विचार

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

लेखक: फडिन्द्र कार्की आज नेपालले भोगिरहेको बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपत्तिलाई केवल प्रकृतिको क्रूरता भनेर बुझ्नु पर्याप्त हुँदैन। निश्चय नै विश्वव्यापी जलवायु परिवर्तनले यसको तीव्रता बढाएको छ, तर प्रश्न के हो भने एउटै वर्षा किन कतै सामान्य प्राकृतिक घटना हुन्छ र कतै मानवीय त्रासदीमा रूपान्तरण हुन्छ? यसको उत्तर प्रकृतिमा मात्र होइन, राज्य, राजनीति र विकासको चरित्रभित्र पनि खोज्नुपर्छ। विश्वका ठूला औद्योगिक शक्तिहरूले दुई शताब्दीदेखि नाफाकेन्द्रित उत्पादन प्रणालीमार्फत वातावरणमाथि निर्मम दोहन गरे। कार्बन उत्सर्जनको मुख्य जिम्मेवार उनीहरू हुन्, तर त्यसको मूल्य नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुकले चुकाइरहेका छन्। यो आफैंमा जलवायु अन्यायको उदाहरण हो। तर नेपालको सन्दर्भमा बाह्य कारण…
Read More
विचार–सिद्धान्त र व्यवहारबीचको असन्तुलन : नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग

विचार–सिद्धान्त र व्यवहारबीचको असन्तुलन : नेपाली राजनीतिमा देखिएको संकट र समाधानको मार्ग

लेखक : फडिन्द्र कार्की नेपाली राजनीतिमा आज देखिएको अन्योल, अस्थिरता, अविश्वास र निराशाको मूल जरा केवल सत्ता संघर्षमा मात्र होइन, बरु राजनीति कुन आधारमा सञ्चालन भइरहेको छ भन्ने गहिरो प्रश्नसँग जोडिएको छ। राजनीति विचार–सिद्धान्तबाट निर्देशित छ कि व्यवहारवाद र अवसरवादबाट? यही प्रश्नको उत्तरभित्र वर्तमान संकटको वास्तविक कारण र समाधान दुवै लुकेका छन्। विचार–सिद्धान्तमा आधारित राजनीति दीर्घकालीन सामाजिक परिवर्तनको लक्ष्यमा केन्द्रित हुन्छ। यसले व्यक्तिगत स्वार्थ वा क्षणिक लाभभन्दा माथि उठेर समाजको ऐतिहासिक आवश्यकता र वस्तुगत अवस्थाको आधारमा आफ्नो दिशा निर्धारण गर्छ। यस्तो राजनीतिमा विचारले मार्गदर्शन गर्छ भने सिद्धान्तले त्यसलाई निरन्तरता, स्थायित्व र स्पष्टता प्रदान गर्छ। सिद्धान्तमा आधारित राजनीतिक दृष्टिकोणले समाजभित्र रहेका…
Read More
धर्मप्रति मार्क्सवादी दृष्टिकोण

धर्मप्रति मार्क्सवादी दृष्टिकोण

मोहन वैद्य ‘किरण’ धर्मप्रतिको माक्र्सवादी दृष्टिकोणको उल्लेख गर्ने प्रक्रियामा सर्वप्रथम धर्म के हो भन्नेबारे चर्चा गर्नु आवश्यक छ । यो विषय धेरै विस्तृत छ, परन्तु यहाँ संक्षिप्तमा जाने प्रयास गरिएको छ । हिमाली उपमहाद्वीप र पश्चिममा धर्मबारेको बुझाईमा अथवा भनौं धर्म शब्दको अर्थ र परिधिबारे केही भिन्नता पाइन्छ । उत्पत्तिको हिसावमा पश्चिमको रिलिजन र यहाँको धर्मबीच अन्तर देखा पर्दछ । पश्चिममा धर्मको कुरा गर्ने वित्तिकै मुख्यतः ईश्वरको कुरा आउँछ । परन्तु यहाँ त्यस्तो छैन । धर्मबारे विभिन्न विचारकहरुले आ–आफ्ना धारणा प्रस्तुत गर्दै आएका छन् । भारतीय उपमहाद्वीपमा धर्मलाई विभिन्न रुपमा परिभाषित गर्ने र त्यसलाई विभिन्न श्रेणीमा राखेर हेर्ने काम गरिएको…
Read More
सिंहदरबारलाई जलाएर अहिले त्यही सिंहदरबारमा बसेका छन्

