उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मंगलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । ८ नं. ब्युराे सेक्रेटरी सरोजले २०८२ असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो ।

वक्तव्यमा बाढीमा परी वेपत्ताहुनु भएकाहरु प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै वेपत्ता जनहरुको उद्धारकार्य लाई तीव्र पार्न माग गरिएको छ । वक्तव्यमा पार्टी पङ्क्तिलाई उद्धार र राहतको कार्यमा जुट्नन समेत माग गर्नुका साथै त्रिशुली नदी किनारआसपास बसोबास गर्नेहरुलाई सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ ।

वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

चीनको तिब्बतबाट २०८२ असार २४ गते मंगलबार बिहानै आएको बाढी भोटेकाशी नदीमा मिसिएपछि शुरु भएको विपत्तिबाट रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे भन्सार छिमेकी राष्ट्र चीन र नेपाललाई जोड्ने मितेरी पुल पूर्णरुपमा क्षति भइ केही हेभी गाडीहरु, कन्टेनर, भन्सार कार्यालय र रसुवागढी हाइड्रोपावरको ड्याममा ठूलो क्षति पुग्नुका साथै ठूलो जनधनको क्षति भइ १८ जना मानिसहरु वेपत्ता हुनुभएको यस दुःखको घडीमा हाम्रो पार्टी गहिरो समवेदना प्रकट गर्दछ । साथै वेपत्ता हुनुभएकाहरुको तीव्र खोजी कार्य उद्धार र राहत कार्यमा सक्रिय भुमिका निर्वाह गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ । सम्पूर्ण पार्टी पङ्क्ति नेता कार्यकर्ता सबैलाई उद्धार राहत कार्यमा जुट्न अनुरोध गर्दछ । साथै मौसम पूर्वानुमान महाशाखाले जानकारी गराए अनुसार विगतका वर्षक्रमहरुमा भन्दा यो वर्ष अत्यधिक वर्षा हुने भएको र छिमेकी राष्ट्र चीनको तिब्बत भोटेकोशी नदी आसपासका हिमालहरु फुट्न गई भोटेकोशी त्रिशुली नदीमा पानीको बहाव जुनसुकै बेला पनि बढ्न सक्ने भएकोले नदी आसपासका क्षेत्रका समुदायलाई सावधानी रहन अपील गर्दछ । तसर्थ नेपाल सरकालाई त्रिशुली नदी किनारामा बसोबास गर्नु हुने सम्पूर्ण जनसमुदायहरुलाई सुरक्षित गर्न गराउनु हुन अनुरोध गर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?