाजन अनुरुप करिब ३ महिनादेखि मधेश प्रदेशमा कार्यरत रहँदै आएको छु । पार्टी निर्णय कार्यान्वयनका क्रममा जेष्ठ ८–९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मधेश प्रदेशको एकता अधिवेशन धनुषा जिल्लाको विरेन्द्र बजारमा भव्य र सानदार रुपमा सफल पा¥यौं । पार्टी एकताको औचित्य, आवश्यकता, महत्व र आगामी योजनाका बारेमा महत्वपूर्ण प्रशिक्षणसहित बैठक सम्पन्न ग¥यौं ।
मधेश प्रदेशले गरेका निर्णय तथा केन्द्रको निर्देशन अनुरुप जिल्ला पार्टीका एकता अधिवेशन, बैठक र प्रशिक्षण जेष्ठ महिनाभित्रै सम्पन्न गरी महानगर, नगर, गाउँपालिकास्तरमा एकता अधिवेशन भेला, प्रशिक्षण र बैठक सम्पन्न प्रकृया चलिरहेको छ । साथै जनवर्गीय संगठन, मोर्चा संगठनको एकता अधिवेशनको तयारी चलिरहेको छ । क्रान्तिकारीहरुका बीचको एकता क्रान्ति चाहने नेता कार्यकर्ता र परिवर्तन चाहने जनतामा समेत एक प्रकारको आशा, विश्वास र उत्साह नै पैदा गरेको छ ।
२) प्रदेश नम्बर दुईमा त्यहाँको कम्युनिस्ट आन्दोलनको विगतलाई फर्केर हेर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
–सामन्त दलाल नोकरशाही पूँजीवादीसत्ताले मजदुर, किसान, महिला, दलित लगायत समाजका अन्य उत्पीडित जनसमुदाय प्रति युगौंदेखि शोषण, दमन र उत्पीडन गर्दै आएको थियो । जनताले मुक्तिको बाटो खोज्दै गर्दा क्रान्तिकारीहरुको तत्परतामा वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टीको गठन हुन पुग्यो । यो कदम मजदुर, किसान लगायत उत्पीडनमा परेका सबैका निमित्त खुशी र गौरवको विषय थियो । माक्र्स एङगेल्सले तयार पारेको कम्युनिष्ट घोषणापत्र नेपालीमा छापेर वितरण हुनु, पार्टीले आफ्नो प्रतिबद्धता पत्रलाई घोषणपत्रका रुपमा विवरण हुनु वर्ग संघर्षको अपरिहार्य आवश्यकता सर्वहारा वर्गको अधिनायकत्वको महत्व, नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादका महान लक्ष्यहरुको स्पष्टताको आम उत्पीडित वर्गमा मुख्यतः मजदुर किसानहरुको बीचमा छुट्टै उत्साह पैदा हुन पुग्यो । जसले गर्दा जहानियाँ राणा शासनविरुद्धको आन्दोलनमा विराटनगरका मजदुरहरुले गरेका साहसिक जुझारु आन्दोलन होस् या बारा, पर्सा, रौतहटमा भएका किसान आदोलनहरु होऊन । कैलाली, कञ्चनपुरसम्म पुग्दा किसानहरुले आफूलाई सशस्त्र रुपमा उभ्याएका थिए । वास्तवमा कम्युनिष्ट क्रान्तिकारी स्पीरिटलाई पकडेका थिए । वर्गसंघर्षको मूल मर्मलाई आत्मसाथ गरेका थिए ।
