महासभामा मलको कुरा
-मनु वि.क.नेपाली किसानहरुले मल ,बीउ, विजनको लागि पटक पटक संघर्ष गर्नु परेको छ । किसानहरुको मल बीउ नपाउँदा बेलैमा रोप्न र मल राख्न नपाउँदा उत्पादनमा समस्या हुन्छ । महंगो मल किसानले किन्छु भन्दा पनि समय मै पाइँदैन । किसानहरुको यो व्यथा बुझ्ने मान्छे ,सत्ता तथा सरकार नभएर किसानहरुले दुःख पाइरहेका छन् । किसानहरुको मलको कुरा अहिले नेपालका जेनजी आन्दोलन पछिको संसदीय निर्वाचन पछि बनेका प्रधानमन्त्री वालेन शाहको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधनको क्रममा संसारभरमा हतियार अत्यन्तै छिटो पुग्ने तर किसानलाई मल र बीउ चाहिँ किन पु¥याउन आनाकानी हुन्छ ? वा किन प्रणालीले काम गर्दैन ? भन्ने प्रकारको बालेन शाहको मन्तव्य…