क्रान्तिकारी प्रेस संगठनको संयोजकमा नारायण शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकतापछि ती पार्टी निकट पत्रकार सङ्गठनहरुका बिचमा केन्द्रीय कार्यालय स्तरीय संयुक्त बैठक २०८१ असार १ गते काठमाडौंमा सम्पन्न भएको जनाइएको छ । बैठकले लिएका निर्णय सार्वजनिक जानकारीका लागि संयोजक नारायण शर्माले जारी गरेको वक्तव्यमा बैठकले दुबै पत्रकार सङ्गठनका बिचमा एकता गर्न नारायण शर्मा संयोजक, सह संयोजकमा कमल बुढा र नारायण पङ्गेनी रहनु भएको ८१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । एकता राष्ट्रिय भेला २०८१ श्रावण ५ गते काठमाडौंमा गरिने जनाइएको छ ।

एकता राष्ट्रिय भेला आयोजक समिति निम्नानुसार रहेको वक्तव्यमा जनाइएको छ, “संयोजक नारायण शर्मा, सहसंयोजक कमल बुढा र नारायण पङ्गेनी पुर्ण समिती सदस्यहरु – दिलिप थापा, मधुकर थापा, निरु पोख्रेल, सुवोध पोखरेल, रमेश ठाकुर, अनु निरौला, कुमार भट्टराइ, केशव सञ्ज्याल, जितेन्द्र महर्जन, जीवन हमाल, प्रदीप श्रेष्ठ, दिया चन्द, विपना ओली, विष्णु आले, सागर श्रेष्ठ, सुरज प्याकुरेल, ज्ञानेन्द्र तण्डुकार, आशिष चौधरी, गोविन्द काफले, नकुल चौलागाई, प्रेम कँडेल, प्रह्लाद गौतम, बीरबहादुर बुढाथोकी, सविता मुराती, शोभा सेन्चुरी, हिरामणी चापागाई, होमनाथ न्यौपाने, रामकुमार श्रेष्ठ, आयुष न्यौपाने, ईश्वरीप्रसाद गैरे, यमु कँडेल, केशव अधिकारी, गोमानसिंह घर्ती, दामोदर खनाल, भुवन तिमिल्सीना, मानबहादुर केसी, यमबहादुर सोमै, रवि पाण्डेय, राजु भुजेल, लक्ष्मी घिमिरे, सञ्जय तिवारी, सुशीला पोखरेल, चन्द्रिका विक, भरत परियार, जयसिंह कार्की, राजन बुढा, सिद्ध खडका, धनञ्जय अवस्थी, बलराम रोकाय, भुवन भट्ट, मनोज रावत, मोहन सिंह धामी, राजन जैगडी, समिर चन्द, विष्णु शर्मा, हिमलाल वाग्ले, बिक्रम थापा, बाबुराम आचार्य, दिपक पौडेल, शोभा नेपाली, मन बिक, बुद्दिराम गैर, सिमा नेपाली, प्रतिभा पौडेल, अर्जुन शर्मा, लिला बहादुर पुन, र डिला रेग्मीलगायत रहनु भएको छ ।”

यस्तै समितीका सल्लाहकार सदस्यहरुमा गोबिन्द सिंह थापा, गुणराज लोहनी, हुकुम बहादुर सिंह, शशिधर भण्डारी, सुर्या थापा, लाल बहादुर जाग्री, हिरामणी दुःखी, इन्द्र राउत , डा. केसव देवकोटा, बद्री कुमार चौलागाईं, र जय दाहाल रहनु भएको छ ।
बैठकले एकीकृत सङ्गठनको नाम तत्कालका लागि क्रान्तिकारी प्रेस सङ्गठन नै राख्ने निर्णय गरेको छ । बैठकले तत्काल सङ्गठनलाई नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रित गराउने निर्णय गरेको छ ।

By जन बिहानी

Related Posts