कम्युनिष्ट पार्टीको निर्देशन तथा अगुवाईमा २००९– २०१० साल तिर बारा पर्सा, रौतहट जिल्लाका किसानहरुले मल, पसिना बगाएर श्रम गरेर फलाएको धान, गहुँ, मकै सामन्तहरुले भकारीमा जम्मा गर्ने तर तिनका छोराछोरी भोकै मर्ने अवस्थाको अन्त्य गर्न जीवनको बाजी लगाएर सामन्तका भकारी फोरेर गरिब किसानलाई बाँडेका थिए । स्थानीय सामन्तहरु मात्र होईन सामन्त दलाल नोकरशाही पूँजीवादी सत्तालाई समेत चुनौती खडा गर्न सफल भएका थिए । किसान आन्दोलनको यो उत्कर्षताले चेतनाको स्तरलाई पनि विकसित ग¥यो ।
मधेश प्रदेशका सबै जिल्लाका दक्षिणी भूभागसँग जोडिएको र भारतले पटक–पटक सिमाना मिच्ने सिमानामा बाँध बाँधेर नेपाली भूभाग डुबानमा पार्ने काम हुँदै आएको प्रति देशभक्तहरुले पटक पटक विरोध गर्दै आएका थिए । पछिल्लो पटक भारतले जबरजस्त रुपमा सप्तरीको तिलाठी नजिक बाँध बाँधेर तिलाठी क्षेत्रलाई डुबानमा पार्न लाग्दा तिलाठीका जनताले संगठित रुपमा गएर भारतले बाँधेको बाँध भत्काएर आफू र आफ्नो भूमिको रक्षासंगै देशभक्तको परिचय दिएका थिए ।
जनसंघर्ष, वर्ग संघर्ष र राष्ट्रिय स्वाधीनताका संघर्ष संगै मधेशमा थुप्रै नेता कार्यकर्ताको जन्म भएको छ । कतिपय नेता कार्यकर्ताले देश, जनताको मुक्ति र समानताका खातिर जीवनको बलिदान पनि दिएका छन् । खासगरी जय गोविन्द शाह, राम वृक्ष यादव जस्ता पूराना पाका इमान्दार क्रान्तिकारी नेताहरु जसले मधेशमा कम्युनिष्ट पार्टीको निर्माण मात्र होइन वर्ग दुश्मनका विरुद्ध निरन्तर संघर्ष गर्न समेत सिकाए । खासगरी दश वर्षको जनयुद्धको तयारी र निरन्तरताको क्रममा सयौं नेता कार्यकर्ताहरुले आफ्नो जीवनको बलिदान गरेका छन् । यसरी हेर्दा मधेश पहिले पनि क्रान्तिकालागि उर्वरा भूमि हो । र क्रान्तिकारीहरुको उपस्थिति पनि महत्वपूर्ण छ भन्ने देखिन्छ ।
३) मधेश प्रदेशमा त्यहाँको सामाजिक अवस्था र सामाजिक अन्तर्विरोधको स्थिति केछ ? पार्टी कामलाई कसरी अगाडि बढाउने सोचाईमा हुनुहुन्छ ?
–देशका अन्य प्रदेशको भन्दा मधेश प्रदेशको सामाजिक अवस्था केही भिन्न र विशिष्ट प्रकारको नै छ । किनभने लामो समयदेखि केन्द्रीकृत राज्य सत्ताको बागडोर पहाडियाहरुको हातमा भएका कारण शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा मधेशलाई पछाडि पार्नुका साथै भाषा र क्षेत्रका आधारमा समेत विभेदकारी भूमिका रहँदै आएका कारण आफैमा दमित चेतनाले विकासमा काफी मात्रामा अवरोध पैदा गर्दै आएको छ । राज्यसत्ताबाट हेपिएको हुँदाहँुदै पनि आन्तरिक रुपमा उत्पादन, साँस्कृतिक चेतना सामजिक रहन सहन महिलामाथिको भेदभाव सामन्तवादसंग सम्बन्धित छ । किसानहरुले त्यहाँका सामन्तहरुमाथि देखाउने भक्तिभाव, महिलाहरुको घुम्टो प्रथा, दाईजो प्रथा, गरिब महिलाहरुमाथि लगाईने बोक्सीको