
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आयोजनामा लेनिन जयन्ती एवं पार्टी स्थापना दिवस कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका पिबिएम एवं ब्युरो इन्चार्ज नरेन्द्र बहादुर थापाले साम्राज्यवादद्वारा निर्मित वर्तमान फासीवादी सरकारको कदमका बिरोधमा लाग्नु आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले वर्गसंघर्षको उठानले मात्र जनताको अधिकार सुनिश्चित गर्ने औल्याए । सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेय, कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरी, क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भण्डारी लगायतले बोल्दै जनजीविकाको विषयमा आन्दोलन उठाउनु आवश्यक रहेको बताए ।
यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको आठौ पुर्ण बैठकले निर्वाचन बहिष्कारको समिक्षा गर्दै आगामी योजना समेत पारित गरेको जनाएको छ ।