मेरो प्रेम-पत्र
साताकाे साहित्य : कविता मनिष आजाद मेरो यो प्रेम-पत्रतिम्रा सुन्दर अनि ओसिला आँखासम्मपुग्नु अगाडिथाहा छैनकति सुख्खा आँखाहरू हुदै जाने छजहाँ ,मैले लेखेका हरेक हरफको उत्खनन् हुनेछर त्यसको गुह्य अर्थ खोजिने छ ।जब मैलेतिम्रा आँखा तलाऊजस्तै गहिरा छन भनेर लेख्ने छुत्यसको अर्थ निकालिने छ-म राजाका विरुध्द युध्द गर्नगहिरो खाडल खन्दै छुत्यसपछि मेरो प्रेमपत्रतिमीसम्म पुग्नै पाउदैन ।जब म लेख्ने छु-तिम्रा सुन्दर ओठमा मएउटा फूल उमार्न चाहन्छुउनीहरूमैले हतियार उठाउने कुरा गर्दै छु भनेर बुझ्ने छन ।तिम्रा सुन्दर काला र बाक्ला केशरासीमाम हराउन चाहन्छु भनेर लेखें भनेम जङ्गलमा छापामारहरूसँग भेट्न चाहन्छु भनेको बुझ्ने छन् ।तिम्रो मायाँमा डुबेरम जिन्दगी तर्न चाहन्छु भनेर लेख्ने हो भनेगहिरो…