फर्केर हेर्दा
लेखक : भीमकान्त भण्डारी संस्मरण त्यो बेलामा मोटरेबल सडकहरू नभएकाले गाडी मोटरहरू कतै देखिदैनथे । कोही बिरामी भयो भने डाक्टर अस्पताल भन्ने थाहा थिएन । उही झारफुक, धामीझाँक्री, पात्लो फाल्ने, कुखुरा चल्ला, बाख्रा पाठा काट्ने हो । अहिलेका मान्छेलाई बिदेशको लहर चलेजस्तो उबेलामा बसाइँसराईंको लहर चल्थ्यो । विशेष गरेर पाहाडबाट तराईतिर बसाईं सर्ने चलन व्यापक थियो । त्यो बेलाका मान्छेलाई लाहुर जाने भनेर भारततिर जाने भन्दा अन्य ठाउँमा बिदेश जाने भन्ने कुरा थाहा थिएन र अहिले जस्तो सजिलोसँग जान पनि पाइँदैनथ्यो । त्यसैले कोही गएको थाहा पाइँदैनथ्यो । घरमा उत्पादन भएको बस्तु बिक्री गर्न भारी बोकेरै धेरै दिन लगाएर हाटबजार…