रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला

रौतहट : रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेको समाचार प्राप्त भएकाे छ ।

वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ ।

घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?