‘संघीय जनगणतन्त्र स्थापना गरेर मात्र क.प्रतापको सपना साकार हुन्छ’
दोलखा : जनयुद्धका महान सहिद रित बबहादुर खडका (क. प्रताप)को २४ औं स्मृति दिवस क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, दोलखा जिल्ला समितिको आयोजनामा चरिकोटमा भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा १० नं. ब्यूरोका इन्चार्ज प्रवेशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति दिवसको अध्यक्षता तथा सञ्चालन जिल्ला सचिव अभियानले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवेशले नयाँ जनवादी राज्यसत्ता स्थापनाको आन्दोलनमा उहाँको शहादतले अपुरणीय क्षति पुगेको र नेपाली क्रान्तिले एक नक्षत्र एवम कुशल संगठक गुमाउनु परेको स्मरण गर्नु भयो । नयाँ जनवादी राज्यसत्ता स्थापनाका निम्ति जनयुद्धका क्रममा प्रतापसहित जनताका होनहार सन्ततिले प्राणोत्सर्ग गरेको चर्चा गर्दै…