३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न
बालेन्द्र शाह नेतृत्वको सरकारले हिन्दु राज्य पुनर्स्थापना गर्न खोजिरहेको छ : सीताराम तामाङ ललितपुर : ललितपुरको कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयको सभाहलमा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। अखिल नेपाल आदिवासी जनजाति महासङ्घ राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महासङ्घका प्रमुख सल्लाहकार तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ हुनुहुन्थ्यो। प्रमुख अतिथि तामाङले मैनबत्ती बालेर ३२औँ विश्व आदिवासी दिवसको उद्घाटन गर्नुभएको थियो। सीताराम तामाङ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तामाङले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले हिन्दु राज्य पुनर्स्थापना गर्न खोजिरहेको आरोप लगाउनुभयो। उहाँले श्रावण १० गते सुनसरीमा भएको घटनामा सरकार…