क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

प्रदिप अस्तानी बनेपा /काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले अगुवा कार्यकर्ताहरुको बिचमा बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ। काभ्रे जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थाइ समिति सदस्य राम सिङ श्रीसको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक रुपमा कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु भएको हो ।

प्रमुख अतिथि श्रीसले संगठन निर्माण र परिचालन सम्बन्धि विषयमा प्रशिक्षण दिनु भएको हो। प्रशिक्षणमा बोल्दै नेता श्रीसले अनुशाशीत कार्यकर्ताले मात्र संगठन राम्रो र बलियो हुने हुँदा त्यस तर्फ काम गर्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो। नेपालमा थुप्रै कम्युनिस्ट पार्टी भएको तर कुन असली कम्युनिस्ट हो भनेर चिन्न सक्नु पर्ने बताउनु भयो।

कम्युनिस्ट पार्टी सर्बहारा किसान ,मजदुर र उत्पीडित जाती जनजातीको पार्टी भएकोले त्यो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मात्र रहेको बताउनु भयो। निजि सम्पत्तिको उत्पती भए पछि मानिसहरुमा दमन सुरु भएकोले त्यसको अन्त्यको लागि पार्टी लागि रहेको बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर सेक्रेटरी सोमान सिंह तामाङले अनुशासनको बारेमा प्रशिशित गर्नुभएको थियो। पार्टी पोलिट्ब्युरो सदस्य तथा महिला नेत्री शारदा महतले महिला आन्दोलन र जबस मोर्चा परिचालन बिसयमा प्रशिक्षण राख्नु भयो।

जिल्ला सचीव ढोग प्रसाद अधिकारीको सभापतित्वमा सम्पम्न उक्त कार्यक्रमको संचालन प्रदिप अस्तानीमगरले गरेका थिए। त्यसै गरि आज अर्को कार्यक्रम पनि सम्पन्न भएको छ।

अखिल नेपाल तामाङ मुक्ति मोर्चा नेपाल काभ्रे र क्रान्तिकारी महिला संगठन नेपालको जिल्ला भेला पनि सप्पन्न गरेको छ । भेलाले तामाङ मोर्चाको डिल ब तामाङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला भेला आयोजक संगठन समित गठन गरेको छ । त्यसैगरी महिला मोर्चाको कविता तामाङको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक संगठन समिती गठन गरेको छ।

दुबै कार्यक्रममा १० नम्बर ब्यूरो तामाङ मोर्चाको संयोजक टेक ब तामाङ र महिला मोर्चाको १० नम्बर ब्युरो संयोजक अर्पना श्रेष्ठ उपस्थित भै सुभकामना मन्तब्य दिएका थिए। प्रशिक्षण र २ वटा जबसमोर्चाको भेला संयुक्त रुपमा सम्म्पन्न भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?