‘संघीय जनगणतन्त्र स्थापना गरेर मात्र क.प्रतापको सपना साकार हुन्छ’

image

दोलखा : जनयुद्धका महान सहिद रित बबहादुर खडका (क. प्रताप)को २४ औं स्मृति दिवस क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, दोलखा जिल्ला समितिको आयोजनामा चरिकोटमा भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा १० नं. ब्यूरोका इन्चार्ज प्रवेशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति दिवसको अध्यक्षता तथा सञ्चालन जिल्ला सचिव अभियानले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवेशले नयाँ जनवादी राज्यसत्ता स्थापनाको आन्दोलनमा उहाँको शहादतले अपुरणीय क्षति पुगेको र नेपाली क्रान्तिले एक नक्षत्र एवम कुशल संगठक गुमाउनु परेको स्मरण गर्नु भयो । नयाँ जनवादी राज्यसत्ता स्थापनाका निम्ति जनयुद्धका क्रममा प्रतापसहित जनताका होनहार सन्ततिले प्राणोत्सर्ग गरेको चर्चा गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापित नभईकनै जनयुद्धको समाप्तिको घोषणा गर्नु र शहीदहरुको रगतबाट निर्मित महान जनमुक्ति सेनाको विघटन गर्नु समग्र नेपाली कम्युनिस्ट आन्दोलनप्रतिको गद्दारी भएको बताउनु भयो । उहाँले क्रान्तिकारी लक्ष्यबाट विचलित भएका संशोधनवादहरुले प्रतापको स्मरण गर्नु सम्पुर्ण क्रान्तिकारी र क्रान्तिप्रेमी जनतालाई गुमराहमा पार्ने नाटक भएको पनि स्पष्ट पार्नभयो । क्रान्तिप्रतिको निष्ठा र त्यागलाई क्रान्तिकारीहरूले अवलम्बन गरी क्रान्तिकारी विचार र सिद्दान्तको जगमा क्रान्तिको पहलकदमीमार्फत संघीय जनगणतन्त्र स्थापना गरेर मात्र प्रतापको सपना साकार हुने र यसका निम्ति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पहल बढाइरहेको बताउनु भयो ।

कार्यक्रममा ब्यूरो सेक्रेटरी सोमान, जिल्ला ईन्चार्ज गोविन्द लगायतको नेताहरुको आतिथ्यता रहेको थियो । रीतबहादुर खड्का(क.प्रताप)को २०५९ असार २ गते रौतहटको पिपरामा हत्या भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?