धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्लाले धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई भ्रष्टाचारका विरुद्धमा ज्ञापनपत्र बुझाएको छ। गत असार २४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ज्ञापनपत्र बुझाइएको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धादिङ जिल्ला ईन्चार्ज अमृत अधिकारी , जिल्ला सदस्यहरू ज्ञानबहादुर श्रेष्ठ र विष्णु भुजेल समेतको प्रतिनिधि मण्डलले उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राष्ट्रिय स्तरमा भएका भ्रष्टाचारका साथसाथै स्थानीय समस्याहरूलाई पनि प्रतिनिधि मण्डलले उठाएको थियो। त्यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै देशमा सुशासन कायम गर्नको निमित्त हामीले आफ्नो तर्फबाट योगदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए। प्रतिनिधि मण्डलले स्थानीय समस्याहरु जस्तै बाढी पहिरो पीडितहरुका समस्याहरुलाई पनि उठान गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अहिले देशव्यापी रूपमा भ्रष्टाचार विरूद्ध अभियान सञ्चालन गरिरहेको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?