क्राकपा नेता रवि पाण्डेय ५ दिनपछि हिरासत रिहा

नवलपरासीमा मतदान घट्यो
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय पाँच दिनको हिरासत पछि रिहा भएका छन् । संयुक्त संघर्ष समिति नवलपरासीको संयोजक समेत रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक हिरा बहादुर थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बर्दघाट सहितको टोलीले पसलबाट अपहरणको शैलीमा गिरफ्तार गरिएको थियो । फागुन १८ गते साँझ ६:३० बजे बर्दघाट न.पा. वडा नम्बर ४, शान्तिनगर स्थित आफ्नै पसलबाट तरकारी बेचिरहेका उनलाई उनका छोराछोरी, पसलमा आएका दर्जन बढी ग्राहक र स्थानीय बासिन्दाको भिडबाट प्रहरीले बीच बिना पक्राउ पुर्जी गिरफ्तार गरिएपछि स्थानीयले बिरोध समेत जनाएका थिए । सो क्रममा पसल तथा घरमा खानतलासी गरी घरबेटी तथा परिवारका सदस्यहरुलाई दु:ख दिने काम भएको भन्दै प्रहरीको आलोचना भएको थियोे । निर्वाचनलाई साम्राज्यवादद्वारा प्रायोजित निर्बाचन भन्दै उक्त पार्टीले सशक्त बहिष्कारको कार्यक्रम गदै आएको थियो । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संविधान प्रदत्त अधिकारलाई प्रहार गर्दै प्रहरीले गरेको उक्त धरपकडको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आपत्ति जनाएको थियो । फागुन १ गते समेत प्रहरीले जनयुद्ध दिवसको ब्यानर टागेको अभियोग लगाइ पाण्डेयलाई सदरमुकाम परासीस्थित बुद्धचोकबाट गिरफ्तार गरेर अबेर साझ छाडेको सो पार्टीले जनाएको छ । ९० घण्टाको हिरासत बसाइँ पछि शुक्रवार १२ बजे रिहा गरिएको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए । जनयुद्वको समयबाट हाल सम्म ६ पटक गिरफ्तार भएका पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका क्रान्तिकारी बिराशत बोकेको नेताका रुपमा परिचित छ्न् । बि.स. २०८२ फागुन १ र १८ गते गरेर एकै महिनामा दुइ दुइपटक प्रहरीले गिरफ्तार गर्नुले पाण्डेय माथि राज्य आतंक भएको जानकारहरु बताउछन् । उनलाई क्राकपा नेपाल नवलपरासीका नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडी भब्य स्वागत गरेका थिए । बहिष्कारको प्रभाव र अन्य कारणले नवलपरासीमा यस बर्ष अघिल्लो चुनावको दाँजोमा मतदान समेत कम भएको जनाइएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?