नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण संचालन गर्ने तयारी गरेको छ ।
पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक प्रशिक्षण संचालन गरेर नेता कार्यकर्तालाई प्रस्ट पार्ने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम प्रशिक्षण कार्यक्रम तयारी गर्नका लागि जिल्ला कार्यालयको बैठक समेत मंगलवार सम्पन्न भएको उहाँले बताउनुभयो ।
अन्तराष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत यस्तो बर्हिगमन वा पार्टी एकता असफल भन्ने कुनै परिघटना नदेखिएकोले यसको अध्ययन र थप प्रष्टताका लागि राजनैतिक बैचारिक प्रशिक्षण गर्ने उहाँको भनाई छ । सो अवसरमा पार्टीलाई थप एकताबद्ध बनाएर संर्घष उठान गर्ने बारे छलफल भएको संयोजक पाण्डेयले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमको तयारीका लागि सम्पन्न बैठकमा पार्टीका जिल्ला सहसंयोजकद्वय गणेश बहादुर ढकाल, भिम छन्तेल, कार्यालय सदस्य दुर्गा नारायण चौधरीले आफ्नो कमाण्डको रिर्पाेट तथा अनुभुति राखेको पार्टीले जनाएको छ । बैठकले कार्यक्रमको आर्थिक एंव ब्यवस्थापकीय जिम्मेवारीका बारे समेत बिभिन्न निर्णय गरेको छ ।