क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) नुवाकाेटकाे एकता अधिवेशन

नुवाकाेट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) नुवाकाेटकाे एकता अधिवेशन, प्रशिक्षण तथा बैठक साेमबार बेलकाेटगढीमा सम्पन्न भएकाे छ।

अधिवेशनमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सुरेश श्रेष्ठ (प्रवेश)ले क्रान्तिकारी शक्तिहरुको एकताले पार्टी भित्र उर्जा थपेको बताउदै आफुहरु नै अहिलेको वैकल्पिक शक्ति भएकोले निराशा नबन्न कार्यकर्तालाई निर्देशन दिएका थिए। नेता प्रवेशले महाधिवेशनपिछ साच्चिकै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनाउन लागिरहेकाे बताए

त्यसैगरि पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रमेश पाैडेल ‘सराेज’ले हाम्राे जिल्लाका नेताहरू पार्टीकाे काममा निरन्तर रूपमा लाग्न निर्देशन दिएका थिए । उनले भने ‘सबैकाे ध्यान हामीतिर छन् अब हामीले विकल्प दिनुपर्छ।’

त्यसैगरी ३ नं. प्रदेश कार्यालय सचिव झनक श्रेष्ठ ‘प्रज्वल’ले हामीले पार्टी एकता र क्रान्तिलाइ अगाडि बढाउनकाे लागि नै तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (महाल) बिच ३ पार्टी एक भएकाे दाबी गरे । उनले आगामि पार्टी एकता महाधिवेशनपछि संघर्षमय बनाउदै निर्णायक क्रान्तिका लागि एकताबद्द भएर लाग्न पनि अपिल अपिल गरे ।

जिल्ला एकता अधिवेशनले केन्द्रीय पार्टी एकता महाधिवेशन आयोजक समिति सदस्य रकम लामा ‘क्रान्ति’को नेतृत्वमा १६ सदस्यीयमा एक सदस्यीय पछि थप गर्नेगरी १७ सदस्यीय जिल्ला एकता अधिवेशन आयोजक समिति निर्वाचित गरेको छ।

जिल्ला संयोजक क.रकम लामा ‘क्रान्ति’को अध्यक्षता तथा सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ३ नं. प्रदेश सदस्य तथा जिल्ला सचिवालय सदस्य डुण्डीराज न्याैपाने ‘उतिस’को स्वागत मन्तव्य प्रदेश सदस्य तथा जिल्ला नेताहरूले सुझाव दिएका थिए।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सचिवालय सदस्य तथा नम्बर ३ प्रदेश सहसंयोजक सुरेश श्रेष्ठ ‘प्रवेश’ पमुख अतिथि, केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज रमेश पाैडेल ‘सराेज’ विषेश अतिथि, ३ नं. प्रदेश कार्यालय सचिव झनक श्रेष्ठ ‘प्रज्वल’ र रामेछापका बरिष्ठ जिल्ला सदस्य रूपक श्रेष्ठ अतिथि रहेका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?