निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हार्दिक अभिवादन तथा धन्यवाद व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८२ फागुन २२ मा एक प्रेस वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई अभिवादन तथा धन्यवाद व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –

“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा अघि बढाइएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको छ । यो बहिष्कार कार्यक्रममा कठपुतली सरकारको व्यापक दमनका बावजुद बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अभिवादन तथा धन्यवाद ज्ञापन गर्दछ । यो कार्यक्रमकोदौरानमा गिरफ्तार हुनुभएका केन्द्रीय समितिको पोलिटब्यूरो सदस्यहरु सोमानसिंह तामाङ तथा सिताराम बुढाथोकी र केन्द्रीय समिति सदस्यहरु कर्णबहादुर बिसी, टिकाराम पौडेल र डिल्ली बोहोरा, वैकल्पिक केन्द्रीय सदस्यहरु नारायण न्यौपाने, रत्न ओली, बीरबहादुर पुन, रवि पाण्डे लगायत विभिन्न जिल्लाका प्रहरी हिरासतमा रहनुभएका सम्पूर्ण कमरेडहरुको यथाशीघ्र रिहाइको लागि जोडदार माग गर्दछौँ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?