समाज

पूर्णबहादुर खड्काको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

पूर्णबहादुर खड्काको रिहाइका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय माडी सिन्धुलीले गैरकानुनी हिरासतमा राखेकोमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले मानवअधिकार आयोगमा उजुरी दर्ता गराउनु भएको हो । उजुरीमा पूर्णबहादुर खड्कालाई फरक विचार र आस्था राखेकै कारण संविधान विपरीत गिरफ्तारी गरिएको ,परिवारका सदस्यहरुलाई समेत भेटघाट गर्न नदिइएको जनाइएको छ । उहाँलाई झूठा आरोप लगाई गैरकानुनी रुपमा हिरासतमा राखिएको कारण के कुन कसुरमा पक्राउ गरिएको हो ? हालसम्म के कति अनुसन्धान काम सम्पन्न भयो भन्ने जानकारी समेत नदिइएको उजुरी पत्रमा उल्लेख गरिएको छ । मानवअधिकार आयोगमा सो गैरकानुनी हिरासतको विषयमा अनुसन्धान…
Read More
निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक

निर्वाचन बहिष्कार सम्बन्धी दोस्रो चरणको कार्यक्रम सार्वजनिक

सीपी गजुरेल काठमाडौं : केन्द्रीय संयुक्त संघर्ष समितिले दोस्रो चरणको निर्वाचन बहिष्कारसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सी.पी. गजुरेलले २०८२ माघ २० गते एक वक्तव्य जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।वक्तव्यमा दोस्रो चरणको कार्यक्रम आगामी माघ २० गतेदेखि फागुन ३ गतेसम्म सम्पन्न गरिने र दोस्रो चरणको कार्यक्रमको मूर्तयोजना स्थानीय संयुक्त संघर्ष समितिले बनाउने भनिएको छ । वक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खडकालाई सिन्धुलीमा गिरफ्तार गरी हिरासतमा राखेकोमा तुरुन्त रिहाई गर्न माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“हामी पाँच कम्युनिस्ट पार्टीहरू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत),…
Read More
क्रान्तिकारी युवा संघ नेपालले गर्यो मन्त्री गुप्तालाई बुझाएको ४३ बुदे माग सार्वजनिक

क्रान्तिकारी युवा संघ नेपालले गर्यो मन्त्री गुप्तालाई बुझाएको ४३ बुदे माग सार्वजनिक

जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने संयोजक तिमल्सिनाको चेतावनी काठमाडौं : क्रान्तिकारी क्युनिस्ट पार्टीसहिति ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कारमा क्रान्तिकारी युवा सङ्घ नेपालले सक्तत सहभागिता हुने जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त वहिस्कार गर्ने चेतावनी दिए । तिमल्सिनाले हाल पुष २५ गते युवा तथा खेलकुद मन्त्री बब्लु गप्ता मार्फत नेपाल सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको विषयमा ४३ बुँदे माग पत्र पेस गरेको…
Read More
६ वटा कम्युनिस्ट पार्टीको पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा

६ वटा कम्युनिस्ट पार्टीको पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवलाई संयोजक तोकेको छ । सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह सदस्य रहनुभएको छ । केन्द्रीय संयुक्त संघर्ष समितिको नाममा संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा देशका ७७…
Read More
भेनेजुएलाको स्वाधीनतामाथिको अमेरिकी हस्तक्षेपका विरुद्ध बिरोध सभा सम्पन्न

भेनेजुएलाको स्वाधीनतामाथिको अमेरिकी हस्तक्षेपका विरुद्ध बिरोध सभा सम्पन्न

गोविन्द पौडेल/काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं ब्यूरोले भेनेजुएलामाथि गरेको अमेरिकी हस्तक्षेपका विरुद्व ललितपुरको लगनखेलमा बिरोधसभा सम्पन्न गरेको छ । सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९नं व्युरोका ईन्चार्ज दिनेश शर्मा सागरले सम्बोधन गर्दै जहाँ जहाँ राष्ट्रिय स्वाधीननताको पक्षमा स्वभिमानपूर्वक उभिन्छ, त्यहाँ त्यहाँ अमेरिकी हस्तक्षेप हुने गरेको दावी गर्नुभयो । भेनेजुएलाले साम्राज्यवादले बेलगाम लुटिरहेको तेल खानीहरुलाई जब राष्ट्रियकरण गर्दै भेनेजुएली जनताको साझा सम्पत्ति बनाइयो, त्यतिखेरदेखि नै अमेरिकी साम्राज्यवादले गिद्देनगर लगाउन थालेको बताउनु भयो । भेनेजुएला र भेनेजुएली जनताको बिरुद्व हुँदै नभएको अफवाह फैलाउदै आएको अमेरिकाले शनिवार राति सार्वभौम सम्पन्न राष्ट्रमाथि डकैती शैलिबाट आक्रमण गरी त्यहाँको राष्ट्रपति मादुरो र उनकी…
Read More
संसदीय निर्वाचन बहिष्कार गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुरको अपिल

संसदीय निर्वाचन बहिष्कार गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी ललितपुरको अपिल

