क्रान्तिको गीत
लेखक : मनु विक नबिर्स क्रान्ति बाटाहरुमानभूल क्रान्ति यात्राहरुमाक्रान्तिको यात्रा सरल छैनक्रान्तिको पथ सहज छैन । आउँछन् क्रान्तिमा बाधाहरुलाउँछन् क्रान्तिमा बारहरुबाधा र बन्धन फाल्नु छक्रान्तिको दियो बाल्नु छ । क्रान्ति मै जीवन जीउनु छक्रान्तिको फूल उमार्नु छफूललाई सबको बनाउनु छसबको दिलमा सजाउनु छ । चुडेर नजाऊ क्रान्ति फूलकुल्चेर नहिँड क्रान्ति मूलक्रान्तिलाई पोको पारी राखक्रान्तिलाई जतन गरिराख । क्रान्ति भन्दै ढाँट्न आउँछन्क्रान्तिकै खुट्टा तान्न आउँछन्म गर्छु भन्दैछन् असली क्रान्तिसंसारमा बढ्दो संजाल भ्रान्ति । अन्धकारमा टुकी चाहिन्छचाहिएमा राँको बनाईन्छलम्किऊ हातमा मशाल बोकीलम्किऊ क्रान्तिमा जनता खोजी । २०८२ जेठ ७ काठमाण्डौ ।