सिंहदरबारलाई जलाएर अहिले त्यही सिंहदरबारमा बसेका छन्

चन्द्रहरी सुवेदी ‘अटल’ यस्तो अपारदर्शी दुई नम्बर ढोकाबाट सम्पत्ति कमाउनेहरूको सरकार छ अहिले नेपालमा । १२२ वर्षदेखि कसैले बनाउन नसकेको चन्द्रशमशेरको पालामा बनेको सिंहदरबारलाई जलाएर अहिले त्यही सिंहदरबारमा बसेका छन्। बैठकमा सुदन गुरुङले यस्ता सिंहदरबार त १० वटा बनाउन सकिन्छ भनेर भन्यो । सिंहदरबारमा कोठा नपाएर ठेकेदारलाई छिटो बना नत्र खुट्टाभाँच्छु भनेर भन्यो। तिनीहरूले सिंहदरबार जलाएका कारण कोठा नपाएर बैठक बस्न पाएनन् । खै त १० वटा सिंहदरबार बनाएको ? आधारभूत संरचनाहरू जलाएर खरानी बनाएर अहिले खरानी ग्याङहरु सरकारमा छन्। अहिले नेपाली जनतालाई खरानी बनाउन खोज्दैछन् । मोटरसाइकल चलाएर हिँड्ने सामान्य जनतालाई एक लाख रुपैयाँ जरिमाना गर्ने रे। हामी यहाँ…
Read More
प्रिय डम्बर भाइ क्रान्तिकारी अभिवादन

प्रिय डम्बर भाइ क्रान्तिकारी अभिवादन

आज तिमी हिरासतको मोर्चामा छौ। परिस्थितिले तिम्रो स्वतन्त्रता खोसेको हुन सक्छ, तर तिम्रो विचार, आत्मबल र संघर्षप्रतिको प्रतिबद्धता कसैले खोस्न सक्दैन। बाहिर धेरैले तिम्रो आलोचना गरिरहेका छन्, तिम्रो बारेमा निर्णय सुनाइरहेका छन्। तर म तिमीलाई भन्न चाहन्छु,यो लडाइँमा तिमीले होइन, मैले हारेको हुँ। तिमी त अझै पनि आफ्नो मोर्चामा डटेर उभिएका छौ, संघर्ष गरिरहेका छौ। हामी बाँचेको समाजमा सत्ता, स्रोत साधन र अवसरमाथिको पहुँच समान छैन। गरिबी, विभेद र अन्याय कुनै संयोग होइनन्, ती सामाजिक र आर्थिक संरचनासँग गाँसिएका यथार्थ हुन्। त्यसैले न्याय र अधिकारको प्रश्न केवल अदालतका फाइलहरूमा सीमित हुँदैन, त्यो समाजको चरित्रसँग पनि जोडिएको हुन्छ। भाइ, आज तिमीमाथि…
Read More
आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण

आदतको सत्ता र क्रान्तिकारी रूपान्तरण

हेमन्तप्रकाश ओली आजको मुख्य समस्या भनेको नै रूपान्तरणको समस्या हो, तर यो रूपान्तरण कसरी हुने भन्ने विषय नै सबैभन्दा पेचिलो बनेको छ। वामपन्थी र दक्षिणपन्थी शब्दावलीको उत्पत्ति सन् १७८९ पछि फ्रान्सेली संसद्मा समानताका पक्षपातीहरू बायाँतर्फ र शासकवर्ग दायाँतर्फ बस्ने अभ्यासबाट सुरु भएको हो। यसर्थ, शासनसत्तामा रहेका विरोधीहरू पनि वामपन्थी हुन सक्छन् भन्ने कुरालाई बुझ्नु जरुरी छ। लेनिनले पनि एक ठाउँमा सबै कम्युनिस्टहरू वामपन्थी हुन्छन्, तर सबै वामपन्थीहरू कम्युनिस्ट हुँदैनन् भन्नुभएको छ। यसरी ऐतिहासिक सन्दर्भलाई हेर्दा आजको परिवेशमा 'वामपन्थी' शब्द कम्युनिस्टकोपर्यायवाचीजस्तो बन्न पुगेको छ। विशेष गरी नेपालको सन्दर्भमा 'वामपन्थी' भन्नाले कम्युनिस्ट नै बुझिने भएकाले, अबको मूल प्रश्न कम्युनिस्टहरू कसरी रूपान्तरण हुने…
Read More
क्रान्तिकारी प्रेस संगठन नेपालको सांगठनिक प्रतिवेदन

क्रान्तिकारी प्रेस संगठन नेपालको सांगठनिक प्रतिवेदन

क्रान्तिकारी तथा जनपक्षीय पत्रकारहरूको गौरवशाली सङ्गठन ‘क्रान्तिकारी प्रेस संगठन’को तेस्रो राष्ट्रिय भेलामा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिगण, आयोजक, प्रतिनिधि तथा पर्यवेक्षक एवम् सम्पूर्ण पत्रकार साथीहरूमा हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।शहीदप्रति श्रद्धाञ्जली तथा सम्मानक्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेलाको प्रारम्भमा हामी महान् जनयुद्ध, जनआन्दोलन र विश्वका विभिन्न मुलुकहरूमा क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । विशेषगरी नेपाली जनताको मुक्ति, स्वतन्त्रता र समानताका पक्षमा कलम चलाउँदा चलाउँदै तत्कालीन प्रतिक्रियावादी सत्ताबाट हत्या गरिएका अग्रज पत्रकार कृष्ण सेन ‘इच्छुक’ सहित सम्पूर्ण क्रान्तिकारी एवम् जनपक्षीय पत्रकार सहिद एवम् जनमुक्ति आन्दोलनका योद्धाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं…
Read More
नकुल चौलागाइ को बिचार

