निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक
सीपी गजुरेल काठमाडौं : केन्द्रीय संयुक्त संघर्ष समितिले दोस्रो चरणको निर्वाचन बहिष्कारसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सी.पी. गजुरेलले २०८२ माघ २० गते एक वक्तव्य जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।वक्तव्यमा दोस्रो चरणको कार्यक्रम आगामी माघ २० गतेदेखि फागुन ३ गतेसम्म सम्पन्न गरिने र दोस्रो चरणको कार्यक्रमको मूर्तयोजना स्थानीय संयुक्त संघर्ष समितिले बनाउने भनिएको छ । वक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खडकालाई सिन्धुलीमा गिरफ्तार गरी हिरासतमा राखेकोमा तुरुन्त रिहाई गर्न माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“हामी पाँच कम्युनिस्ट पार्टीहरू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत),…