उच्च शिक्षाकालागि विदेशिने क्रम रोक्नु पर्दछ : प्रधानमन्त्री

काठमाण्डौ : प्रधानमन्त्री के पी शर्मा ओलीले उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले उच्चशिक्षाकालागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । मन्तव्यको क्रममाओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्नेमा कुरामा विशेष जोड दिए ।

समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे ।उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको कुरा पनि बताए ।

वर्षेनी विद्यार्धीहरु अध्त्तययनकोलागि भन्दै विदेशिईरहेका छन् । नेपालमा अध्ययन गर्दै पढ्दै गर्ने अवसर नभएकाले पनि विद्यार्थी विदेश अध्ययनकालागि गैरहेका छन् ।

नेपालमा अध्ययनकालागि शिक्षणसंस्थाहरुले कुनै सहुलियतको व्यवस्था एवम छात्रवृतिको व्यवस्था नगरेका कारणले पनि विद्यार्थी बाहिरिएका छन् । त्यो मात्रै होईन अध्ययन सकिसकेपछि पनि रोजगारको कुनै सुनिश्चितता नहुँदा विद्यार्थीहरु विदेशशिने क्रम बढ्दो छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?