क्रान्तिको गीत

लेखक : मनु विक

नबिर्स क्रान्ति बाटाहरुमा
नभूल क्रान्ति यात्राहरुमा
क्रान्तिको यात्रा सरल छैन
क्रान्तिको पथ सहज छैन ।

आउँछन् क्रान्तिमा बाधाहरु
लाउँछन् क्रान्तिमा बारहरु
बाधा र बन्धन फाल्नु छ
क्रान्तिको दियो बाल्नु छ ।

क्रान्ति मै जीवन जीउनु छ
क्रान्तिको फूल उमार्नु छ
फूललाई सबको बनाउनु छ
सबको दिलमा सजाउनु छ ।

चुडेर नजाऊ क्रान्ति फूल
कुल्चेर नहिँड क्रान्ति मूल
क्रान्तिलाई पोको पारी राख
क्रान्तिलाई जतन गरिराख ।

क्रान्ति भन्दै ढाँट्न आउँछन्
क्रान्तिकै खुट्टा तान्न आउँछन्
म गर्छु भन्दैछन् असली क्रान्ति
संसारमा बढ्दो संजाल भ्रान्ति ।

अन्धकारमा टुकी चाहिन्छ
चाहिएमा राँको बनाईन्छ
लम्किऊ हातमा मशाल बोकी
लम्किऊ क्रान्तिमा जनता खोजी । २०८२ जेठ ७ काठमाण्डौ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?