साहित्यकार रविको “संघर्षको मैदानबाट” मुक्तक संग्रह

काठमाडौं : रवि पाण्डेय (विकल्प) ले “संघर्षको मैदानबाट” शीर्षक मुक्तक संग्रह लेखेर प्रगतिवादी साहित्य भण्डारमा एउटा इँटा थपेका छन् ।

यस कृतिमा जम्मा ४० वटा मुक्तकहरू संकलन गरिएको छ । मुक्तकका शब्दहरूले सशस्त्र संघर्षको झल्को दिन्छन् । पुस्तकभित्रका मुक्तकहरुले नेपालमा गणतन्त्र स्थापित भैसकेपछिका ब्यथितिहरुको तस्बिर राम्रै सित चित्रण गरेका छन् ।

नेपालमा १० बर्षसम्म चलेको जनयुद्ध र २०६२/ २०६३ को जनान्दोलनको जगमा स्थापना भएको गणतान्त्रिक राज्य व्यवस्थाभित्र मौलाएको भ्रस्टाचार, चाकडीप्रथा, घुसखोरी, आफन्तबाद जस्ता बिकृतिहरुलाई यस कृतिमा उदाङ्गो पारिएको छ । साथै रास्ट्रबाद – देशप्रेम पनि यस कृतिमा झल्किएका छन् ।

मुक्तकका लेखक रविले नेपाली समाजमा व्याप्त सामाजिक बिकृतिहरुमाथि चोटिलो प्रहार गरेका छन् । दलितहरुमाथि भएको विभेद, जातीय अहंकार, वर्गीय खाडल जस्ता सामाजिक समस्याहरुलाई सतहमा ल्याएका छन् ।

जस्तै–

दलित भनी बाहिरै राख्ने के जात हो यो
एक आपसमा फुटाउने के बात हो यो
उच निच भन्ने कलंक ढोङ्गी संस्कार
समाजलाई बिथोले के हात हो यो ।

कालापानीदेखि सुस्तासम्मका सीमा बिबादहरु मुक्तकका शब्दहरुमा अटाएका छन् । कुमाउ गढवालसम्म नेपालीहरुले रास्ट्र झण्डा फहराएको बिरगाथाका भावहरु शब्दमा कुँदिएका छन् । छिमेकी देशले जबर्जस्ति बनाएको बाँधले लक्ष्मणपुर मर्चवारमा सिर्जना गरेको डुवानको समस्याको उजागर भएको छ ।

जस्तै

कालापानी सुस्ता कहिले सम्म गुमाउँछौ
नेपाली जनतालाई कहिले सम्म रुवाउँछौ
गढवाल हाम्रो थियो इतिहास पढ तिमी
लक्ष्मणपुर मर्चवार कहिले सम्म डुबाउँछौ ।

सुन्दर भविष्य प्रति मुक्तककार आसावादी छन् र त भन्छन् –

कोइलीले जनगीत गाउँदै छ सर्वहारा
जनवादी दिन छिट्टै आउँदै छ सर्वहारा
मुक्तिको सन्देश लिएर घरघरमा
गाउँवस्ती शहर धाउँदै छ सर्वहारा ।

प्रस्तुत कृतिको प्रारम्भिक पृष्ठ १२ र पाठ्य पृष्ठ २८ सहित जम्मा ४० पृष्ठ रहेको छ । कृति सानो भए पनि यसले भाव ओजिलो बोकेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव तथा सौन्दर्य चिन्तक मोहन वैद्य किरणले यस कृतिको भूमिका लेखेका छन् भने घनश्याम न्यौपाने परिश्रमीले मन्तव्य राखेका छन् । आवाण सज्जा शक्ति पौ डेल दर्शनको हो ।मूल्य रू १०० छ । प्रकाशनको भारी बर्दघाट प्रज्ञा प्रतिष्ठानले बोकेको छ । यो कृति २०८१ मंसिरमा प्रकाशित भएको थियो । मुक्तककार रवि पत्रकारिता र राजनीतिमा पनि उत्तिकै कृयाशील छन । उनी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको सचिव जस्तो अत्यन्त सकृय भैरहनु पर्ने पदमा रहेर पनि साहित्य प्रति उनको कलम चलिरहेको छ । युवा नै भएकाले साहित्यकार रविबाट अरू धेरै गहकिला साहित्यिक रचनाहरू आउने छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?