कुमार भट्टराई/ललितपुर : “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !! भ्रष्टाचार विरोधी संघर्ष तीब्र पारौं !!!’ भन्ने मूलनाराका साथ पत्रकार सम्मेलन सम्पन्न गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला समितिको आयोजनामा ललितपुरको लगनखेलस्थित साझा पार्टी प्यालेसमा गरिएको पत्रकार सम्मेलनमा पार्टीका ९ नं ब्यूरोका सेक्रेटरी चिन्तामणि पौडेलले फागुन २१ को निर्वाचन सशक्त रुपमा बहिस्कार गरिने बताउनु भयो । उहाँले ललितपुर जिल्लाका सम्पूर्ण न्यायप्रेमी, देशभक्त, श्रमिक, किसान, युवा, विद्यार्थी, राष्ट्रिय पुँजीपति, बुद्धिजिवी, पत्रकार तथा आम जनसमुदायको ध्यानाकर्षण गराउन पत्रकार सम्मेलन गरिएको पनि स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट एक प्रेस वक्तव्य समेत जारी…
Read More
निर्वाचन बहिष्कार गर्न ६ कम्युनिष्ट पार्टीहरूको संयुक्त सङ्घर्ष समिति

निर्वाचन बहिष्कार गर्न ६ कम्युनिष्ट पार्टीहरूको संयुक्त सङ्घर्ष समिति

काठमाडौँ : जेन्जी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीहरूले बहिष्कार गर्ने भएका छन् । ६ वटा कम्युनिस्ट पार्टीहरूले २०८२ पौष १८ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । निर्वाचनलाई बहिष्कार गर्नका लागि जनतालाई आह्वान गर्दै संयुक्त विज्ञप्तिमा सीपी गजुरेल (महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल), धर्मेन्द्र बास्तोला कञ्चन (महासचिव ,नेकपा बहुमत), आहुति (महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल), महिन्द्र मल्ल (अध्यक्ष, नेकपा जनपक्ष), ऋषिराम कट्टेल (अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी) र पूर्णबहादुर सिंह समरजंग (महासचिव, समाजवादी कम्युनिस्ट पार्टी नेपाल) ले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ । संयुक्त विज्ञप्ति…
Read More
निर्वाचन बहिष्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौं

निर्वाचन बहिष्कारको कार्यक्रमलाई जनताका मुद्दासँग जोडेका छौं

–रवि पाण्डेय, जिल्ला सेक्रेटरीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नवलपरासी १) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पौष ११ गते काठमाडौंमा १३३ औं माओ दिवसको सन्दर्भ पारेर जनसभाको आयोजना ग¥यो । उक्त जनसभाबाट तपाईहरुले के सन्देश दिन खोज्नु भएको हो ?–जेनजी नवयुवाहरुले कुशासन र सामाजिक संजाल बन्दका विरुद्ध भाद्र २३ गते विद्रोह गरेका थिए । जसलाई हाम्रो पार्टीले जनविद्रोहको रुपमा ग्रहण पनि गरेको छ । जेनजी नवयुवाहरुको त्यो विद्रोहलाई आम जेनजीहरुको भावना विपरीत मुठ्ठीभर कथित जेनजीहरुले साम्राज्यवादी विस्तारवादी योजनामा न्यायपूर्ण विद्रोहको दुरुत्साहन गरे । साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतिक्रियावादको गठजोडबाट वर्तमान सुशिला कार्की नेतृत्वको सरकार बन्यो जसलाई हामीले कठपुतली सरकार भनेका छौं ।…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा हर्कसिंह ओलीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा हर्कसिंह ओलीप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन'को बुवा र पीबीएम अम्बिका चन्दको ससुरा बुबा तथा पार्टी सदस्य हर्क सिंह ओली प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवले २०८२ पौष १४ गते एक प्रेस–वक्तव्य जारी गरी पार्टी सदस्य हर्क सिंह ओली प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्य यस प्रकार छ –“विक्रम सम्वत १९९३ साल साउन महिनामा जन्मनु भएका रुकुम पश्चिम त्रिवेणी–६ विता निवासी कमरेड हर्कसिंह ओलीको आज विहान ३ ः ४० बजे गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका स्थायी समिति सदस्य…
Read More
१३३औँ माओदिवसमा ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवादको महान यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’

१३३औँ माओदिवसमा ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवादको महान यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’

काठमाडौँ : विश्व सर्वहारावर्गका नेता माओ त्सेतुङको १३३ औं जन्म दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले एक ऐतिहासिक महत्वको वक्तव्य जारी गर्दै ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’ व्यक्त गर्नुभएको छ ।वक्तव्यमा भनिएको छ, “आजको यस महत्वपूर्ण दिनमा विश्व सर्वहारा वर्गको एउटा टुकडी हाम्रो पार्टीले नेपालको विशिष्ट सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई सिर्जनात्मक ढङ्गले लागु गरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।” यस्तो छ– वक्तव्यको पूर्ण पाठ : प्रेस–वक्तव्यआज डिसेम्बर २६, तदनुसार पुष ११, विश्व सर्वहारा वर्गका…
Read More