पूर्णबहादुर खड्कालाई बिनाशर्त तुरुन्त रिहाइ गर्न संयुक्त संघर्ष समितिको माग

काठमाडौं : घोषित कार्यक्रम अनुसार निर्वाचन बहिस्कारको पर्चा वितरण गरिरहेको बेला सुशिला कार्की नेतृत्वको राज्य प्रशासनले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त संघर्ष समितिले नेता खड्कालाई तुरुन्त रिहाइ गर्न गम्भीर चेतावनी दिएको छ । विभिन्न ६ वटा वाम घटक सम्मिलित संयुक्त संघर्ष समितिको तर्फबाट संयोजक सीपी गजुरेल गौरवले एक वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिनुभएको हो ।
वक्तव्यमा भनिएको छ, “हामी देशका पाँच कम्युनिस्ट पार्टीहरुको केन्द्रीय संयुक्त संघर्ष समितिले जनजी विद्रोह पश्चात् बनेको कठ्पुतली सरकारले घोषणा गरेको एकथान संसदीय निर्वाचनबाट नेपाली समाजको आजको अन्तरविरोध हल हुँदैन भन्ने निष्कर्षसहित निर्वाचन बहिस्कार गर्न शान्तिपूर्णरुपमा संघर्षको कार्यक्रमहरु गर्दै आइरहेका छौं ।
यसै सन्दर्भमा यही माघ १६ गते सिन्धुलीको दुधौलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्कालाई शान्तिपूर्ण कार्यक्रम सकेर फर्कदै गर्दा गिरफ्तार गरिएको घटनामा संयुक्त संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारसँग शान्तिपूर्ण संघर्षका कार्यक्रममा हस्तक्षेप नगर्न र कमरेड पूर्णबहादुर खड्काको बिना शर्त तुरुन्त रिहाइ गर्न संयुक्त संघर्ष समिति गम्भीर चेतावनी दिन चाहन्छ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?