‘भारतीय सेना कालापानी छोड’ भन्दै अखिल (क्रान्तिकारी) भक्तपुरको मशाल जुलुस र कोणसभा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले भारतीय सेना कालापानी छोड भन्दै भक्तपुरको सानोठिमी क्याम्पस अगाडि मशाल जुलुस प्रदर्शन गरेका छन् । प्रहरी हस्तक्षेपका बाबजुद मशाल जुलुस प्रदर्शन र कोणसभा भव्य रुपमा सम्पन्न भएको संगठनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।

मशाल जुलुस प्रदर्शनमा संगठनका अध्यक्ष श्रेष्ठ, महासचिव नवीन खड्का, सचिव दिनेश जोशी, भक्तपुर अध्यक्ष सागर कार्की लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) भक्तपुरको आयोजनामा गरिएको मशाल जुलुस र कोणसभालाई सम्बोधन संगठनका सचिव दिनेश जोशीले गर्नुभएको थियो ।

https://www.facebook.com/reel/2066391997638525

मशाल जुलुसको क्रममा भारतीय विस्तारवाद मूर्दावाद, राष्ट्रघाती बालेन्द्र साह राजिनामा दे, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, राष्ट्रघाती बालेन्द्र सरकार खारेज गरौं, लिपुलेक हाम्रो हो, दलाल बालेन्द्र सरकार मुर्दावाद, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नाराहरु लगाइएका थिए

https://www.facebook.com/reel/3354285241399259

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?