आरोप, मुसहर जातिका गरिबहरुमाथि गरिने छुवाछुतको व्यवहार वास्तवमा वर्गीय, जातीय, लिंगीय रुपमा गरिने शामन्तवादी चरित्रसंग सम्बन्धित छन् । यिनै सामाजिक व्यवस्थालाई तोड्न मधेशको अहिलेको अविभारा हो । यी सबैको केन्द्रमा शोषक वर्ग र शोषित वर्गकावीचमा वर्गीय अन्रविरोध नै मुख्य अन्तरविरोध हो । लामो समयदेखिको जनसंघर्ष जनआन्दोलन र दश वर्षको जनयुद्धले कम्तीमा पनि आफ्नो अधिकार प्राप्त गर्न संघर्षको आवश्यकता छ भन्ने चेतना विकासको गतिमा छ ।
पार्टी केन्द्रको नीति र निर्देशनका आधारमा वैचारिक प्रशिक्षणसंगै सांगठनिक रुपमा बलियो आधार बनाउँदै अन्तरविरोधको प्रधान पक्षलाई केन्द्रविन्दुमा राखेर संघर्षका योजना बनाउन आवश्यक छ ,भन्ने लागेको छ । त्यसका लागि सबै भन्दा बढि उत्पीडनमा पारिएका जनताका बीचमा पार्टीलाई पु¥याउन सक्नु पर्दछ । अफिसमा गएर बोल्न नसके कै कारण नागरिकताबाट वञ्चित बन्न परेका दलित भएकै कारण पानी चल्नबाट बञ्चित बनाईएका महिला भएकै कारण ठाडो शिर बनाउनबाट बञ्चित पारिएका र श्रमिक भएकै कारण शोषणको जाँतोमा पिसिन बाध्य पारिएकाहरु नै हाम्रा मित्रहरु हुन् । तिनीहरुका बीचमा पार्टीलाई पु¥याउन पर्छ भन्ने हाम्रोे सोचाई छ ।
४) तपाईं काभ्रे निवासी हुनुहुन्छ तपाईको राजनीतिक जीवन कसरी सुरु भएको थियो ? काभ्रेको कम्युनिष्ट आन्दोलनको संक्षिप्त ईतिहास बताउनु हुन अनुरोध छ ।
–हो । म काभ्रेपलाङचोक जिल्लामा जन्मेर हुर्किए तर म मेरो गाउँको स्कूलमा पाँच कक्षा पास भएपछि काठमाण्डौमा आएर जागिर खाँदै पढेको हु । राजनीतिक जीवनको शुरुवात पनि मैले काठमाण्डौबाटै गरेँ। तर दुई वटा घटनाहरु छन् जसले मलार्ई सानैबाट विद्रोही बनायो । पहिलो घटना म पाँच कक्षा पढदैको अवस्थामा गाउँका एक जना नामी सामन्तको खेत हाम्रो घरको नजिकै थियो । उनीहरुले प्रत्येक वर्ष हाम्रो मलखाद जबरजस्त रुपमा उठाएर उनीहरुको खेतमा हाल्ने गर्दथे । तर मैले त्यो अत्याचार सहन सकेन र मलखाद उठाउँदै गर्दा ढुङगाले हानेर लखाटी दिए । दोस्रो घटना त्यही शामन्तको छोरा गाउँको प्रधान पञ्चसंग झगडा प¥यो । मैले परैबाट ढुङगाले हानँे र जोत्दै गरेको गोरु त्यतिकै छाडेर हिँडे । तीन दिनपछि बुवाले गएरगोरु लिएरआउनु भयो ।यी सबै घटनापछि सामन्त परिवारले हामी माथि गरिँदै आएको अत्याचार बन्द नै भयो । तेस्रो घटना म काठमाण्डौ आएर जहाँ मजदुरी गर्दै थिएँ । त्यहाँ मजदुरहरुलाई आफ्नै बुद्धि र विवेकले भ्याए सम्म संगठित गर्दै माग पेश ग¥यौं । पूँजीपतिले सजिलै माग पूरा गर्ने काम गरेन तब हामी काम बन्द गरेर हडतालमा उत्रियौं । तब पत्रपत्रिकाले त्यसको समाचार छाप्यो । त्यो समाचार पढेर तात्कालीन ने.