नेता पुर्ण खड्कालाई रिहाई नगरे देशैभरी कडा प्रतिरोध गर्ने नेता केदार खतिवडा

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काको रिहाइको माग गर्दै भक्तपुर जिल्ला समितिको आयोजनामा ब्यासीचोकमा शनिबार कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभाको सन्चालन जिल्ला सचिव सुरेश अधिकारीले गर्नुभएको थियोे भने सम्बोधन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै नेता खतिवडाले उहाँको गिरफ्तार भएको २४ घण्टाभित्र अबिलम्भ रिहाइको माग गर्नु भएको छ । तत्काल रिहाई नगरे देशब्यापी आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

शुक्रबार मध्याह्न १२ बजे पुर्णबहादुर खड्कालाई सिन्धुलीको कमलामाई नगरपालिका स्थित दुधौलीबाट गिरफ्तार गरेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?