
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीविरोधी तथा अनुशासनविपरीत गतिविधि गरेको भन्दै पार्टीका वैकल्पिक राजनीतिक समिति सदस्य भीम चापागाईसहित पाँच जनालाई पार्टी तथा मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट निस्कासनको कारबाही गरेको छ । पार्टी महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक राजनीतिक समिति सदस्यहरु भीम चापागाई र बालकृष्ण ओली तथा केन्द्रीय समिति सदस्यहरु सूर्य तिमिल्सिना, शिव धिमाल र सूर्य भूजेलले विरोधी पार्टीहरुसित अनधिकृत भेटघाट गरेको र पार्टीविरोधी, अनन्य सुशासनहीन तथा फुटपरस्त गतिविधिमा लागेको
कुरा पुष्टि हुन आएकोले उहाँहरुलाई पार्टी सदस्यतासहित पार्टी, मोर्चा तथा विभागका सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस–वक्तव्य जारी गरिएको छ ।’