क.पा.(चौथो महासधवेशन) संग सम्बन्धित ट्रेड युनियनमा कार्यरत निर्मल लामा अन्य साथी सम्पर्कमा आउनु भयो । हामीले हाम्रा मागहरु पनि पूरा ग¥यौं । यही क्रममा इश्वरी दाहाल (असारे काका) संगको भेटपछि २०३६ सालमा पार्टी सदस्य लिएर पार्टीमा आवद्ध भए । ०४२ साल चैत्रबाट पार्टीको पूर्णकालीन सदस्यका रुपमा आजसम्म कार्यरत रहँदै आएको छु । पार्टीमा आवद्ध भएको ४४ वर्ष र पूर्णकालीन भएर राजनीतिक यात्रा शूरु गरेको ३९ वर्षमा रनिङ गर्दै छु ।

म आफू काभ्रेपलाङचोक जिल्लामा जन्मेको भएतापनि जिल्लामा गएर सांगठनिक जिम्मा पूरा गर्न मौका पाईन जहाँसम्म इतिहासको प्रश्न छ । चौथो महाधिवेशन हुँदै मशाल माओवादी पक्षधर श्याम श्रेष्ठ कमानसिंङ लामा, मान प्रसाद गौतम (आलोक), तीर्थ गौतमहरुले आन्दोलनको नेतृत्व गरे भने माले हुँदै एमाले सम्मको यात्रा केशव वडाल, गोकुल वास्कोटाहरुले गरिरहेका छन् । संगठित रुपमा आवद्ध भएर नभएको भएतापनि गोविन्द नाथ उप्रेतीले पञ्चहरुको दमन, कांग्रेसहरुको अत्याचारका विरुद्ध जनतालाई संगठित गरेर संघर्ष गरेका थिए ।विस्तृत रुपमा संघर्षका थुप्रै श्रृङखलाहरु धेरै छन् । तर संक्षिप्तमा यति नै ।
५) तपाई सित मजदुर संगठनमा काम गरेको लामो अनुभव पनि छ । अहिले नेपाली मजदुरहरूका समस्याहरू के कस्ता छन् ?
– २०२९ सालदेखि २०४२ सालसम्म म करिब १३ वर्ष प्रत्यक्ष रुपमा श्रममा जोडिए । पूँजीपति वर्गद्वारा गरिने अन्याय अत्याचार शोषण दमनको अनूभूति गर्न पाएँ । मजदूर संगठनमा आबद्धताको हिसाबले करिब २१ वर्ष संगठन र संघर्षमा प्रत्यक्ष सहभागी भएर काम गर्ने मौका मिल्यो । यो त्यती लामो अनुभव होईन । तर पनि केही ज्ञान चेतना नभएको भन्ने चाँहि होईन । जहाँसम्म मजदुरहरुका समस्याको प्रश्न छ यतिबेला नेपाली मजदुरहरुका निमित्त रोजगारी प्राप्त गर्ने ।रोजगार प्राप्त गरेपनि नियुक्ति पत्र नपाइने, स्थायी भएरकाम गर्न नपाउने घरभाडा, घरविदा, बिरामी विदा महिलाहरुका निमित्त सुत्केरी विदा नपाउने, मासिक तलब दैनिक ज्याला कम, महंगी बढी भएका कारण दैनिक जीवन धान्न बैंक वा वित्तीय संस्थाबाट ऋण लिन पर्ने, नो वर्क नो पे, हायर एण्डा फाएर जस्ता नीति र निर्णयहरु ले दैनिक रुपमा समस्या भोग्दै आउन परेको छ । यहाँका दलाल टे«ड युनियनहरुले दिने धाक, धम्की, कमिशनखोरहरुको विगविगीले पनि इमान्दार क्रान्तिकारी मजदुरहरुलाई टिकेर श्रम गर्न अत्यन्तै कठिनाई परेको छ ।यी नै समस्याहरु नै नेपाली मजदुरका तत्कालीन समस्याहरु हुन् ।
६) मजदुरहरूको समस्या समाधान बारे के भन्नू हुन्छ ?
