अन्तर्राष्ट्रिय

मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु

काठमाडौं : धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी बाढी जस्तो विपत्ति निम्तिएकोे युवाहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले अमेरिका, रुस, चिन र भारतलगायतका देशहरुबाट क्षतिपूर्ति माग्नु पर्नेसमेत धारणा व्यक्त गरे । क्रान्तिकारी युवा संघ नेपालले आयोजना गरेको ‘जलवायु संकट समाधानका लागि यूवा पुस्ताको अभियान’ विषयक अन्तरक्रियामा बोल्ने जलवायू विज्ञ र युवाहरुले साझा पृथ्वीको सबैले मिलेर रक्षा गर्नुपर्ने धारण व्यक्त गरेका हुन् । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थयी समिति सदस्य राम सिं श्रीसले पुँजीवादी व्यवस्थाले नाफा कमाउन र विश्वमा वर्चस्वका लागि पृथ्वीको असिमित दोहन गरिरहेको आरोप लगाए । पुँजीवादी राष्ट्रहरुले मानवहित विपरित कार्वन…
Read More
ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता

ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरुप्रति परी थापाद्वारा ऐक्यबद्धता

काठमाडौँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालका महासचिव परी थापाले ट्युनिसियाका जेलमा भोक हड्ताल गरिरहेका बन्दीहरु प्रति ऐक्यबद्धता प्रकट गर्नु भएको छ। २०२६ सेप्टेम्बर २८ मा थापाले देशभक्त जनवादी समाजवादी पार्टी ट्युनिसियालाई एक पत्र पठाएर सो ऐक्यबद्धता जनाउनु भएको हो । पत्रमा लेखिएको छ – हामी गाजामा लगाइएको घेराबन्दी तोड्ने उद्देश्यले सुमुद फ्लोटिलाको स्टेयरिङ कमिटीका कार्यकर्ताहरू, अर्थात् वाएल नौअर, घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, जो हाल ट्युनिसियाली जेलभित्र खुला आमरण अनशनमा छन्, प्रति हाम्रो अटल ऐक्यबद्धता व्यक्त गर्दछौं। लामो समयसम्मको भोक हडतालका कारण, वाएल नौअरको जीवन जोखिममा पुगेको छ । घासेन हेन्चिरी, घासेन बोगदिरी र नाबिल चेन्नौफी, अहिले खाना…
Read More
ग्रे जोनको रिपोर्ट र फासिवाद

ग्रे जोनको रिपोर्ट र फासिवाद

लेखक : सन्तबहादुर नेपाली जेनजी “विद्रोह” बारे लामो अध्ययन गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निष्कर्ष निकाल्यो– जेनजी“विद्रोह” अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित “विद्रोह” थियो । धेरै पार्टीहरुमा यसबारे अलमल थियो र अहिलेसम्म कायमै छ। कतिपयले यसलाई पेरिस कम्युनसित तुलना गरे । कतिपयले भाद्र २३ गतेको “विद्रोह” स्वतःस्फूर्त थियो । २४ गते साम्राज्यवादका दलालहरुले त्यो “विद्रोह” लाई हाईज्याक गरेका थिए । शुरुमा क्रा।क।पा नेपालको पनि त्यही निष्कर्ष थियो । पछि थप अध्ययनपछि त्यो निष्कर्ष बदलियो। कतिपयले भाद्र २३ गते स्वतःस्फूर्त आन्दोलनमाथि केपी ओली नेतृत्वको सरकारले गोली चलाए र करिव २२ जना युवा विद्यार्थीहरुको हत्या गरेपछि भाद्र २४ गतेको विध्वंशात्मक स्थिति निम्तीएकोे हो ।…
Read More
बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी

बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी

काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएको दावी गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ असोज ६ गते एक प्रेस–वक्तव्य जारी गर्दै सो दावी गर्नु भएको हो । ९ सेप्टेम्बर २०२६ मा अमेरिकाबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘द ग्रेजोन’ ले गरेको खुलासाबाट बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएका वक्तव्यमा स्पष्ट गरिएको छ । वक्तव्यमा राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीको विराधे गर्दै रिहाईको माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –“नेपालमा कठपुतली बालेन सरकारको आगमनपछि यस सरकारले सचेततापूर्वक राष्ट्रघाती र जनघाती घटनाहरु घटाइरहेको छ । ९…
Read More
हुथीले गर्याे यमनमा पकड विस्तार

हुथीले गर्याे यमनमा पकड विस्तार

एजेन्सी/वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध अमेरिकी हवाई आक्रमण अन्तिम समयमा रोकेको रिपोर्ट सार्वजनिक भएको छ । यससँगै हुथी लडाकुहरूले सोमबार यमनका रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास तीव्र बनाएका छन् । उनीहरूको उद्देश्य लाल सागरको तटलाई साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका बाँकी क्षेत्रबाट अलग गर्नु रहेको बताइएको छ । इरान समर्थित हुथी समूहले यसै महिना तीव्र गतिमा आफ्नो नियन्त्रण विस्तार गरेपछि मध्यपूर्वको जारी द्वन्द्व नयाँ क्षेत्रमा फैलिएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमाथिको जोखिम पनि बढाएको छ । साउदी युवराज मोहम्मद बिन सलमानले यमनमा जारी लडाइँमा सहभागी हुन अमेरिकालाई पटक–पटक आग्रह गरे पनि वासिङ्टनले अहिलेसम्म त्यसलाई अस्वीकार गर्दै…
Read More
भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न, पी.जे. जेम्स पुन : महासचिव

भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न, पी.जे. जेम्स पुन : महासचिव

