
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौं जिल्लाको आयोजनामा निर्वाचन बहिस्कार गर्न अनुरोध गर्दै काठमाडौंको बाङ्गेमुढामा कोण सभा सम्पन्न भएको छ । कोण सभाको संचालन सुरेश तामाङको रहेको थियो भने कार्यक्रममा सम्बोधन अधिवक्ता फणिन्द्र कार्कीको रहेको थियो ।
फणिन्द्र कार्कीले सम्बोधनको क्रममा फागुन २१ गतेको लागि घोषणा गरिएको निर्वाचनलाई जनस्तरबाट बहिस्कार गर्न अनुरोध गर्नु भयो । उहाँले यो निर्वाचनले जनताको समस्याहरु समाधान गर्ने भन्दा पनि राष्ट्रियता कमजोर पार्ने भन्दै यो निर्वाचन बहिस्कार गरेर स्वाधिन संयुक्त सरकार गठन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
अधिवक्ता कार्कीले क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्कालाई माघ १६ गते सिन्धुलीको दूधौलीमा शान्तिपूर्ण कार्यक्रम सम्पन्न गरेर फर्किदै गर्दा राज्यले गिरफ्तार गरेको घटना प्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई तत्काल रिहाइको माग गर्नु भयो ।