–मजदुरका तात्कालीन समस्या समाधानका निमित्त ०८० साल चैत्र १४ गते १४ बुँदे माग प्रधानमन्त्री समक्ष पेश गरेका थियौं तर आजसम्म सरकार बेखबर झैं चुपचाप बसेको छ । साम्राज्यवाद र विस्तारवादको दलाल राज्यव्यवस्थाले सजिलैसंग मागहरु पूरा गरिहाल्छ भन्ने त लाग्दैन । यसलाई पूरा गराउन दह्रो संगठन र आन्दोलनको आवश्यकता पर्दछ । माग बुझाएको एक महिना पछि पार्टी एकता प्रकृया अगाडि बढेका कारण आन्दोलनमा जाने तयारी गर्न समय मिलेन । अब हामी छिट्टै दुईवटा मजदुर संगठनका बीचमा एकता गर्दैछौं । एकता पछि उक्त समस्या र मागहरुका विषयमा विस्तृत छलफल हुनेछ ।उपयुक्त समय मिलाएर आन्दोलनलाई अगाडि बढाएर जान पर्छ भन्ने लाग्छ ।
७) भर्खरै सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको एकता महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले कार्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनलाई सफल पार्न के कस्ता योजना, कार्यक्रम बनाउनु भएकोछ ?
–२०८१ आषाढ११–१६ सम्म काठमाण्डौमा बसेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिको बैठकले कार्तिक २ गतेबाट एकता महाधिवेशन काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त निर्णयपश्चात पार्टी भित्र र बाहिर पनि क्रान्तिकारीहरुका विचमा उत्साह छाएको छ । भने प्रतिक्रियावादी सुधारवादी दक्षिणपन्थी तथा अवसरवादीहरुका बीचमा छटपहटाट पैदा भएको छ । नेपालको वर्तमान आर्थिक सामाजिक अवस्थाको वस्तुगत यथार्थमाथि ध्यान दिँदै नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने मूल रणनीति पूरा गर्न मुख्यतः कार्यदिशाको आवश्यकता पर्दछ । हामी त्यसैलाई केन्द्रविन्दुमा राखेर छलफल बहस गर्छौं । वस्तुगत थथार्थका आधारमा क्रान्तिकारी कार्यदिशा निर्माण गरेर जाने हो ।
अहिलेको विश्वमा क्रान्तिकारीहरुको उपस्थिति कमजोर रहेको र स्वयम नेपालको क्रान्तिकारी आन्दोलन पनि कमजोर भएको अवस्थामा उच्च सतर्कताको आवश्यकता छ भन्नेमा हामी सचेत छौं । किनकि एकातिर प्रतिक्रियावादी वर्गको घेरावन्दी छ भने अर्कोतिर दक्षिणपन्थी संशोधनवाद हावि छ । त्यसेले मालेमाका आधारभूत सिद्धान्तको रक्षा प्रयोग र विकासका निमित्त यूरो कम्युनिज्म, उत्तरमाक्र्सवाद र सार संग्रहवादबाट जोगाउँदै माक्र्सवादलाई अझै माथिबाट स्थापित गर्नु हामी सबै क्रान्तिकारीहरुको दायित्व हो।
