“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान -२०८३” सञ्चालन हुने


काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नंं. ब्यूरोले जेठ २१ देखि असोज २० गतेसम्म जनसम्पर्क विस्तार र जनसंगठन निर्माण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
२०८३ बैशाख २६–२७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको र ३१ गते सचिवालयको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
बैठकले संगठनात्मक कामलाई मुख्य ध्यान दिन पार्टी र जवस/मोर्चा/सम्पर्क मञ्चका संगठन निर्माण परिचालन र व्यवस्थित गर्न संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको पनि स्रोतले जानकारी दिएको छ ।
“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान–२०८३” नाम दिएको अभियानको नेतृत्व केन्द्रीय सदस्यहरूले गर्ने पनि जनाइएको छ ।
प्राप्त जानकारी अनुसार, निम्नानुसार अभियानको कार्यतालिका बनाइएको छ ।
क) ललितपुर महानगरपालिका – कमरेड कगेन्द्र, टोखा, बुढानिलकण्ठ, कागेश्वरी मनोहरा, शंकरापुर र तार्केश्वर नपा – कमरेड प्रकाश, दक्षिणकाली, किर्तीपुर र चन्द्रगीरी नपा – कमरेड विश्वास (क), काठमाडौँ महानगरपालिका – कमरेड हेमन्त र कमरेड स्वाधीन, नागर्जुन नपा – कमरेड अपेक्षा, महालक्ष्मी नपा – कमरेड सागर, गोदावरी नपा – कमरेड विश्वास (ख), गोकर्णेश्वर नपा – कमरेड वादल, भक्तपुर र मध्यपुर ठिमी नपा – कमरेड प्रभाकर, सुर्यविनायक र चागुनारायण नपा – कमरेड प्रज्वल, काठमाडौँ जिल्ला र पेशागत जिल्ला – कमरेड सागर, ललितपुर र भक्तपुर जिल्ला – कमरेड प्रवाह र अन्य ब्युरो सदस्यहरू सम्बन्धीत स्थानीय अभियानमा सहभागी हुने । अभियानका क्रममा जवस÷मोर्चा÷सम्पर्क मञ्चका समितिहरू बनाउने जसको जिम्मा निम्नअनुसार तोकिएको छ ।
बैठकले गरेका निर्णय अनुसार निम्न अनुसार संगठन निर्माणको लक्ष्य निर्धारण गरिएको छ :
ख) काठमाडौँ क्रान्तिकारी युवा संघ नेपाल १६, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ३०, क्रान्तिकारी महिला संगठन नेपाल ११, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल १२, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल ५, अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा ५, क्रान्तिकारी किसान महासंघ नेपाल २ र क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल ३० वटा इकाई बनाउने ।
ग) ललितपुर — क्रान्तिकारी युवा संघ नेपाल ५, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २०, क्रान्तिकारी महिला संगठन नेपाल ४, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल ४, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल ३, अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा ३, क्रान्तिकारी किसान महासंघ नेपाल ३ र क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल १२ वटा इकाई बनाउने ।
घ) भक्तपुर — क्रान्तिकारी युवा संघ नेपाल ४, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ८, क्रान्तिकारी महिला संगठन नेपाल ३, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल ४, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल २, अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा २, क्रान्तिकारी किसान महासंघ नेपाल १ र क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल १२ इकाई बनाउने ।
ङ) पेशागत जिल्ला समिति मातहत — क्रान्तिकारी महिला संगठन नेपाल १ वटा इकाई निर्माण गर्ने ।
च) प्रध्यापक, कानुन व्यावसायी, स्वास्थ्य क्षेत्र थप इकाई बनाउन पहल गर्ने ।
छ) कलाकार टीम १, र क्रान्तिकारी पे्रस संगठन १ वटा इकाई गठन गर्ने ।
ज) जनगणतान्त्रिक सम्पर्क मञ्च १० वटा इकाई गठन गर्ने ।
झ) जिल्लाका विभन्नि स्थानहरुमा औपचारिक र अनौपचारिक अन्तक्र्रियात्मक कार्यक्रम गर्ने — काठमाडौँमा न्यूनतम ११ स्थान, ललितपुरमा ६ स्थान, भक्तपुरमा ४ स्थान ।
बैठकले घोषित कार्यक्रम अनुसार जेठ १–१५ सम्म सुकुम्बासीमाथि भएको दमनका विरुद्ध प्रथम चरणको संघर्षको कार्यक्रमलाई सफल पार्न पर्चा वितरण गर्ने । जेठ १६–३० दोस्रो चरणको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने, जवस मोर्चाका जिल्ला भेला गरी गठन वा पुनर्गठन गर्ने, अनेरास्ववियु (क्रान्तिकारी) उपत्यकाका विद्यार्थीहरुलाई पार्टी प्रक्रियामा जोड्ने, सुकुम्बासी संगठनलाई सुदृढ र व्यवस्थित गर्ने लगायतका कार्यक्रमहरुलाई पनि अभियानसँगै कार्यान्वयन गर्ने बताइएको छ ।

By जन बिहानी

Related Posts