फेरिएको मौसम बिरुद्ध

कविता

छिमेकीलाई चिठ्ठामा हात लागेको
गाभिनी भैँसीले गर्भ तुहाएपछि
परिवारमा रुवावासी बढेको छ
आफ्नै आङमा लागेको घामले बसाइ सारेर
रुखको टुप्पोबाट उदाएपछि
ताल साँचो खोसिने भयले
फेरि हार गुहारको सवाल उठेको छ
पछिल्लो मौसमी प्रतिवेदनले
धरणिका काला र गोराहरू उत्साहले जीउ कमाएकाछन्
फेरि अदृस्य डर पसेको छ शहरमा
कतै यो घुर्मैलो उज्यालो छोप्ने मौसम त होइन ?

लेखक : मोदनाथ मरहट्टा

भुइँ फूलहरू न्याकेर
श्री तीनहरू नविकृत हुने
प्रश्न निस्किएको छ बेखबरे अखबारहरूमा
पटक पटक फेरिने मौसमले
धिपधिपे प्रकाशमाथि पर्दा हालेर
बासी अँध्यारो ओकल्ने चुरीफुरी पो हो कि
डर पसेको छ वस्तिमा र आत्तिइरहेछन्
अब हाम्रा झुप्राहरूले सतिजानु पर्ने भयो
बाकसमा कोचिएका काला नोटहरूलाई
सुशासनको धमिलो पानीले पखालेर
आफ्नै तेरिजमा दर्ज गराउन फेरिएको छ मौसम
कतै फेरि कठोर खडेरिले सुख्खा उमार्ने त होइन
कानहरूले सजगताको एलर्ट बस्नु छ
हातहरूले चेतनाको मुट्ठी कस्नु छ
र च्यात्नु छ काला प्रतिवेदनका चुरीफुरीहरू ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?