यो महाधिवेशनलाई अनुसन्धानमूलक बनाउने भनेका छौं ।यस अर्थमा बहसमा आएका सबै छलफलहरुलाई गम्भीरतापूर्वक लिने र महाधिवेशनमा निष्कर्ष निकाल्ने योजना बनाएका छौं । हामी भित्र रहेका वैचारिक अस्पष्टता अपुगतालाई बदल्न हामी आफैले कोसिश गर्ने छौं । दम्भ, घमण्ड, उत्तेजना जस्ता अमाक्र्सवादी सोचाई विरद्ध निर्ममतापूर्वक सघंर्ष गर्दै सरल, सहज, सम्मिलनबीचबाट महाधिवेशनलाई सम्पन्न गरेर क्रान्तिकारीहरुको परिचय व्यवहारद्वारा स्थापित गर्नु पर्दछ, भन्ने हामीलाई लागेको छ । यी नै बुझाईका आधारमा जिल्ला, महानगर, नगर, गाउँ स्तरका भेला, सम्मेलन, सम्पन्न गर्ने योजना छ । साथै भेला सम्मेलनबाट प्रतिनिधि छनोट ,महाधिवेशन व्यवस्थापन प्रचारप्रसार आर्थिक व्यवस्थापन आदि काम गर्न योजना तय भएको छ ।
८) तपाईहरूले क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्ने बताउनु भएकोछ तर अनुभववादी ,सारसंग्रहवादी दृष्टिकोण र कार्यशैलीबाट त्यो सम्भव छैन भनेर तपाईहरू माथि आलोचना पनि भइरहेको देखिन्छ । त्यस बारे तपाईको प्रतिक्रिया के छ ?
–विश्वको क्रान्तिकारी आन्दोलन र स्वयम नेपालको क्रान्तिकारी आन्दोलन कमजोर भएको अवस्थामा क्रान्तिकारी शक्तिहरु फरक फरक ठाउँमा रहनु भनेको त्यति राम्रो विषय होईन । यतिबेला दलाल नोकरशाही पूँजीवाद हावी भएको र मजदुर,किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुश्लिम लगायतका वर्ग, समुदायका हक अधिकारहरु खोसिदै गएको अवस्थामा क्रान्तिकालागि क्रान्तिकारीहरु एक हुनुको विकल्प थिएन र छैन । यसर्थ इमान्दार क्रान्तिकारीहरुले यो वस्तुगत यथार्थलाई आत्मसाथ गर्दै करिब दुई वर्ष देखि निरन्तर रुपमा वैचारिक ,राजनीतिक ,सांगठनिक एकरुपता ल्याउन गरिएको छलफलका बिचबाट तीनवटा पार्टीका बीचमा एकता कायम गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण गरेका छौं । अनुभववादी,सार संग्रहवादी र भद्दा कार्यशैली भएको भए पार्टी एकता नै सम्भव थिएन । यद्यपि कतिपय विषयहरुमा हाम्राबीचमा बुझाईका अन्तर नभएका होइनन् । तर हामीले के भनेका छौं भने समाजमा वर्गीय अन्तरविरोध छ । उक्त अन्तरविरोधको समाधान गर्न वर्गीय लडाईको आवश्यकता छ । यी तमाम समस्याको समाधान सर्वहारा वर्गको अधिनायकत्व अनिवार्य छ ।
यी नै मूल मर्ममाथि ध्यान दिँदै तीनवटा पार्टीका बीचमा शानदार तवरबाट एकता सम्पन्न गरी महाधिवेशनको तयारीमा जुटेको अवस्थाका अनुभववादी सारसंग्रहवादी र भद्दा कार्यशैलीको प्रचार गर्नु भनेको केवल भ्रम पार्न कोशिस गर्नु मात्र हो । उनीहरुले लगाएका आरोप पार्टी एकताले खारेज गरि सकेको छ । झनै महाधिवेशन गर्ने निर्णयले त त्यो केवल मिथ्या मात्र हो भन्ने सावित भैसकेको छ । यो त एकता नचाहने क्रान्ति नचाहने,परिवर्तन नचाहने फतुरहरुको गफ मात्र हो । हामीले त माक्र्सवादलाई पक्रेका छौं । आलोचनाको नाममा क्रृत्रिम आलोचनाको खासै अर्थ रहन्न ।
९) देशको राजनीतिमा राता रात सरकार परिवर्तनको खेल पनि चलिरहेकोछ । देशको राजनीति कता जाँदैछ भन्ने ठान्ने हुन्छ ?
