भेनेजुएलाको स्वाधीनतामाथिको अमेरिकी हस्तक्षेपका विरुद्ध बिरोध सभा सम्पन्न


गोविन्द पौडेल/काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं ब्यूरोले भेनेजुएलामाथि गरेको अमेरिकी हस्तक्षेपका विरुद्व ललितपुरको लगनखेलमा बिरोधसभा सम्पन्न गरेको छ । सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९नं व्युरोका ईन्चार्ज दिनेश शर्मा सागरले सम्बोधन गर्दै जहाँ जहाँ राष्ट्रिय स्वाधीननताको पक्षमा स्वभिमानपूर्वक उभिन्छ, त्यहाँ त्यहाँ अमेरिकी हस्तक्षेप हुने गरेको दावी गर्नुभयो । भेनेजुएलाले साम्राज्यवादले बेलगाम लुटिरहेको तेल खानीहरुलाई जब राष्ट्रियकरण गर्दै भेनेजुएली जनताको साझा सम्पत्ति बनाइयो, त्यतिखेरदेखि नै अमेरिकी साम्राज्यवादले गिद्देनगर लगाउन थालेको बताउनु भयो ।

भेनेजुएला र भेनेजुएली जनताको बिरुद्व हुँदै नभएको अफवाह फैलाउदै आएको अमेरिकाले शनिवार राति सार्वभौम सम्पन्न राष्ट्रमाथि डकैती शैलिबाट आक्रमण गरी त्यहाँको राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अपहरण गरी न्युयोर्क पुर्याएको घटनाले साम्राज्यवाद कतिसम्म निकृष्ट, अमानवीय र निर्लज्ज हुन्छ भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “नेपालमा गत भदौ २३ र २४ गते जेन्जी नामको आडमा गरेको वितण्डा बुझ्न अब गाह्रो भएन। संसदवादी दलालहरुबाट एसपिपि र एमसिसि कार्यन्वयनमा केही ढिलाढाला भएपछिको तख्ता पलट रहेको तथ्य उसले नै बनाईदिएको आईएनजीओ सरकारको रबैयाले पुष्टि गरिसकेको छ ।”

उहाँले त्यो सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सशक्त तवरले बहिष्कार गर्ने बताउदै देशभक्त जनता र पार्टीहरुलाई पनि बहिस्कारका निम्ति अपिल गर्नुभयो।

क्रान्तिकारी महिला संघकी नेतृ सारदा महतले भेनेजुएलाको तेल भण्डार कब्जा गरी आफ्नो खस्कँदो अर्थतन्त्रलाई त्राण दिन एउटा सार्वभौम सम्पन्न राष्ट्रमाथि आक्रमण गरेर राष्ट्रपति मादुरो र उनको पत्नीलाई अपहरण गरी लागुऔषधको मुद्वा चलाउन लागेको भन्दै अमेरिकाको यस्तो आततायी दादागिरीको विश्वभरबाट विरोध भइरहेको बताउनु भयो । यस्ता घटनाले विश्वयुद्वलाई सन्निकट बनाएको चर्चा गर्दै देशभक्त क्रान्तिकारी जनता सचेत रहनु पर्ने अवस्था आएको बताउनु भयो । सभालाई ९ नं व्युरो तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वकल्पिक केन्द्रीय सदस्य सुरेश अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?