नकुल चौलागाइ को बिचार

मुलुक अहिले इतिहासकै अत्यन्तै गम्भीर चुनौती र संवेदनशील मोडमा उभिएको छ। नेपाल एक स्वतन्त्र, सार्वभौम र स्वाधीन मुलुक हुनुका साथै संयुक्त राष्ट्रसंघको सदस्य पनि हो। नेपालको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताका लागि हाम्रा वीर पुर्खाहरूले देशभक्तिपूर्ण लडाइँ लडेर मातृभूमिलाई जोगाएका हुन्।  नेपालको माटो लुटिँदा वा लुछिँदा आफ्नो शरीरको मासु लुछिएको ठान्ने हामी देशभक्त नेपालीले सधैँ राष्ट्रियताको अनुभूति गर्दै आएका छौँ। हामी बरु खरानी हौँला, तर हाम्रो एक इन्च जमिन (माटो) मिच्न दिने छैनौँ। यो वीर गोर्खालीको नामले संसारलाई हल्लाएको परिचित मुलुक हो। नेपालको इतिहासलाई गहिरिएर हेर्दा बेलायती उपनिवेशकालदेखि हालको नरेन्द्र मोदी नेतृत्वको सरकारसम्म आइपुग्दा, नेपालका जुनसुकै कालखण्डका सरकारहरू आफ्नो राष्ट्रिय…
Read More
नेपालको नव-औपनिवेशिक बन्धनबाट मुक्तिको बाटो

नेपालको नव-औपनिवेशिक बन्धनबाट मुक्तिको बाटो

[राष्ट्रिय जनतान्त्रिक मोर्चा फिलिपिन्स (एनडीएफ) द्वारा २२-२३ मे २०२६ मा काठमाण्डौंमा आयोजित २१औं शताब्दीमा नव-औपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद सम्बन्धि छैठौं सैद्धान्तिक सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संक्षिप्त प्रस्तुति।] आररणीय अध्यक्ष, प्रिय कमरेडहरु तथा मित्रहरू! हामी आज यहां उपस्थित हुनुभएका तपाईंहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौं। हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउंदा हामी हर्षित छौं। साम्राज्यवादको नव–उपनिवेशवादमा परिवर्तन दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) पश्चात साम्राज्यवाद प्रत्यक्ष उपनिवेशवादी शासनबाट अप्रत्यक्ष नियन्त्रण तर्फ अग्रसर भयो जसलाई प्रायः नव-उपनिवेशवादका रुपमा चित्रण गरिन्छ। दुईवटा विश्वयुद्धहरूको बीचमा बेलायतले साम्राज्यवादी व्यवस्थाको नेतृत्व गरेको थियो तर दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिका प्रमुख…
Read More
मालेमावाद बाट बिचलित र पश्चिमाको पृय पात्र बन्दाको परिणाम

मालेमावाद बाट बिचलित र पश्चिमाको पृय पात्र बन्दाको परिणाम

लेखक– नारायणप्रसाद भण्डारी विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई गहिरोसंग अध्यन गर्दा विगतका ठूला ठूला भिषण शसस्त्र युद्ध एबं आन्दोलन दबाउँन सामन्तवादका अपराधि र पश्चिमा साम्राज्यवादका दलाल विचौलियाहरुले गरेको नरसंहार लाखौं लाख जनताको बस्ती खालि गरेर देश निकाला गर्दाका र्ददनाक घटनाहरुको स्मरण एबं अध्यन गर्न खोजियो भने सर्बप्रथम विश्व कम्युनिस्ट आन्दोलनका पथप्रदसक विश्वख्याति प्राप्त वैज्ञानिक सर्वहारावर्गका अभिभाबक राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक, दर्शनशास्त्र, अर्थशास्त्र, द्धन्दात्मक भौतिकवादका महान दार्शनिक संसारका मजदुर एक हौ.भन्ने महान शब्दावलिलाई सत्यतत्थ्य अकाटय हुने गरि प्रमाणित गरेर देखाउँन सक्ने विश्व इतिहासमा सुनौला अक्षरले कहिल्यै नमेटिने गरि लेख्न सफल ब्यक्तित्व क कार्लमाक्र्सको नाम सम्झन सके मात्र पनि अर्कै अनुभूति हुन्छ ।अहिले…
Read More