–यो राज्य सत्ता, सरकार र संसदीय पार्टीहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलाल कारिन्दा मात्र हुन् । दलालको आफ्नो कानुन केही हुँदैन । यिनीहरु रिमोटका भरमा चल्ने यन्त्रमात्र मानव मात्र हुन् । वैदेशिक राजनीतिक शक्तिको निर्देशनका आधारमा देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक , रुपमा टाट पल्टाएर समाप्त पार्न लागेकाहरु यस प्रकारको चलखेल र नाटक पटक पटक गरिरहन्छन् ।
खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल भारत गएर आए पछि सरकारको फेरबदलको खेल हुनु भनेको भारतसंग कुनै नयाँ समझदारी बनेको छ । तब अमेरिकी चलखेल त्यहीबाट शुरुभएको हो भन्ने बुझिन्छ । यद्यपि जो आएपनि जनताले कुर्वानी गरेर प्राप्त गरेका सीमित अधिकार समेत खोस्ने र फासिवादतिर जाने शिवाय केही होईन । यो अवस्था आउनु भनेको संसदीय पार्टीहरु, संसदीय व्यवस्थाको पूरै असफलता हो ।
प्रतित्रियावादीहरुले आफ्नो असफलता लुकाउन विभिन्न प्रकारका नाटक गरीरहन्छन् । हामी क्रान्तिकारीहरुले समयमा पहल लिएर यसलाई धूलो पिठो पार्न सकेनौं भने फासिवादको अन्तिम प्रयोग सैन्य फासिवादतिर जान सक्छ । क्रान्तिकारीहरुले समयमा सोचेर पहलकदमी लिन आवश्यक छ ।
१०) नेपाली काङ्ग्रेस र एमालेले संविधान संशोधनका लागि जनता सित सुझाव माग्ने भनेका छन् । संविधान संशोधनले अहिलेको देशको समस्या हल होला र ?
–कांग्रेस र एमाले पनि प्रतिक्रियावादका मतियार पुरातनपन्थी पार्टीहरु नै हुन् । विदेशी शक्तिहरुले आफ्नो इच्छा पूरा गर्न यिनीहरु सबैलाई विरालोले मुसा खेलाए जस्तै खेलाईरहन्छन् । यतिबेलाको नयाँ चलखेल त्यसैको एउटा कडी हो । जहाँसम्म संविधान संशोधनको नयाँ एजेण्डा जस्तो देखिएको छ । त्यो त उनीहरुले अन्तिममा गर्ने त्यही हो । संविधान संशोधन गरेर होस या नगरी जनताका सिमित अधिकार खोस्ने नै हो । जनताले प्राप्त गरेको बोल्ने, लेख्ने, सभा सम्मेलन गर्ने, संगठन गर्ने जस्ता विषयहरु उनीहरुलाई मन परेको छैन । त्यसैले समस्याको समाधान होईन आफै फासिवाद तिर जाने हो । यसले के चाँहि गर्छ भने क्रान्तिलाई झनै नजिक ल्याउँछ । नकरात्मक ढंगले क्रान्तिकारीहरुलाई सजिलो नै हुन्छ ।
११) अन्त्यमा हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि?
–देश अत्यन्तै जटिल मोडमा पुगेको छ । यसको सत्य तथ्य जनतामा पु¥याएर जनतालाई संघर्षमा लाग्न आह्वान गर्ने शसक्त माध्यम बनोस ।क्रान्तिकारीहरुको महाधिवेशन सफल पार्न एक प्रकारको माध्यम बनोस् विगतदेखि नै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयमा शसक्त रुपमा उठाउँदै आएको आवाजलाई अझै बुलन्द बनाओस समग्र हाँक साप्ताहिक नेपाली स्क्रा बन्न सकोस यही नै मेरो शुभकामना छ ।