अवसरवादीहरुले आफ्नो नाम भजायो : संयोजक नारायण पंगेनी

काठमाडौं : सिद्धान्तहीन, चरित्रहीन अवसरवादी तत्वहरुले उनीहरुको पतन र विचलनलाई ढाल बनाएर आफ्नो वैचारिक आस्था, राजनीतिक निष्ठा र क्रान्तिकारी प्रतिबद्धतामाथि आक्रमण गर्ने दुस्साहस गरेको भन्दै क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण पंगेनीले कडा आपत्ति जनाउनु भएको छ । बालकृष्ण ओलीले आफ्नो नाम दुरुपयोग गरेको उहाँले बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,
‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कुनै चुनावी पसल, सत्ताको भ¥याङ वा अवसरवादको शरणस्थल होइन । यो माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी दर्शन, विचार र सिद्धान्तबाट पोलिएको ऐतिहासिक भट्टी हो । तर आज केही व्यक्तिहरू वर्गसंघर्षको बाटो त्यागेर दक्षिणपन्थी संशोधनवादको दलदलमा हामफाल्दै वैचारिक रूपमा नांगिँदै गएका छन् ।
अझ गम्भीर कुरा त के छ भने ‘केही सिद्धान्तहीन, चरित्रहीन र अवसरवादी तत्वहरू एक दिनका लागि खेताला खोजेजस्तै गरी हाम्रो नाम भजाएर प्रचण्ड–माधवको पार्टीबाट संसदीय दलदलमा डुबुल्की मार्दैछन् । उनीहरूकै पतन र विचलनलाई ढाल बनाएर मेरो वैचारिक आस्था, राजनीतिक निष्ठा र क्रान्तिकारी प्रतिबद्धतामाथि आक्रमण गर्ने दुस्साहस गरिएको छ । यो केवल व्यक्तिगत आक्रमण होइन, यो स्वयं क्रान्तिकारी आन्दोलनमाथिको प्रहार हो ।
यस किसिमको संशोधनवादी हर्कत, वैचारिक गद्दारी र चरित्रहीन आक्रमणको म तीव्र भत्र्सना र घोर निन्दा गर्दछु ।
म पूर्ण जिम्मेवारीका साथ पुनः स्पष्ट रूपमा घोषणा गर्दछु,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उठाएको सशस्त्र विद्रोहको झन्डासँग मेरो सम्बन्ध कुनै पद, हैसियत वा सुविधामा आधारित होइन, यो रगत, पसिना र बलिदानसँग गाँसिएको प्रतिबद्धता हो । पद, प्रतिष्ठा र अर्थोपार्जनका लागि पार्टीको नाम भजाएर हिँड्ने तपाइँहरुको जस्तो स्वभाव, हिजो पनि थिएन र, आज पनि छैन । यस विषयमा कसैले पनि भ्रम पाल्ने छुट छैन ।
क्रान्तिकारीहरू पतन हुँदैनन्, उनीहरू या त लड्छन्, या त सहिद हुन्छन् ।
क्रान्तिकारी अभिवादनसहित
नारायण पंगेनी
संयोजकः क्रान्तिकारी प्रेस संगठन’

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?