
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल जिल्ला संगठन समिति सोलुले नेचा सल्यान ५ गैरीबजारमा निर्वाचन बहिस्कारको कालो ब्यानर टाँगेको छ ।
ब्यानरमा साम्राज्यवादद्वारा प्रायोजित २०८२ फागुन २१ को निर्वाचन बहिस्कार गरौं, स्वाधीन संयुक्त सरकार गठन गरौं भन्ने पार्टीको मूल नारा लेखिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७७ वटै जिल्लामा निर्वाचन बहिस्कारका कार्यक्रमलाई विभिन्न रुपमा जनताको बिचमा पुर्याउने काम भइरहेको छ ।