
कहिले वडेको
आमा बन्छ
वडे कै
घर जान्छ
विद्रोहिको
भोज चल्छ
कहिले छोटेको
आमा बन्छ
छोटे कै
घर जान्छ
दमनको
भोज चल्छ
एकमा गए नि
दुइमा गए नि
ऋण काढ्छ
दुबै तर्फ
खसी ढाल्छ
एक मोटाए
अर्को दुबलाउछ
अर्को मोटाए
एक दुबलाउछ
वडे कहाँ छ
थाहा छैन
छोटे कहाँ छ
थाहा छैन
जुनकिरिहरु
नुन किरी बन्न
वयल गाडा चढी
स्वर्ग गएपछी
साइनो टुट्ने
स्वभाविकै हो
आमाको…..