भारत : भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न भ्एको छ । पी.जे. जेम्स पुन :महासचिव निर्वाचित भएका छन् । १२ औं पार्टी महाधिवेशनबाट पनि पी.जे. जेम्स महासचिव भएका थिए । उनी भन्दा पहिले के.एन. रामचन्द्रन् महासचिव थिए । भाकपा (माले) रेड स्टार मूलत: भारतीय नक्सलाइट आन्दोलनबाट विकसित पार्टी हो । १३ औं महाधिवेशन पछि महासचिव पी.जे. जेम्स,पोलिट ब्युरो सदस्य आर. मनसायिया र राज्य सचिव एम. गंगाधरले २०२६ सेप्टेम्बर २१ मा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ – “भाकपा (माले) रेड स्टारको ५ दिने १३ औं महाधिवेशन, कर्नाटकको ऐतिहासिक शहर रायचुरमा, २०२६ सेप्टेम्बर १६देखि २० तारिख सम्म…
Read More
रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

काठमाडौँ : यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्। हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअका अनुसार रियादका संवेदनशील क्षेत्र तथा रेड सी तटमा रहेका साउदी तेल कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी आक्रमण गरिएको हो।साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अन्य क्षति वा मानवीय हताहतीबारे तत्काल जानकारी दिइएको छैन। शनिबार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण क्षेत्रमा कालो धुवाँ देखिएको थियो। घटनापछि केही समय विमान उडानमा समेत अवरोध भएको थियो। साउदी नेतृत्वको गठबन्धनका अनुसार बिश, ताइफ, फरासान र यान्बुमा…
Read More
अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्याे : प्रवक्ता सुदर्शन

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेलेको भारत भ्रमणका क्रममादेखिएको दृष्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेसवक्तव्यमा अर्थमन्त्रीको भारतभ्रमणका दौरान देखिएका कुराहरूप्रति कडा शब्दमा आपत्ति जनाइएको छ । भ्रमणको पहिलो दिन समकक्षी भारतीय अर्थमन्त्री निर्मला सीतारामसँगको भेटवार्तामा भारतीय राष्ट्रिय झण्डा मात्र राखिनु र नेपालकोझण्डा नराखिनु नेपाल सरकार तथा नेपाली जनताप्रतिको अपमान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालको झण्डा नराखिएको कक्षमा भेटवार्तामा बस्नु नेपालका अर्थमन्त्रीले आफू कठपुतली तथा राष्ट्रघाती भएको साबित गर्नु रहेको सोपार्टीले ठहर गरेको छ । नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी, ऊर्जा, कनेक्टिभिटी र बाढीपछिको पुनर्निर्माणको कार्यसूची राखिए पनि भारतीय सहयोगकोबाहानामा देशका साधनस्रोेत…
Read More
पर्यावरणीय संकट र साम्राज्यवादका विषयमा दक्षिण एसियाका युवाहरूको गोष्ठी

पर्यावरणीय संकट र साम्राज्यवादका विषयमा दक्षिण एसियाका युवाहरूको गोष्ठी

काठमाडौँ : समाजवादी पार्टी फ्रन्ट लाइन श्रीलङ्का सम्बद्ध ‘ परिवर्तनका लागि युवा ‘नामक संगठनको आयोजनामा  पर्यावरण परिवर्तन र साम्राज्यवादको विरोध शीर्षकमा अनलाइन गोष्ठी सम्पन्न भएको छ । सेप्टेम्बर १५ को बेलुकी नेपाली समय अनुसार ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा उक्त कार्यक्रम  सञ्चालन भएको थियो। कार्यक्रममा पर्यावरणीय संकट, साम्राज्यवादको भूमिका, पुँजीवादको भूमिकाका साथै समाजमा रहेका शोषण, असमानता आदिका बारेमा समेत वक्ताहरुले मन्तव्य राखेका थिए। ध्रुव मुखोपाध्याय (भारत) प्राध्यापक ध्रुव मुखोपाध्याय (भारत)ले पर्यावरणीय परिवर्तन भनेको विश्वव्यापी मामला भएकाले विश्वव्यापी रूपमा नै यसको समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो। प्राध्यापक मुखोपाध्यायले अन्तर्राष्ट्रिय पर्यावरणीय सन्धि FICC– 1997 लगायतका सम्झौताहरूलाई उत्पीडित राष्ट्रहरूले साम्राज्यवादका विरुद्धमा आधार बनाउँदै संघर्ष गर्नुपर्ने र अन्तर्राष्ट्रिय…
Read More
गोर्खा भर्ती सम्बन्धी सर्बोच्चको आदेशलाई प्रभावित पार्न नेपाल सरकार नै लाग्योः बिगेसो

गोर्खा भर्ती सम्बन्धी सर्बोच्चको आदेशलाई प्रभावित पार्न नेपाल सरकार नै लाग्योः बिगेसो

काठमाडौं : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बीगेसो) ले बेलायतमा हालै भएको भनिएको ब्रिटिश गोर्खा सैनिक सम्बन्धी वार्ताप्रति आपत्ति जनाएको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सर्बोच्च आदालतको फैसला कार्यान्वयन नगर्ने तथा सिंगापुर सरकार र बेलायती सेनाका प्रतिनिधीको नेपाल भ्रमणले त्रिपक्षीय गोर्खा भर्ती सम्बन्धी सम्झौतालाई जीवितै राख्ने कसरत गरेकोसमेत बीगेसको आरोप छ । बिगेसोका वरिष्ठ सल्लाहकार परि थापाले  सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौता केबल नेपाल नागरिकलाई तस्करी गरेर शोषण गर्ने माध्यम भएकाले जसरी पनि खारेज गर्नुपर्नेमा जोड दिएका छन् । उनले बेलायत सरकारले नेपाली नागरिकलाई भाडाका सिपाइकारुपमा प्रयोग…
Read More